
नेपालगन्ज, १२ कार्तिक – मधेश मानव अधिकार गृह (माहुरी होम) बाँके जिल्ला समिति आज शुक्रबार नेपालगन्ज उपमहानगरपालिकाको प्राङ्गणमा गठन गरिएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगरको अध्यक्षतामा बैठक बसी दिनेश ठाकुरको अध्यक्षतामा १२ सदस्यीय मधेश मानव अधिकार गृह (माहुरी होम) बाँकेको समिति गठन गरिएको छ ।

उक्त समितिको उपाध्यक्ष पदमा लक्ष्मी सुनार, सचिव पदमा सारु हमाल, सहसचिव पदमा शिव जयसवाल, कोषाध्यक्ष पदमा बिनयराज त्रिपाठी रहेका छन् ।
यसरीे सरला सुवेदी, असलम भाँट, मोहिनी बाल्मिकी, सुनिता पोखरेल, पुष्पा सुनार, शुक्रऋषि चौलागाई र पवन जयसवाल समितिको सदस्यमा रहेका छन् ।
मधेश मानव अधिकार गृह (माहुरी होम) को अगामी दिनमा हुन गईरहेको केन्द्रिय अधिवेशनका लागी बाँके जिल्लाबाट प्रतिनिधिको रुपमा अध्यक्ष दिनेश ठाकुर, सचिव सारु हमाल र सदस्य असलम भाँटलाई पठाउने निर्णय आजको बैठकबाट गरिएको छ ।
