Monday, April 27सत्यम खबर
Shadow

रुवी खानलाई २४ घन्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

नेपालगन्ज, २४ असोज – माइतीघर मण्डलाबाट पक्राउ परेकी नेपालगन्जकी रुवी खानलाई २४ घन्टाभित्र अदालतमा उपिस्थत गराउन आईतबार सर्वोच्च अदालतले आदेश दिएको छ ।
न्यायाधिस दिपककुमार कार्कीको एकल इजलासले महानगरीय प्रहरी वृत्त लैनचौरलाई कारण देखाउ आदेश जारी गर्दै बन्दीसहित उपस्थित हुन आदेश दिएको हो ।


न्यायको खोजी गर्दै खान लगायत ११ महिलासहित १४ जनाको टोलीलाई शुक्रबार साझ धर्ना बसीरहेको समयमा प्रहरीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिए लगत्तै उनलाई बहुविवाहको मुद्दामा नेपालगन्ज पुर्याइएको थियो ।
पक्राउ परेपछि रुवीको अवस्था अज्ञात रहेको भन्दै अधिवक्ता मोहना अन्सारीले बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *