
नेपालगन्ज, १७ कार्तिक – बाँकेको जानकी गाउँपालिका वार्ड नं.–३ मानपुर स्थित रहेको आई.एन.एफ. नेपाल, साईनिङ्ग अस्पताल आई.एन.एफ. नेपाल, बाँकेको आयोजनामा नेपालगन्जको स्वास्तिक कटेजमा आज बुधवार सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न भएको छ ।
साईनिङ्ग अस्पताल आई.एन.एफ. नेपाल, बाँकले आर्थिक वर्ष २०७७/०७८ मा प्रदान गरेको सेवाहरु कुष्ठरोग सम्बन्धि बहिरंग सेवाहरु– कुष्टरोगको निदान र उपचार तथा छाला रोगहरुको उपचारका लागी हरेक दिन सार्वजनिक बिदाको दिन बाहेक बहिरंग सेवा सञ्चालन गरिएको थियो । यस वर्षमा कुल १० हजार ३ सय ६८ सेवाग्राहीहरुलाई सेवा प्रदान गर्ने लक्ष्य राखिएकोमा जम्मा १३ हजार ८ सय ६४ जना सेवाग्राहीलाई सेवा प्रदान गरेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति बाँकेका संयोजक अजयकुमार श्रीवास्तव रहेका थिए । साईनिङ्ग अस्पतालका प्रमुख मंगल थारुको अध्यक्षतामा सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न भएको छ ।
भेषराज बस्तेनद्वारा सञ्चालित कार्यक्रममा साईनिङ्ग अस्पताल आई.एन.एफ. नेपाल, बाँकेका प्रशासन अधिकृत नरेन्द्रबहादुर साउदले स्वागत मन्तव्य व्यक्त गर्दै सामाजिक लेखा परीक्षण कार्यक्रमको उद्देश्य बारे प्रकाश पार्नुभएको थियो ।
साईनिङ्ग अस्पताल आई.एन.एफ. नेपाल, बाँकेका अस्पताल प्रमुख थारुले कार्यक्रमको प्रस्तुती गर्नु भएको थियो । सो कार्यक्रममा बिशेष अतिथि जानकी गाउँपालिकाका का.बा. अध्यक्ष भूमिसरा धिताल, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजंग शाही, स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरी लगायतले आ–आफनो मन्तव्य व्यक्त गरेका थिए ।
यसरी छलफल कार्यक्रममा स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीर जंग शाही, स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरी, जानकी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दलबहादुर राना, जिल्ला बिपद् व्यवस्थापन समितिका सूचना अधिकृत रुपन ज्ञवाली, टीबी अस्पताल नेपालगन्जका प्रमुख हिकमतबहादुर खडका, नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्द, स्वास्थ्य कार्यालय बाँके क्षय/कुष्ठ अधिकृत मानबहादुर नेपाली लगायतले सुझाव सल्लाह राखेका थिए । सोको बारेमा जवाफ साईनिङ्ग अस्पताल आई.एन.एफ. नेपाल, बाँकेका अस्पताल प्रमुख थारुले दिनुभएको थियो ।
यसैगरी जिल्ला परियोजना सल्लाहकार समिति बैठक जिल्ला समन्वय समितिका संयोजक अजयकुमार श्रीवास्तवको अध्यक्षतामा गत वर्ष २०७७/०७८ को आ.व्य. खर्च र योजनाको बारेमा छलफल पनि गरिएको थियो ।
संस्थाको संक्षिप्त परिचय–आई.एन.एफ. नेपाल एउटा गैर सरकारी, गैर नाफामूलक र सेवामूलक संस्था हो । यो संस्थाले नेपालमा सन् १९५२ देखि निरन्तर रुपमा स्वास्थ र सामुदायिक बिकासको क्षेत्रमा सेवा पुर्याउँदै आएको छ । साईनिङ्ग अस्पताल आई.एन.एफ. नेपाल, बाँके आई.एन.एफ. द्वारा सञ्चालित तीन वटा अस्पतालहरु मध्य एक हो । यस अस्पतालले मुख्यतया कुष्ठरोग सेवाको क्षेत्रमा समर्पित भएर आफ्नो कार्य गर्दै आएको छ ।
सो कार्यक्रममा नेपाल कुष्ठरोग निवारण संस्थाका सदस्य सचिव श्रीराम चौधरी, नेपाल क्षयरोग निवारण संस्था बाँकेका सुन्दरलाल शाक्य, समाजसेवी माधवराम वर्मा, स्वास्थ्य कार्यालय बर्दियाका प्रेम नारायण थारु, लोकराम सुनार, डा. गौरङ्ग प्रतिक, ल्याब टेक्निसियन स्वा. का. बर्दियाक जीवन रजौरे, जानकी गा.पा.का कार्यकारी अधिकृत बसबहादुर राना, वार्ड नं.–३ का वडाध्यक्ष बिन्देश्वरीप्रसाद वर्मा, जि.स.स.बाँकेका विपिन श्रीवास्तव, एस्तर गुरुङ्ग, महेन्द्र शाही, गुलाम हसमत साई, भूपेन्द्र थारु, लौगबहादुर, आई.एन.एफ. नेपाल, बाँके साईनिङ्ग अस्पताल शाखाका यमबहादुर केसी, बित्त विभागका लोकेन्द्रबहादुर क्षेत्री लगायतको सहभागिता रहेको थियो ।
