माइती नेपालद्वारा मानव वेचविखन तथा ओसारपसार अभिमुखिकरण कार्यक्रम सम्पन्न
कपिलवस्तु, १५ कार्तिक - मानव वेचविखन तथा ओसारपसार संग सम्बंधित तथ्यांक व्यवस्थापन अभिमुखिकरण एकदिने कार्यक्रम कृष्णनगर नगरपालिकाको सभा हलमा कार्यक्रम सम्पन्न भएको छ ।
कृष्णनगर नगरपालिकाको आयोजना तथा हाम्रो माइती नेपाल, सम्मान परियोजनाको सहयोग र कृष्णनगर नगरपालिकाका नि.प्रमुख प्रशासकीय अधिकृत चन्द्रराम चौधरीको अध्यक्षता, अतिथिहरूमा कृष्णनगर नगरपालिका वडा नं १० का वडाध्यक्ष मोविन खां, १२ नं वडाध्यक्ष छेदीप्रसाद यादव, वडा नं ७ का वडाध्यक्ष राजकिशोर यादव, वडा नं ११ वडाध्यक्ष फग्गू मुराउ, वडा नं १ वडाध्यक्ष तुंगनाथ चौधरी रहनुभयो ।
मानव बेचविखन तथा ओसार पसार के हो ? महिला तथा बालबालिकाहरू माथी हुने मुख्य जोखिमहरू, मानव बेचविखनका कारण, समस्या पर्दा सहयोगका लागि निकायहरू, तथ्यांकको परिभाषा, तथ्यांकका विविध आयामहरू, तथ्यांकको महत्व, लगायत अन्य बिषयमा विस्तृत छलफल गरिएको थियो ।
कार्यक्रम स...









