Wednesday, June 24सत्यम खबर
Shadow

आस्था

चीनको सिचुआन तिब्बत रेल परयोजना पूर्ण बाफ निस्किएपछि कामदारहरु त्रसित

चीनको सिचुआन तिब्बत रेल परयोजना पूर्ण बाफ निस्किएपछि कामदारहरु त्रसित

आस्था, प्रदेश ५, विदेश, श्रम/रोजगार, समाचार
तिब्बत, १२ मंसिर – दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तबाट तिब्बतसम्म रेलमार्ग निर्माणको काम अझै पनि चलिरहेको छ। जहाँ पृथ्वीको क्रस्टबाट अत्यधिक गर्मीले काम गर्न असम्भव बनाएको छ। यसको मार्गको एक महत्त्वपूर्ण अनुपातमा मानिस वा मेशिनहरूले सहन नसक्ने चट्टानबाट टनेलिङमा प्रवेश गर्दा निकै धेरै बाफ निस्किएको छ। जमिनको तापक्रम ८९ डिग्री सेल्सियससम्म पुगेको यातायात पूर्वाधार परियोजनाले जनाएको छ। जब तिब्बती पठार यूरेशियन प्लेट र भारतीय उपमहाद्वीप बीचको टक्करबाट बनेको थियो, टेक्टोनिक बलले हिमालयलाई जन्म दिएको थियो, माथिल्लो क्रस्ट भित्र ठूलो मात्रामा ताप एकत्रित भएको र सो ताप नै बाहिर निस्किएको जनाइएको छ। भूमिगत तापका स्रोतका कारण कामदारहरुलाई काम गर्न पनि समस्या भइरहेको छ। अनियमितरुपमा तापकम वृद्धि भएछि मेसिनहरु तताउनका लागि बरफका गोलाहरु ल्याइएको भए पनि त्यसले पनि कुनै काम नगरेको अवस्थाल...
के भने विप्लवले चिनियाँ कम्युनिस्ट पार्टीसँगको भर्चुअल बैठकमा

के भने विप्लवले चिनियाँ कम्युनिस्ट पार्टीसँगको भर्चुअल बैठकमा

आस्था, प्रदेश ५, राजनीति, समाचार
काटमाण्डौ, १२ मंसिर – नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले चिनियाँ कम्युनिस्ट पार्टीसँगको बैठकलाई सम्बोधन गरेका छन् । उनले भर्चुअल बैठकमा चिनियाँ कम्युनिस्ट पार्टीको १९औं केन्द्रीय समितिको छैठौं विस्तारित बैठकले ऐतिहासिक निर्णय लिएको भन्दै शुभकामना व्यक्त गरेका थिए ।विप्लवको मन्तव्यको पूर्ण पाठः १. चिनियाँ कम्युनिस्ट पार्टीको १९ औँ केन्द्रीय समितिको छैटौँ विस्तारित बैठक सम्पन्न गरी ऐतिहासिक निर्णय लिएकोमा हाम्रो पार्टी तपाईंको पार्टीलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछ । २. आज दुई विश्व–दृष्टिकोण र दुई व्यवस्था छन् । एउटा समाजवादी र अर्को पुँजीवादी । विश्वमा शान्ति, स्थिरता र समृद्धिको नेतृत्व समाजवादी विश्वले गर्दै आएको छ र गर्नुपरेको छ भने भूमण्डलीकृत पुँजीवादले अस्थिरता, अराजकता, पर्यावरणीय प्रदूषण र अतिक्रमणको नेतृत्व गरिरहेको छ । हामी कम्युनिस्टह...
चिनियाँ नीति र हिन्दमहासागरीय गठबन्धन

चिनियाँ नीति र हिन्दमहासागरीय गठबन्धन

आस्था, प्रदेश ५, बिचार
विपिन देवः संसारको सबभन्दा महत्वपूर्ण व्यापारिक मार्ग हिन्दमहासागरीय क्षेत्र नै हो । व्यापारिक मार्गका साथसाथै सामरिक द्वन्द्व, सैन्य अभ्यास र दवावको सिर्जना हुने क्षेत्र भएकोले हिन्दमहासागरीय क्षेत्र विश्व सञ्चारको चर्चामा हुने गर्दछ । हिन्दमहासागरीय क्षेत्रको केन्द्रविन्दुमा आसियानका मुलुकहरू पर्दछन् । अर्थात् आर्थिक र सांस्कृतिक रुपले सबल आसीयान मुलुकहरू (थाइल्याण्ड, इण्डोनेशीया, मलेशीया, भियतनाम, कम्वोडिया, लाओस, सिंगापुर, म्यानमार, फिलिपिन्स) चीनको चुनौती झेलिरहेका छन् । आसीयानका अघिकांश मुलुकहरू प्रजातान्त्रिक पद्धतिका शासन प्रणालीलाई आत्मसात् गरेका छन् । खुला समाज र प्रजातान्त्रिक पद्धति भएकोले यी मुलुकहरूको सामीप्यता अमेरिका, अष्टे«लिया, जापान र भारतसंग सघन देखिएको छ । चीनलाई सन्तुलनमा राख्न वा चीनको दक्षिण सागरमा वढ्दो प्रभावलाई रोक्न आसियान मुलुकहरूरुले अमेरिका, भारत, जापा...
हडिया बाबा मन्दिरमा मेला र राजनीतिक जमघटको समापन

हडिया बाबा मन्दिरमा मेला र राजनीतिक जमघटको समापन

आस्था, धार्मिक, प्रदेश ५, बिचार, राजनीति, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, समाज
सकिल अहमद राईमितिः २०७८ मंसिर १२ गते बाँके जिल्लाका प्रख्यात सन्त हडिया बाबा मन्दिरमा मेला र राजनीतिक जमघटको समापन भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ मा अवस्थित रहेको हडिया बाबा मन्दिरमा २०७८÷०८÷०५ गतेदेखि धार्मिक मेलाको शुरुवात गरिएको थियो । यस मेलामा साधुसन्त, धार्मिक व्यक्तिको उपस्थित अति न्यून रहेको देखियो तर मेलामा नेकपा माओवादी केन्द्र र अन्य कम्युनिष्ट पार्टीका नेता अधिकांश रुपमा देखिए । हडियाबाबा मन्दिर (आश्रम) को अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका कार्यकर्ता नन्दलाल वैश्य रहेका छन् । यस कारण आफ्नो पार्टीको प्रचार–प्रसार गर्ने उद्देश्यले उनले सभासद नमूना के.सी.लाई प्रमुख अतिथी बनाई भाषण फलाक्न लगाए । बोल्ने क्रममा सभासद के.सी.ले बाँके जिल्लामा हडिया बाबाको आश्रम आस्थाको केन्द्र बिन्दु हो । यस कारण यसको पर्यटकीय रुपमा विकास हुनुपर्छ । यसको साथै नरैनापुर गाउँपालिकाम...
मस्जिद कर्बला व्यवस्थापन समितिको प्रथम साधारण सभा सम्पन्न

मस्जिद कर्बला व्यवस्थापन समितिको प्रथम साधारण सभा सम्पन्न

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ११ मंसिर - नेपालगन्ज उपमहानगरपालिका वडा नं. १७ परसपुरमा रहेको सहादत मस्जिद इदगाह कर्बला व्यवस्थापन समितिको प्रथम साधारण सभा आज शनिवार सम्पन्न भएको छ । मस्जिद इदगाह कर्बला व्यवस्थापन समिति साधारण सभाका सभापति सज्जन अली सलमानीको संयोजकत्वमा साधारण सभा सम्पन्न भएको छ । साधारण सभाका प्रमुख अतिथि वडा नं. १७ का वडाध्यक्ष अजयकुमार पाठक, विशिष्ट अतिथिमा केन्द्रिय मोहर्रम पर्व तथा कर्बला व्यवस्थापन समितिका केन्द्रिय अध्यक्ष फिरोज वारसी र ज्ञान सागर मा.वि.को व्यवस्थापन समिति अध्यक्ष अतिथि रज्जब अली बेहना रहेका थिए भने अतिथिहरूमा हाजी सुबेदार बेहना, हाफिज वासिम अहमद इद्रीसी, मौलाना नइमुद्दीन साई, शिक्षक प्रतिनिधि रामसिंह सोनी, वडा सदस्य फिरोज बेहना, मजीद धोबी, उदघोषक सागर ज्ञवाली रहेका थिए । तदर्थ समितिका कोषाध्यक्ष मन्सुर अली दर्जीकाे स्वागत मन्तव्यबाट शुरू भएकाे साधारण सभामा शुभ...
स्वर्गद्वारीमा नौ कल्पवृक्षको बिरुवा लगाईयो

स्वर्गद्वारीमा नौ कल्पवृक्षको बिरुवा लगाईयो

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ११ मंसिर - स्वर्गद्वारी प्रभुजि महाराजको आश्रममा अगाडि कल्पवृक्ष लगाइएको छ । हरित हेमन्तले बिरुवा आफै लगेर त्यहाँको हरि गुरुसङ्ग मिलेर बिरुवा लगाए । उक्त बृक्षारोपण नारायण माबिका शिक्षक कृष्ण पाण्डे, प्रेम शर्मा, मेघ बिस्ट, माया गिरि र नारायण माबीका विद्यार्थीको उपस्थिति थियो । कल्पवृक्ष जर्मनीबाट साधना रानाले बीउ उपलब्ध गराउनु भएको थियो र बिरुवा सुबन नर्सरीका बुद्धिबल श्रेष्ठ जिले बिरुवा हुर्काउनु भएको थियो । बृक्षरोपणमा निम, जामुन, अमलतास, जामुन, सितलचिनिका बिरुवा लगाएका थिए । कल्पवृक्ष महाअभियान अन्तर्गत गायत्री धाम राझा, भगवती मन्दिर बिसालनगर, हनुमानगढी नेपालगन्ज, हडिया बाबा, सिब धाम धुलिखेल पत्रकार पुष्पराज जोशीले धनगढीको शिवपुरी धाममा, छायाक्षेत्र सल्यान, धनगढी, घोडा घोडीमा पनि लगाईएको छ । यो बिरुवा हिन्दु धर्म अनुसार निकै धार्मिक महत्त्व राखेको बिरुवा हो । ६ ह...
श्रीराम–जानकी विवाह महोत्सवको तयारी पुरा, आज भगवान श्रीरामको तिलकोत्सव गरिने

श्रीराम–जानकी विवाह महोत्सवको तयारी पुरा, आज भगवान श्रीरामको तिलकोत्सव गरिने

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ११ मंसिर – श्रीराम जानकी विवाह महोत्सवको तयारी पुरा गरिएको छ । आज शनिबार दिन साँझ नेपालगन्ज उपमहानगरपालिका ७ स्थित राम जानकी मन्दिरबाट त्रिभुवन चोक स्थित राम जानकी द्वारिकाधीश मन्दिरमा भगवानको तिलकोत्सव गरिनेछ ।श्रीराम जानकी विवाह महोत्सव ०७८÷०८÷२२ गते बुधबारदिन रहेको छ । विवाह महोत्सवको अवसरमा भगवान रामको जन्ती सदरलाईन, विस्कोरियन टोल हुँदै शहीद दशरथ चन्द टोल वडा ७ स्थित राम जानकी मन्दिरमा पुग्ने छ । यहाँ पहिले भगवान श्रीरामको माता जानकी सँग बिहे गराउने परम्परा निर्वाह गरिनेछ । सो पछि उपमहानगरपालिकामा रहेको विभिन्न वर–वधुको विवाह कार्यक्रम आयोजित गर्नेछ ।अहिले यस कार्यक्रममा वर–वधुको बिहे गर्ने तयारी चलिरहेकोले इच्छुक वर–वधु यहाँ आफ्नो नामांकन गराई रहेका छन् । मन्दिर समितिका अध्यक्ष राम प्यारे बर्माले यस कार्यक्रममा उपमहानगरपालिका ८ नं. वडा बस्ने मेडईलाल बंशकारकी छोरी र फुल्टेक...
चाइनाको विस्तारवादी नीतिले छिमेकी देशहरूलाई खतरा : प्रदेश प्रवक्ता पठान

चाइनाको विस्तारवादी नीतिले छिमेकी देशहरूलाई खतरा : प्रदेश प्रवक्ता पठान

आस्था, प्रदेश ५, राजनीति, समाचार
कपिलवस्तु, १० मंसिर १० - कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वड़ा नम्बर १० मा जसपा नेपालको संगठन शुद्धिकरण तथा जनजागरण अभियान कार्यक्रम सम्पन्न भएको छ । भेलाबाट योती नारायण चौधरीको अध्यक्षतामा ५१ सदस्यीय वडा कमिटि गठन भएको छ । योती नारायण चौधरीको अध्यक्षता प्रमुख अतिथिमा जसपा नेपाल लुम्बिनी प्रदेश प्रवक्ता अकरम अबदुल रहमान खान (अकरम पठान) विशिष्ट अतिथिमा जसपा नेपाल शिवराज नगर कमिटी अध्यक्ष कृष्णकुमार चौधरी, जसपा कपिलवस्तु पूर्व जिल्ला अध्यक्ष सतीशचन्द्र गुप्ता अतिथिमा कमर जहाँ, जगदेव लोहार, गोरख रजक लगायत रहनुभयो । कार्यक्रममा बोल्दै प्रवक्ता अकरम पठानले जसपा नेपालको सशक्त रूपमा संगठन शुद्धिकरण र जनजागरण अभियान विस्तार हुँदै गइरहेको, जनसंख्याको अधारमा प्रतिनिधि सांसद मधेशमा संख्या बढाउनु पर्ने, चाइनाको विस्तारवादी नीतिले छिमेकी देशहरूलाई खतरा रहेको, सबै जाति, धर्म र समुदायको सम्मान जस...
नेपाली सेनालाई भारतीय सेनाद्वारा ५ ओटा ट्रक सहयोग

नेपाली सेनालाई भारतीय सेनाद्वारा ५ ओटा ट्रक सहयोग

आर्थिक, आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १० मंसिर – भारतीय सेनाले नेपाली सेनालाई ५ ओटा वर्कसप ट्रक सहयोग गरेको छ । नेपाल–भारत द्विपक्षीय परामर्श समूहको १३औं बैठकमा भएको सहमति अनुसार सेनालाई ती ट्रक बिहीबार हस्तान्तरण गरिएको हो । सैनिक मुख्यालयमा आयोजित कार्यक्रममा भारतका सैनिक सहचारी कर्णेल अमित शर्माले हतियार तथा नियन्त्रित उपकरण व्यवस्था निर्देशनालयका निमित्त निर्देशक सहायक रथी कृष्णदेव भट्टलाई वर्कसप ट्रक हस्तान्तरण गरेका हुन् । यी ट्रक हातहतियार, लजिस्टक उपकरण तथा सामानहरु बोक्न प्रयोग हुने नेपाली सेनाले जनाएको छ ।...
युवा लक्षित कार्यक्रमलाई एकै ठाँउ केन्द्रित गर्नुपर्छ : मन्त्री अथक

युवा लक्षित कार्यक्रमलाई एकै ठाँउ केन्द्रित गर्नुपर्छ : मन्त्री अथक

आस्था, खेल, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १० मंसिर – युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज (अथक)ले युवा लक्षित कार्यक्रमहरुलाई एकै ठाँउ केन्द्रित गर्नुपर्ने बताउनु भएको छ ।युवाहरुको नाममा वर्षेनी राज्यको करोडौं रकम खर्च हुने गरेको भए पनि उक्त रकम लक्षित वर्गसम्म पुग्न नसकेको तर्फ ईगिंत गर्दै मन्त्री अथकले युवा लक्षित गतिविधिहरुलाई एउटै संयन्त्रमा ल्याउनु पर्ने बताउनु भएको हो ।मन्त्री अथकले प्रधानमन्त्री स्वरोजगार कार्यंक्रम, गरिबि निवारण कोष र आफ्नो मन्त्रालयको मातहतमा रहेका युवा परिषद तथा युवा एवम् साना व्यवसायी स्वरोजगार कोषलाई एकै ठाँउमा केन्द्रित गरेर लक्षित वर्गसम्म बृहत रुपमा पहुँच विस्तार हुने खालको वातावरण बनाउनुपर्ने बताउनु भएको हो । कुल जनसँख्याको ४० प्रतिशत युवाहरुको मनोभाव बोकेको मन्त्रालयको जिम्मेवारी आफुले सम्हालेको बताउँदै मन्त्री अथकले सबै कार्यक्रमहरुलाई मन्त्रालय कै मातहतमा ल्याएर नयाँ ढंगल...