Tuesday, June 23सत्यम खबर
Shadow

आस्था

आज लक्ष्मी पूजा, देवी लक्ष्मीको विशेष पूजा आराधना गरिँदै

आज लक्ष्मी पूजा, देवी लक्ष्मीको विशेष पूजा आराधना गरिँदै

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, १८ कार्तिक - यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्यकी देवी लक्ष्मीको विशेष पूजाआजा गरी लक्ष्मीपूजा गरिँदै छ । यमपञ्चकको तेस्रो दिन कार्तिक कृष्ण औँशीको साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाउने गरिन्छ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दैनन् भन्ने मान्यताका आधारमा बिहानै घर सफासुग्घर र गाईको गोबर एवं माटाेले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । यस दिन घरका झ्याल, ढोका, चोटा, कोठा, सँघार, कौसी, अटाली, भर्‍याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गर्ने गरिन्छ । सुखरात्रिको पूजाका लागि साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र माटाेले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई उनी आउने बाटो देखाइन्छ । पाइलैपिच्छे केराको...
राप्तीनदी घाटमा पाँच हजार एक सय ११ महादीपोत्सव(फाेटाेेफिचरसहित)

राप्तीनदी घाटमा पाँच हजार एक सय ११ महादीपोत्सव(फाेटाेेफिचरसहित)

अवधी, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
सिधनिया, १७ कार्तिक - बाँकेको राप्ती नदीस्थित स्नान घाटमा पहिलो पटक पाँच हजार एक सय ११ दिप प्रज्वलन गरिएको छ । हिन्दुहरुको महान पर्व तिहार (दिपावली) को अवसर पारेर पबित्र स्थान मानिएको स्नान घाटमा बुधबार साँझ महादीपोत्सवका रुपमा सामुहिक दिप प्रज्वलन गरिएको हो । दिप प्रज्वलन कार्यलाई डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरीले उद्घाटन गर्नुभयो । उहाँले हिन्दुहरुको शुभ कार्य गर्न अघि गरिनुपर्ने बिधि बिद्यान अनुरुप पुजापाठ गरेर महादीपोत्सवको उद्घाटन गर्नुभएको थियो । नेपालगन्जस्थित बागेश्वरी संचार सेवा प्रालि एवं डुडुवा गाउँपालिकावासीको संयुक्त आयोजनामा गरिएको महादीपोत्सव कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष चौधरीले कार्यक्रमको प्रशंसा गर्नुभयो । उहाँले पबित्र स्थानमा यसरी सामुहिक रुपमा ठुलो मात्रामा दिप प्रज्वलन कार्य आफैमा सराहनीय भएको बताउनुभयो । यसैक्रममा बोल्दै उहाँले गाउँपा...
आई.एन.एफ.द्वारा १३ हजार ८ सय ६४ जना सेवाग्राहीलाई सेवा प्रदान

आई.एन.एफ.द्वारा १३ हजार ८ सय ६४ जना सेवाग्राहीलाई सेवा प्रदान

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १७ कार्तिक - बाँकेको जानकी गाउँपालिका वार्ड नं.–३ मानपुर स्थित रहेको आई.एन.एफ. नेपाल, साईनिङ्ग अस्पताल आई.एन.एफ. नेपाल, बाँकेको आयोजनामा नेपालगन्जको स्वास्तिक कटेजमा आज बुधवार सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न भएको छ । साईनिङ्ग अस्पताल आई.एन.एफ. नेपाल, बाँकले आर्थिक वर्ष २०७७/०७८ मा प्रदान गरेको सेवाहरु कुष्ठरोग सम्बन्धि बहिरंग सेवाहरु– कुष्टरोगको निदान र उपचार तथा छाला रोगहरुको उपचारका लागी हरेक दिन सार्वजनिक बिदाको दिन बाहेक बहिरंग सेवा सञ्चालन गरिएको थियो । यस वर्षमा कुल १० हजार ३ सय ६८ सेवाग्राहीहरुलाई सेवा प्रदान गर्ने लक्ष्य राखिएकोमा जम्मा १३ हजार ८ सय ६४ जना सेवाग्राहीलाई सेवा प्रदान गरेको थियो । कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति बाँकेका संयोजक अजयकुमार श्रीवास्तव रहेका थिए । साईनिङ्ग अस्पतालका प्रमुख मंगल थारुको अध्यक्षतामा सामाजिक लेखा परीक्षण कार...
विमानस्थलभित्र सरसफाई

विमानस्थलभित्र सरसफाई

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगन्ज, १७ कार्तिक – नेपालगन्जस्थित राँझा विमानस्थल भित्रको झाडी सफाई गरिएको छ । विमानस्थल परिसरमा रहेको झाडीका कारण रनवेमा जनावर आउने क्रम बढेपछि जिल्ला प्रहरी कार्यालय बाँकेको सक्रियतामा बुधबार झाडी फाँडीएको छ । मंगलबार बिहान नेपालगन्ज विमानस्थलको धावनमार्गमा विमानले बँदेलको हुललाई किचेको थियो । हुम्लाको सिमिकोटका लागि उड्ने क्रममा ९ एनएएचबी कल साइनको जहाज धावनमार्गमा गुडिरहेका बेला बँदेलको हुललाई किचेको थियो । दुर्घटनामा ३ वटा बँदेल मरेपनि बिमानभित्रका यात्रुलाई भने केही भएको थिएन । यस अघि बुद्ध एयर र एति एयरको जहाजमा बँदेल ठोक्किएको थियो । यसरी हाप्तै पिच्छे बिमानमा बँदेल ठोक्किन थालेपछि जिल्ला प्रहरी कार्यालय बाँकेको सक्रियतामा बुधबार धवनमार्ग वरिपरि रहेका झाडी सफाई गरिएको छ ।जिप्रका बाँकेका प्रमुख प्रहरी उपरिक्षक श्यामकृण्ण अधिकारीको कमाण्डमा ३० जना प्रहरी, शसस्त्र प...
काठ मिडियाले बहुचर्चित कलाकारहरुको साथमा झिलिमिली तिहार कार्यक्रम आयोजना गर्ने

काठ मिडियाले बहुचर्चित कलाकारहरुको साथमा झिलिमिली तिहार कार्यक्रम आयोजना गर्ने

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १७ कार्तिक – काठ मिडिया प्रा.लिले बहुचर्चित कलाकारहरुको साथमा झिलिमिली तिहार कार्यक्रम आयोजना गर्ने भएको छ ।उक्त मिडियाले दिएको जानकारी अनुसार यही कात्र्तिक १८ गते लक्ष्मी पुजाको दिन ललितपुर जिल्लाको ईमाडोलस्थित भद्रकाली पेट्रोल पम्पसँगै अपरान्ह एक बजेदेखि साँझ ५ः३० बजेसम्म बहुचर्चित कलाकारहरुको साथमा उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो ।कार्यक्रममा बरिष्ठ हाँस्यकलाकार तथा समाजसेवी किरण केसी (राता मकै), सुरेन्द्र केसी (मुला साग) सहितकाचर्चित कलाकारहरुको साथमा ‘झिलिमिली तिहार, संगीत र सरफाई सँगसँगै’ भन्ने मुुल नाराका साथ सांगीतिक कार्यक्रम आयोजना गर्न लागिएको आयोजक संस्था काठ मिडियाले जानकारी दिएको छ । कार्यक्रममा बरिष्ठ हाँस्य कलाकार किरण केसी (राता मकै), सुरेन्द्र केसी (मुला साग) सहित द जेन्टलम्यान व्याण्ड, टिका प्रसाई, नरेश बुढाथोकी सहितका गायक, कलाकारहरुले आफ्नो प्रस...
संघियता शासन प्रणाली बरदान कि अभिशाप

संघियता शासन प्रणाली बरदान कि अभिशाप

आस्था, प्रदेश ५, बिचार, शिक्षा/स्वास्थ्य, समाचार
मितिः २०७८ कार्तिक १७ गते– रिजवान मिर्जा (रोहन)संघियता शासन प्रणाली त्यस्तो किसिमको शासन प्रणाली हो जहाँ कम से कम २ तहका सरकारहरु हुन्छ । हाम्रो नेपालमा संघियता लोकतान्त्रिक गणतन्त्रको मुल संरचना ३ (तिन) तहको छ । संघ प्रदेश र स्थानिय तह, यिनीहरुको संचालन प्रद्धति संबिधान कानून बमोजिम भएको छ ।नेपालमा लामो समयको जनसंर्घष खिचातानी पछि नेपाल देश राजा, भारदारहरुको बिर्ताबाट मुक्त भै जनताको साझा राष्ट्र राज्यको रुपान्तरित भएको नेपाल रुपान्तरित हुने क्रममा एक बहुभाषिक बहुराष्ट्रिय, बहुधार्मिक, क्षेत्रिय बिबिधताले सम्पन्न नेपाललाई अखण्ड राख्ने सर्वोत्तम उपाय संघियता नै थियो । सामथ्र्य र पहिचानको आधारमा प्रदेशहरु बनाउँदा कतिपय ठुला साना मागहरु अटाउन सकेनन् यसको प्रमुख कारक इथिनक युनिटी सित जोग्राफिक युनिटी नमिल्नु नै थियो । नेपालको संबिधान बमोजिम नेपाललाई ७ प्रदेश (राज्य) र ७७ जिल्लामा बिभाजन गरी क...
पहिलाे पटक राप्ती नदीस्थित स्नान घाटमा महादीपाेत्सव गरिँदै

पहिलाे पटक राप्ती नदीस्थित स्नान घाटमा महादीपाेत्सव गरिँदै

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १६ कार्तिक - हिन्दुहरूकाे महान पर्व तिहार (दिपावली) काे अवसरमा बाँकेकाे राप्ती नदीस्थित सिधनिया घाटमा बुधबार महादीपाेत्सव गरिँदै छ । उज्यालोकाे पर्व भनेर समेत चिनिने तिहारकाे अवसरमा डुडुवा गाउँपालिकाे राप्ती नदीस्थित स्नान घाटमा बुधबार साँझ महादीपाेत्सव गरिन लागिएको छ । महादीपाेत्सवका क्रममा पाँच हजार एक सय ११ दिप प्रज्वलन गरिने जनाएको छ । बागेश्वरी संचार सेवा प्रालि र समस्त डुडुवा गाउँपालिकाबासीकाे आयाेजनामा राप्ती नदीमा पहिलाेपटक महादिपाेत्सव हुन लागेकाे हाे । सिधनियाघाटस्थित स्नान घाट वरिपरि, त्यहाँ रहेकाे मन्दिर परिसर र पुलमा दीपाेत्सव गरिने बागेश्वरी संचार सेवा प्रबन्धक सन्ताेष गुप्ताले जानकारी दिनुभयाे । घाटमा कार्यक्रमकाे तयारी ३ बजेदेखि नै शुरू हुने भएपनि दीपाेत्सव कार्यक्रम ठिक ५ बजेबाट शुरू हुनेछ । डुडुवा गाउँपालिका अर्थात बाँकेकाे क्षेत्र नं २ मा नै पहि...
बाँके आयुर्वेद स्वास्थ्य केन्द्रले धन्वन्तरी दिवश मनायो

बाँके आयुर्वेद स्वास्थ्य केन्द्रले धन्वन्तरी दिवश मनायो

अपराध, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १६ कार्तिक - “आयुर्वेद विकासको आधार, जनशक्ति विकास र पुर्वाधार” भन्ने मुल नाराका साथ बाँके आयुर्वेद स्वास्थ्य केन्द्रले धन्वन्तरी दिवशको अवसरमा धन्वन्तरी देविको पुजागरी मनाएको छ । साथै सोहि दिवशको अवसरमा सुुशील कोइराला क्यान्सर अस्पतालमा पुगेर विरामीहरुलाइ फलफुल पनि वितरण गरिएको थियो । बाँके आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा.अनिलकुमार चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धन्वन्तरी दिवशको महत्व, इतिहास र उत्पत्तिका विषयमा जानकारी गराउँदै धन्वन्तरी देविको पुजा गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले आयुर्वेदको विकासको लागि आफुले सक्दो सहयोग गर्ने बताउँदै यसमा रहेका कमि कमजोरीलाई हटाउन पनि अनुगमन गरिने बताउनुभयो । किरण खनालद्धारा सञ्चालन गरिएको कार्यक्रममा बाँके आयुर्वेद स्वास्थ्य केन्द्र अस्पताल विकास समितिका अध्यक्ष जनकराम भण्डा...
दलित समुदायमाथि विभेद विरुद्ध जनप्रदर्शन

दलित समुदायमाथि विभेद विरुद्ध जनप्रदर्शन

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
सल्यान, १६ कार्तिक – राष्ट्रिय दलित मुक्ति जागरण अभियान नेपालले सल्यानमा विशाल जनप्रदर्शन गरेको छ । दलित समुदायको हक अधिकार स्थापित गर्न माग गर्दै अभियानले सल्यान जिल्लाको थारमारेमा भेला र प्रदर्शन गरेको हो । समुदायलाई जागरण र राज्यलाई दबाब, विभेद विरुद्धको अभियानमा एक हौं भन्ने मुल नाराका साथ दलित समुदायको शक्ति प्रदर्शन गरिएको छ ।राज्यका हरेक अंग र निकायमा दलित समुदायको सहभागितामूलक प्रतिनिधित्व हुनुपर्ने,नीति निर्माण तहमा दलितहरुको स्पष्ट प्रतिनिधित्व र यस समुदायको पेशा व्यवसायको सुनिश्चितताको माग गर्दै प्रदर्शन गरिएको राष्ट्रिय दलित मुक्ति जागरण अभियान नेपाल पश्चिम संयोजक खगेन्द्र सुनारले बताएका छन् । जातीय विभेद, छुवाछुत र दलितमाथिको उत्पीडन विरुद्ध सचेतना जगाउन समुदायलाई जागरण र राज्यलाई दबाब दिन प्रदर्शनको आयोजना गरिएको सुनारले जानकारी दिए । यसअघि अभियानले पुर्वको सप्तरी र पश...
राजनितिक षड्यन्त्रका मोहरा बनेका लडाई चौधरीले म र विद्यालयको मानमर्दन गरेका छन: प्रअ हसन

राजनितिक षड्यन्त्रका मोहरा बनेका लडाई चौधरीले म र विद्यालयको मानमर्दन गरेका छन: प्रअ हसन

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
कपिलवस्तु १६ कार्तिक – स्थानीय राजनितिक षड्यन्त्रका मोहरा बनेका लडाई चौधरीले विद्यालय र मेरो मानमर्दन गर्न आर्थिक लेनदेनको निरधार, झुठो अफवाह फैलाएको प्रअ मुनिजर हसन बताएका छन ।जिल्लाको विजयनगर गाउ“पालिकामा केही दिन देखि वडा ३ मा रहेको भुवनेश्वरी मावि जगदीशपुरमा ल्याब असिस्टेन्ट पदको भर्ना गर्न आर्थिक चलखेलको समाचार विभिन्न संचारमाध्यममा आईरहँदा प्रधानाध्यापक मुनिजर हसनले सोमबार पत्रकार सम्मेलन गरि आफुले कुनै प्रकारको रकम माग नगरेको बताएका छन् । उनले म दोषी भएको प्रमाणित भयो भने कानुनमा रहेको सजाय प्रवधान सहर्ष स्विकार गरि प्रअ पदबाट समेत राजिनामा दिने बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद यादवले लडाई चौधरी आफ्नो छोराका लागि निरन्तर म लगायत अन्य पदाधिकारीलाई भेटेर ल्याब असिस्टेन्ट पदमा भर्ना गर्नु हुन निरन्तर दबाव दिंदै आएको बताउनुभयो । उनी जसरी पनि गरिदिनुस भनेका ...