Sunday, April 26सत्यम खबर
Shadow

चीनप्रति उपेन्द्र बफादार, चीननिकटलाई मन्त्री बनाए

काठमाडौं, २४ असोज – मन्त्रिमण्डलमा पार्टीको सहभागितालाई लिएर अहिले जनता समाजवादीमा चरम असन्तुष्टि र अन्तरविरोध देखा परेको छ । मधेसका सांसदहरु नै सार्वजनिक रुपमा आक्रोश र असन्तुष्टि पोखिरहेका छन् । त्यसमाथि अध्यक्ष उपेन्द्र यादवले एकल जातीय सोंच र अहंकार देखाएको भन्दै नेता कार्यकर्ता आक्रोशित बनेका छन् ।
सडकमा उत्रेर नेता कार्यकर्ता उपेन्द्रविरुद्ध नाराबाजी गर्ने, पुत्ला जलाउने, प्रवेश निषेध गर्नेजस्ता कार्य गरिरहेका छन् । यसरी पार्टीभित्र अन्तरविरोध चर्किरहेका बेला उपेन्द्रले क्याविनेटमा चीन निकट सांसदलाई मात्रै पठाएको खुलेको छ । सत्ता गठबन्धनमा मिनि प्रचण्डको रुपमा चिनिने उपेन्द्रको पुष्पकमल दाहाल प्रचण्डजस्तै चीनसँग राम्रो उठबस छ ।


उपेन्द्रले बेला बेला सहयोग तथा विभिन्न परियोजनाका नाममा चीनबाट मोटो आर्थिक सहयोग पाउने गरेका छन् । चिनियाँ सदभाव कतिसम्म देखिन्छ भने चिनियाँ राजदूत होउ यान्छी उपेन्द्रकै निवासमा पुग्छिन् ।
उपेन्द्रको चिनियाँ निकटताबारे जानकार जसपाका नेताहरु अहिले पार्टीबाट मन्त्री बनाइएका अधिकांश सांसदहहरु चीनसँग नजिक छन् । समावेशी र सम्पूर्ण मधेसको प्रतिनिधित्व हुनेगरी उपेन्द्र, बाबुराम भट्टराई र अशोक राईले मन्त्री छाने पनि अन्तिममा छानिएका नाम काटेर उपेन्द्रले चीन निकट भएर काम गर्न सक्नेको नाम राखेर चीनप्रति बफादारी देखाएको जानकार एक नेता बताउँछन् ।
‘उपेन्द्रजी गृहमन्त्री बन्ने भनेर धेरै पहिलेदिख चिनियाँ सदभावमा सत्ता गठबन्धन बनाउन लागिपरेको हो । तर भनेजस्तो नभएपछि उनले चीनको इन्ट्रेस्टलाई ख्यालमा राखेर अनुकूल मान्छे पठाउनुभएको छ,’ ती नेताले भने । त्यसो त भैरहवाको एक होटलमा उपेन्द्रले चीननिकट व्यापारीमार्फत पैसा बुझेको खबरहरु पनि आएका थिए । उनले विगतदेखि नै मधेसमा चाइनाको प्रभाव बढाउन सघाइरहेका छन् ।
एक हिसाबले भन्ने हो भने नेतृत्व नै गरिरहेका छन् । यसलाई सघाउ पुग्नेगरी उपेन्द्रले मन्त्रिमण्डलमा समेत चिनियाँ प्रतिनिधित्व सुनिश्चित गर्न मधेसमा योगदान गरेकालाई काखापाखा गरेको ती नेताको विश्लेषण छ ।
चीनको सदभाव रहँदा उपेन्द्रले प्रचण्डसँग मिलेर गठबन्धन बनाए । त्यसमाथि उनीहरुको वामपन्थी लाइन पनि मिल्यो । गठबन्धन बन्दा उपेन्द्रले गृहमन्त्री बन्ने आश्वासन पाएका थिए । तर प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना विश्वासपात्र बालकृष्ण खाँडलाई त्यो जिम्मेवारी दिए । उपेन्द्रले पाएनन् ।
त्यसपछि उनको नजर पर्यो परराष्ट्र मन्त्रालय । जहाँबाट उनले चीनलाई सघाउन सक्थे । त्यो पनि प्रधानमन्त्री देउवाले दिएनन् । कुटनीतिमा अब्बल डा नारायण खड्काको जिम्मा लगाए ।
देउवाले आफ्नो क्याविनेटमा एउटा उपप्रधानमन्त्री पनि राख्न मानेनन् । उपप्रधानसहित मालदार मन्त्रालय हाँक्ने उपेन्द्रको यो प्रयास पनि असफल भयो । त्यसपछि उपेन्द्रको आफै सरकारमा जाने योजनामा ब्रेक लाग्यो । उनले आफ्ना पार्टीका मान्छे पठाउनुपर्ने भयो ।
त्यसका लागि उनी, बाबुराम र अशोक राईले जिम्मा पाए । समावेशी प्रतिनिधित्वका हिसाबले मन्त्री छनोट गरियो । तर अन्तिममा समयमा त्यसका भएका नाम काटेर उपेन्द्रले चीनप्रति बफादारी देखाउँदै चीन निकट र चीनको स्वार्थ सघाउ पुग्नेगरी अह्राएको मान्ने मान्छेलाई क्याविनेटमा पठाए ।
यसको पछाडिको मक्सद मधेसमा चिनियाँ प्रभाव बढाउने, चिनियाँहरुको स्वार्थमा काम गर्ने र सहयोगका नाममा पैसा लिने रहेको जानकार नेताहरु बताउँछन् ।
आफू सरकारमा प्रत्यक्ष जान नपाए पनि चीननिकट सांसदलाई पठाएर प्रतिनिधित्व कायमै रहेको सन्देश उपेन्द्रले चीनलाई दिन खोजेका छन् । (नेपालपाना)

Leave a Reply

Your email address will not be published. Required fields are marked *