
नेपालगन्ज, १६ कार्तिक – “आयुर्वेद विकासको आधार, जनशक्ति विकास र पुर्वाधार” भन्ने मुल नाराका साथ बाँके आयुर्वेद स्वास्थ्य केन्द्रले धन्वन्तरी दिवशको अवसरमा धन्वन्तरी देविको पुजागरी मनाएको छ । साथै सोहि दिवशको अवसरमा सुुशील कोइराला क्यान्सर अस्पतालमा पुगेर विरामीहरुलाइ फलफुल पनि वितरण गरिएको थियो ।
बाँके आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा.अनिलकुमार चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धन्वन्तरी दिवशको महत्व, इतिहास र उत्पत्तिका विषयमा जानकारी गराउँदै धन्वन्तरी देविको पुजा गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले आयुर्वेदको विकासको लागि आफुले सक्दो सहयोग गर्ने बताउँदै यसमा रहेका कमि कमजोरीलाई हटाउन पनि अनुगमन गरिने बताउनुभयो ।
किरण खनालद्धारा सञ्चालन गरिएको कार्यक्रममा बाँके आयुर्वेद स्वास्थ्य केन्द्र अस्पताल विकास समितिका अध्यक्ष जनकराम भण्डारी, बाँके आयुर्वेद स्वास्थ्य केन्द्र अस्पताल विकास समितिका सदस्य अछरी पोखरेल, नेपालगन्ज उद्योग बाणीज्य संघका निवर्तमान अध्यक्ष नन्दलाल बैश्य, योग गुरु गिरीराज भट्टराइ, खजुरा गाउँपालिकाका उपाध्यक्ष एकमाया विक, डा.सन्तोषकुमार शर्मा, आइसीआरसीका अध्यक्ष विश्वजित तिवारी, समाजसेवि बेदप्रकाश आचार्यलगायतका व्यक्तिले धन्वन्तरी देविको सम्बन्ध आयुर्वेदसँग पनि जोडिएको बताउँदै आयुर्वेद औषधिको महत्वका बारेमा प्रकाश पारेका थिए ।
धन्वन्तरी देवीको पुजा पश्चात बाँके आयुर्वेद स्वास्थ्य केन्दको टिम खजुरा क्यान्सर अस्पतालमा पुगेर २ दर्जन बढि विरामीलाई फलफुल र आयुर्वेद औषधि वितरण गरेको थियो । क्यान्सर अस्पतालका डा.कृष्ण आचार्यको टिमले विरामीलाई फलफुल र आयुर्वेद औषधि वितरणमा सहयोग गरेका थिए ।
