Tuesday, June 23सत्यम खबर
Shadow

आस्था

कम्युनिस्ट मिलाउन चीनको सक्रियता

कम्युनिस्ट मिलाउन चीनको सक्रियता

CoVid19, आस्था, प्रदेश ५, राजनीति, समाचार
काठमाण्डौ, २६ असोज – चीन नेपालका कम्युनिस्ट पार्टीहरुलाई मिलाउन फेरि सक्रिय भएको छ । उसले अबको आम निर्वाचन अघि नै कम्युनिस्ट पार्टीहरुलाई मिलाउने सक्रियता देखाएको हो ।चिनियाँ राजदूत होउ यान्छी स्वयं कम्युनिस्ट पार्टीहरुलाई भरसक एक बनाउने नभए चुनावमा गठबन्धन बनाउने अवस्था तयार गर्न लागेकी हुन् । उनले नेपाल डाइलग फोरमको भर्चुअल कार्यक्रममा कम्युनिस्ट पार्टीहरुलाई मिलेर अगाडि बढ्न भनिन् । आइतबार भएको कार्यक्रममा उनले नेकपा एमाले र नेकपा माओवादी केन्द्रको नाम नै लिएर चीनले उनीहरु मिलेर बढुन् भन्ने चाहेको खुलाइन् ।यान्छीले एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मिल्न सुझाव समेत दिइन् । उनले दुवै नेताहरुको नाम लिइन् ।नेपाल कम्युनिस्ट पार्टी विभाजित भई एमाले र माओवादी केन्द्र ब्युँतिएको थियो । नेकपा हुँदा ओली र प्रचण्डको विवाद मिलाउन यान्छी सक्रिय...
‘आम नेपालीले सत्य सेवा तथा लोकहितको अनुभूती गर्न पाइरहेका छन् त ?’– पूर्व राजा शाह

‘आम नेपालीले सत्य सेवा तथा लोकहितको अनुभूती गर्न पाइरहेका छन् त ?’– पूर्व राजा शाह

CoVid19, आस्था, राजनीति, समाचार
काठमाण्डौ, २६ असोज – पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक दलहरुप्रति आक्रोश पोखेका छन् । उनले दलका नेताहरुले राजनीतिक व्यवस्था आफू आफ्नो समूह र त्यसभित्रको गुट उपगुटमा अल्झाएको भन्दै आलोचना गरे ।‘राजनीतिक व्यवस्था आफू आफ्नो समूह र त्यसभित्रको गुट उपगुटमा अल्भिएको छ,’ दशैंको अवसरमा भिडियो सन्देशमार्फत् पूर्व राजा शाहले प्रश्न गरे, ‘आम नेपालीले सत्य सेवा तथा लोकहितको अनुभूती गर्न पाइरहेका छन् त ?’उनले सिमित व्यक्तिलाई फाइदा पुर्याउने गतिविधि बढेको भन्दै न्यायिक क्षेत्रमा विचलन आएको टिप्पणी गरे । उनले भने, ‘न्यायिक क्षेत्रमा उत्पन्न विचलनले निराशाको बादल छाएको छ ।’ मौलिक धर्म संस्कृति संकटमा पार्ने गतिविधि भएको टिप्पणी गर्दै शाहले परराष्ट्रनीति असन्तुलित भई राष्ट्रिय सुरक्षा स्वार्थमा चुनौती थपिएको बताए । उनले भने, ‘मौलिक धर्म संस्कृति संकट पार्ने राष्ट्रहितमा केन्द्रित पार्नुपर्ने परर...
नेपाल शिवसेनाद्वारा भण्डारा प्रसादको लागि खाद्यान्न सहयोग

नेपाल शिवसेनाद्वारा भण्डारा प्रसादको लागि खाद्यान्न सहयोग

CoVid19, आर्थिक, आस्था, धार्मिक, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, २६ असोज – हिन्दूहरुको महान पर्व विजयदशमीको अवसरमा प्रत्येक वर्ष झै यस वर्ष पनि नेपाल शिवसेनाद्वारा प्रसाद वितरण (भण्डारा)को लागि खाद्यान्न सहयोग गरिएको छ ।नेपाल शिवसेनाका केन्द्रिय अध्यक्ष राजकुमार रौनियारका अनुसार डुडुवा गाउँपालिकामा प्रत्येक वर्ष झै यस वर्ष पनि नेपाल शिवसेनाद्वारा प्रसाद वितरणका लागि १५० के.जी. चिनी, १५० के.जी सुजी, ३ बोरा आलु, ५ कार्टुन खानेतेल मुर्ती राखिएको स्थानमा वितरण गरिएको बताउनुभयो । नेपाल शिवसेनाका कोषाध्यक्ष मदनराज शर्माका अनुसार यस वर्ष डुडुवाका गाउँपालिका भित्र भब्य र सब्य भण्डारा कार्यक्रमको आयोजना हुने भएकोले स्थानीयहरुले यस वर्षपनि प्रसाद वितरणको लागि नेपाल शिवसेनाबाट सहयोग माग गरेअनुसार खाद्यान्न उपलब्ध गराई सहयोग गरिएको बताउनुभयो ।...
हुम्लामा चीनले यसरी लियो नेपालीसँग बदला, ७ हजारले रोजीरोटी गुमाए !

हुम्लामा चीनले यसरी लियो नेपालीसँग बदला, ७ हजारले रोजीरोटी गुमाए !

CoVid19, आस्था, प्रदेश ५, राजनीति, समाचार, समाज
सिमकोट, २६, असोज – हुम्ला सीमा अतिक्रमण भएको तथ्य बाहिर आएपछि छिमेकी चीनले असहयोगको नीति लिएको छ । सीमा क्षेत्रका बासिन्दासँग बदला लिने हिसाबले चीनले नाकामा कडाई गर्दै नेपालीलाई दुख दिएको छ । करिब ७ हजार हुम्लाबासीको रोजिरोटी खोसेको छ । यसबाट आजित भएर हुम्लीले चीनसँग जोडिएको हुम्लाको उत्तरी हिल्सा नाका सञ्चालनमा ल्याउन माग गरेका छन् । कोभिड-१९ को सङ्क्रमणले विगत दुई वषदेखि बन्द रहेको हिल्सा नाकालाई सहज बनाउन जिल्लाका होटेल व्यवसायी, उत्तरी नाम्खा गाउँपालिकाका स्थानीयवासीले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिँदै सीमा नाका सञ्चालन गर्न आग्रह गरेका हुन् । सो नाका बन्द भएपछि त्यस क्षेत्रका उद्योग व्यवसाय ठप्प रहेको भन्दै सीमानाका खोल्न माग गरेको होटेल व्यवसायीका अध्यक्ष मीमबहादुर लामाले जानकारी दिए । सीमानाका बन्द हुँदा यहाँका साना, मझौला, ठूला व्यवसाय आर्थिक सङ्कटमा परेको अध्यक्ष ला...
हरित काफ्लेद्वारा दशैंकाे उपहारमा कल्पबृक्ष

हरित काफ्लेद्वारा दशैंकाे उपहारमा कल्पबृक्ष

CoVid19, आस्था, धार्मिक, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, २५ असाेज - धार्मिक महत्वले अति नै महत्वपुर्ण मानिने कल्पबृक्षकाे बिरुवा हरित अभियन्ता हेमन्तराज काफ्लेले उपहार दिएकाे छन् । सल्यानकाे छायाक्षेत्र शक्तिपिठका महन्त उमेश गिरि महाराजलाई हरित हेमन्तले कल्पवृक्षकाे बिरुवा उपहार दिएकाे बताउनुभएकाे छ । उक्त कल्पवृक्षकाे बिरुवा सल्यानको छाया क्षेत्र शक्ति पिठमा आज साेमबार नै लगाईयो हरित हेमन्तले बताउनुभयाे । वैदिक धर्म अनुसार हिन्दु धर्मावलम्बीहरूकाे वेद र पुराणमा कल्पवृक्षकाे बिरुवा बारे विस्तृत उल्लेख गरिएको पाईन्छ ।कल्पवृक्ष स्वर्गको विशेष रूख उल्लेख गरिएकाे छ । पौराणिक धर्मशास्त्र र हिन्दू मान्यता अनुसार कल्पबृक्ष बिरूवाको मुनि बसेर ध्यान गरेको व्यक्तिले चाहे अनुसारको वर प्राप्ती गर्ने विश्वास रहेकाे छ । हरित अभियन्ता काफ्लेका अनुसार नेपाल मै पहिलो कल्प वृक्ष हो, जुन जर्मनीबाट साधना अधिकारी रानाले पठाउनु भएको बीउ हो, यस अघि...
अनधिकृत न्युजपोर्टललाई दर्ता गर्न काउन्सिलको ताकेता

अनधिकृत न्युजपोर्टललाई दर्ता गर्न काउन्सिलको ताकेता

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, सूचना-प्रबिधि
काठमाण्डौ, २५ असोज – प्रेस काउन्सिल नेपालले अनधिकृत तवरले सञ्चालनमा आएका न्युजपोर्टलहरुलाई दर्ता प्रक्रियामा आउन आग्रह गरेको छ । सोमबार एक विज्ञप्ति जारी गरी काउन्सिलले दर्ता बिना सञ्चालित न्युजपोर्टलहरु र युट्युब च्यानलहरुलाई कानुनी दायरामा ल्याउन सञ्चालकहरुलाई आग्रह गरेको हो ।प्रेस काउन्सिलले गत जेठको दोस्रो साता यता ७८ वटा न्युजपोर्टललाई दर्ता प्रक्रियामा ल्याउन पत्राचार गरेको छ । अनधिकृत रुपमा सञ्चालित ती न्युजपोर्टललाई कानुनी दायरामा ल्याउन र पत्रकार आचारसंहिताको पूर्ण पालना गराउनका लागि सचेत समेत गराएको छ । ती मध्य ९ वटा न्युजपोर्टलले कानुनी प्रक्रिया पूरा गरिसकेका छन् भने आचारसंहिता पालना गर्ने लिखित सम्झौता पश्चात काउन्सिलमा सूचीकृत समेत भएका छन् । काउन्सिलका प्रवक्ता दीपक खनालद्धारा जारी विज्ञप्तिमा आ.व.०७८÷०७९ को पहिलो ३ महिनामा ६८ वटा उजुरी दर्ता भएको उल्लेख छ । यसमा साउन...
पत्रकार जे पाण्डेमाथि दुर्व्यवहार, महासंघको ध्यानाकर्षण

पत्रकार जे पाण्डेमाथि दुर्व्यवहार, महासंघको ध्यानाकर्षण

CoVid19, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २५ असोज – पश्चिम नेपालकै प्रसिद्ध शक्तिपिठ बागेश्वरी मन्दिरका पुजारी चन्दननाथ योगीले पत्रकारमाथि दुर्व्यवहार गरेका छन् । दशैंको चहलपहल र शक्ति पिठको रिपोर्ट बनाउन गएका कान्तिपुर टिभिका लुम्बिनी प्रदेश प्रमुख जीवन पाण्डे (जे पाण्डे) माथि योगीले दुर्व्यवहार गरेका हुन् ।मन्दिर परिषरमा दर्शनार्थिहरुसँग बाईट लिने तयारी गरेका पाण्डे र क्यामेरा पर्शन सबिता जीसीमाथि पुजारी योगीले आक्रमण गर्न खोजेको पत्रकार पाण्डेले जानकारी दिए । उनले मन्दिरको कम्पाउण्ड भित्र भिडीयो खिच्न नपाउने भन्दै ५ जना अन्य सहायक पुजारीहरु समेतलाई बोलाएर पत्रकार पाण्डे माथि आक्रमण गर्न खोजेको उनले बताए । पुजारी योगीको पत्रकार माथिको दुर्व्यवहारको घटना यो पहिलो होईन । मन्दिरको जग्गा र हिनामिनाका विषयमा रिपोर्ट बनाउन गएका टिभि पत्रकार शरण कर्माचार्य र तिलक गाँउले माथि पनि योगीले केहिवर्ष पहिले सांघातिक आक्रमण ग...
मनोज गजुरेलले गरे मन्जुसँग विवाह

मनोज गजुरेलले गरे मन्जुसँग विवाह

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाडौं, २५ असोज - हास्य कलाकार मनोज गजुरेलले दोस्रो विवाह गरेका छन् । नेपाल सरकारको न्याय सेवाकी अधिकृत मन्जु पोखरेलसँग उनले आज विवाह गरेको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका हुन् । उनीहरुको विवाह डोलेश्वर महादेव मन्दिरमा आज आफन्तको उपस्थितिमा सम्पन्न भएको हो । गजुरेलले लामो समयको मिना ढकालसँगको वैवाहिक सम्बन्धलाई ४ वर्ष पहिले कानुनी रुपमा तिलाञ्जली दिएका थिए । उनीहरुको एक छोरा र एक छोरी छन् । गजुरेलले जीवनयात्राको क्रममा आत्मीय साथको आवश्यकता महसुस भएकोले विवाह गरेको बताएका छन् । उनले लेखेका छन्, ‘जीवनयात्राको दौरानमा आत्मीय साथको आवश्यकता महशुस हुनु स्वाभाविकै हो । त्यसैगरी मेरा बाबु–नानीको शिक्षा, स्वास्थ्य र भविष्यको बारेमा संवेदनशिल हुनुपनि जरुरी थियो । यी दुबै अवस्थामा साथदिने सहयात्रीको अभाव समयक्रममा खड्किँदै आयो । बाबुनानीको आग्रह पनि यस्तै आउन थाल्यो ।’ आफन्...
नेपाल भारतबीच नजिकको सम्बन्धमा कहिलेकाहीँ समस्या हुनु स्वाभाविक : डा महत

नेपाल भारतबीच नजिकको सम्बन्धमा कहिलेकाहीँ समस्या हुनु स्वाभाविक : डा महत

CoVid19, आस्था, प्रदेश ५, राजनीति, समाचार
काठमाण्डौ, २५ असोज – नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले नेपाल र भारतकाबीच सदियौँ पुरानो र नजिकको सम्बन्ध रहेकाले समय समयमा दुई देशबीचको सम्बन्धमा समस्या देखापर्नु स्वाभाविकै भएको बताएका छन् । भारत भ्रमणका क्रममा आइतबार वनारसस्थित वनारस हिन्दू विश्वविद्यालय (विएचयू) मा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘नेपाल भारतबीच धार्मिक, आर्थिक, सांस्कृतिकलगायतका धेरै क्षेत्रमा सयौँ वर्षदेखिको सम्बन्ध हो, धेरै नजिक भएका नाताले पनि कहिलेकाहीँ कुनै विषयमा असमझदारी देखिनु पनि स्वाभाविक हो ।’ उक्त विश्वविद्यालयको नेपाल अध्ययन केन्द्र र दिनदयाल अध्ययन केन्द्रद्वारा आयोजित अन्तक्रियामा उनले भने, ‘धेरै नजिक भएपछि सम्बन्धमा कुनै बेला असमझदारी पनि बढ्छ, कुनै विषयमा विवाद पनि आउन सक्छ, त्यसैले यी सबै विषयलाई दुवै तर्फबाट वार्ताको टेबलमा बसेर निकास निकाल्नुपर्छ, समस्या देखिय...
चीनको सीमानाकाले नेपाली व्यवसायी हैरान

चीनको सीमानाकाले नेपाली व्यवसायी हैरान

CoVid19, आस्था, बिचार, श्रम/रोजगार
मिति : २०७८ असोज २५ गतेगोविन्द लुइँटेलरसुवागढी- उत्तरी छिमेकी चीनले सीमानाका पूर्णरूपमा र दुईतर्फी चालु नगर्दा नेपाली व्यवसायीले दशैँका लागि आयात गरेको ठूलो परिमाणको सामान चीनतर्फ रोकिएको छ । रसुवागढी नाकाबाट चीनले अहिले पनि दैनिक बढीमा ९ वटा कन्टेनरमात्र नेपाल प्रवेश गर्न दिएको छ । दैनिक नेपाल प्रवेश गर्ने कन्टेनरको संख्या बढाउन केही महिनादेखि प्रयत्न भए पनि चिनियाँ प्रशासनले नाका एकतर्फीरूपमा नियन्त्रणमा राखेको छ । परिणामस्वरूप व्यवसायीहरूले दशैँका लागि मगाएको सामान तिहारपछिमात्र आउन सक्ने अवस्था छ । २०७२ साल वैशाखको भूकम्पपछि अवरुद्ध तातोपानी–खासा नाकाको विकल्पको रूपमा रसुवागढी–केरुङ नाकालाई नेपालले उच्च प्राथमिकता दिएको थियो । रसुवागढी–केरुङ नाका २०७१ मंसिर १५ देखि नेपाल र चीनले प्रमुख नाकाको रूपमा सञ्चालनमा ल्याएका थिए । रसुवागढी नाकालाई नेपाल र चीनले २०७४ भदौ १४ मा अ...