Wednesday, June 24सत्यम खबर
Shadow

आस्था

भारतको सहयोगमा दार्चुलामा विद्यालयको नयाँ भवन उद्घाटन

भारतको सहयोगमा दार्चुलामा विद्यालयको नयाँ भवन उद्घाटन

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १५ मंसिर – भारत सरकारको आर्थिक सहयोगमा निर्मित दार्चुलाका श्री मोती महिला संघ प्राथमिक विद्यालय र श्री मालिकार्जुन नमुना माध्यमिक विद्यालयका नयाँ विद्यालय भवनहरुको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।भारत सरकारको नेपाली रुपैया १ करोड २७ लाख आर्थिक सहयोगमा दार्चुला जिल्लाको खलंगा, तिंकरमा अवस्थित श्री मोती महिला संघ प्राथमिक विद्यालयको नयाँ विद्यालय भवनको मिति २०७८ मंसिर १२ गतेका दिन भारतीय राजदूतावासका नियोग उप–प्रमुख श्रीमती नामग्य सी. खम्पा, जिल्ला समन्वय सिमिति, दार्चुला, विद्यालय व्यवस्थापन समिति र स्थानीय प्रतिनिधिहरुले उद्घाटन गर्नुभयो । सन् १९६० मा स्थापना भएको यस विद्यालयले लामो समयदेखि गुणस्तरीय प्राथमिक तहको शिक्षा प्रदान गर्दै आएको छ । यस विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थीहरु दार्जुला जिल्लाका सीमान्तकृत तिंकरी र भुटिया समुदायका रहेका छन् । हाल विद्यालयमा अध्...
चिनियाँ नागरिकलाई छुटाइ दिन्छु भन्दै २० लाख

चिनियाँ नागरिकलाई छुटाइ दिन्छु भन्दै २० लाख

अपराध, आस्था, प्रदेश ५, विदेश, समाचार, समाज
काठमाडौं, १५ मंसिर – चिनियाँ नागरिक लिउ यू १८ असारमा ठमेलमा एक नाबालिकालाई जबरजस्तीकरणी गरेको अभियोगमा पक्राउ परेका छन् ।कानूनी झमेलामा कहिल्यै नपरेकी श्रीमती नेपाली नागरिक कमला भुसाल आत्तिँदै विभिन्न व्यक्तिसँग हारगुहार गर्न थालिन् । कतै पैसा दिएर छुटाउन सकिन्छ कि भनेर कुरा गरिरहँदा काभ्रेकी रविना थापाले छुटाउन सकिने आश्वसन दिइन् । ठमेलमै भेट भएर चिनजान भएकी उनले मञ्जु ओलीसँग पनि भेटाइन् । ‘उनीहरुले आफ्ना मान्छे वकिल छन्, उनले न्यायाधीश चिनेकाले सेटिङ मिलाइदिन्छु भनेका रहेछन्’ महानगरीय अपराध अनुसन्धान महाशाखा, बानेश्वरका प्रमुख चन्द्रकुवेर खापुङ भन्छन्, ‘श्रीमानलाई धरौटीमा छुटाइदिन्छु तर सेटिङका लागि पैसा लाग्ने भनिएको रहेछ ।’ओलीको प्रस्ताव अनुसार भुसालले २० लाख रुपैयाँ पनि दिइन् । तर श्रीमान् छुटेनन् । ‘उनी छुट्ने अवस्थामा पनि थिएन, नछुटेपछि उनीहरुले नाम लिएको वकिलसँग पीडित बुझ्न ...
एमसिसि संसदबाट पास गराउन षडयन्त्र गरिरहेकाे आराेप

एमसिसि संसदबाट पास गराउन षडयन्त्र गरिरहेकाे आराेप

आस्था, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, १४ मंसिर - नेपालमा अमेरिकी सरकारकाे परियाेजना मिलेनेयम च्यालेज कर्पाेरेशन (एमसिसि) संसदबाट पास गराउन केही दलाल नाेकर शाही साम्राज्यवादीहरूका नेपाली एजेन्टहरूले गम्भीर चलखेल र षडयन्त्र गरिरहेकाे आराेप लगाईएकाे छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्र नेपालगन्ज उपमहानगरपालिका कमिटिद्वारा आयाेजित पत्रकार भेटघाट कार्यक्रममा यस्ताे आराेप लगाईएकाे छ । उपमहानगर कमिटि अध्यक्ष रतन शाहीले पत्रकारहरूलाई सम्बाेधन गर्दै विकसित राष्ट्रिय राजनीति भित्र भएका षडयन्त्रहरूलाई पर्दाफास गर्दै हाम्राे पार्टी अध्यक्ष प्रचण्डकाे कुशल नेतृत्व र पहलकदमीका कारण एमसिसि परियाेजना सार्वभाैम संसदमा प्रवेश पाउन नसकेकाे बताउनुभयाे । नगर कमिटिद्वारा अगामी कार्ययाेजना तथा कार्यक्रमहरूमा नेकपा माओवादी केन्द्रले नपालगन्जकाे समग्र विकास र जनताका जनजिविकाे साँझा सवालमा सब अन्य राजनैतिक पार्टीहरूसँग सामुहिक...
तिमीसँग हिडेको म्युजिक भिडियोको छायाङकन सम्पन्न

तिमीसँग हिडेको म्युजिक भिडियोको छायाङकन सम्पन्न

आस्था, कला/साहित्य, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १४ मंसिर - चर्चित मोडल सन्जित ओली र चर्चित मोडेल सुनिता दहित सुर्खेतमा तिमीसँग हिडेकोमा व्यस्त रहेका थिए । शनिवार उनीहरु तिमीसँग हिडेको तिमीसँग बोलेको बोलको म्युजिक भिडियोको छायाङ्कनमा व्यस्त रहेको सुटिङ युनिटले जनाएको छ । चर्चित गायक सुनिल धड्कन र मेलिना गुरुङको स्वरमा रहेको बोलको गित तिमीसँग हिडेकोको म्युजिक भिडियोमा सन्जित र सुनिता देखिने भएका हुन् । लामो समय कलाकारिता क्षेत्रमा काम गर्दै आएका सन्जित र सुनिताको यो जोडी तिमीसँग हिडेकोमा पनि देख्न सकिने कलाकार तथा डाइरेक्टर कुन्दन चन्दले जानकारी गराउनुभयो । म्युजिक भिडियोको छायाङकन एकदमै राम्रो भएको सुटिङ युनिटले दावी गरेको छ । केही दिनमै एसके मिडिया युट्युबबाट हेर्न सकिने डाइरेक्टर कुन्दन चन्दले बताउनुभयो । डाइरेक्शन, छायाङकन तथा इडिटिङ्गमा कुन्दन चन्दले साथ दिनुभएको छ भने कलाकार सन्जित ओली, सुनिता दहित र सबिन पौडेलको ति...
एमाले अध्यक्षमा ओलीले दिए उम्मेदवारी

एमाले अध्यक्षमा ओलीले दिए उम्मेदवारी

आस्था, प्रदेश ५, राजनीति, समाचार
प्रस्तावक विष्णु पौडेल, समर्थक शंकर पोखरेलसौराहा, १३ मंसिर - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दसौं महाधिवेशनबाट फेरि अध्यक्ष हुन उम्मेदवारी दर्ता गरेका छन्। आइतबार राति आफूलाई अध्यक्ष राखेर ओलीले प्रस्ताव गरेको पदाधिकारी र केन्द्रीय सदस्यमा उपाध्यक्ष भीम रावलले असहमति राखेपछि ओलीले फेरि अध्यक्ष बन्न चुनाव लड्नु पर्ने भएको हो। ओलीको उम्मेदवारी विष्णु पौडेल प्रस्तावक र शंकर पोखरेल समर्थक रहेका छन्। ओलीले पौडेललाई उपाध्यक्ष र पोखरेललाई महासचिव बनाउन प्रस्ताव गरेका छन्। एमाले उपाध्यक्ष रावलले यसअघि नै अध्यक्षमा उम्मेदवारी दर्ता गरिसकेका छन्।...
चीनले हुम्लामा नेपाली भूमि मिचिएको छ, हामी नबोले को बोल्छ ?

चीनले हुम्लामा नेपाली भूमि मिचिएको छ, हामी नबोले को बोल्छ ?

अपराध, आस्था, प्रदेश ५, बिचार, विचार/अन्तर्वार्ता, समाज
तेजेन्द्र काफ्लेहुम्ला, १३ मंसिर –हुम्लामा चीनले नेपाली भूभाग अतिक्रमण गरेको छ भनेर आवाज उठाउनेमध्ये एक हुन् नेपाली कांग्रेसकी सांसद रङ्गमती शाही । उनी हुम्लाबाट प्रतिनिधिसभा सदस्य हुन् । उनले चीनले सीमा अतिक्रमण गरेको भन्दै स्थलगत छानबीन गर्न माग गर्दै आएकी थिइन् । कांग्रेसकै अर्का नेता तथा कर्णाली प्रदेशसभामा कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले हुम्लामा सीमा अतिक्रमण भएको ठहर गर्दै गत वर्ष पार्टीमा प्रतिवेदन बुझाएका थिए । सांसद रङ्गमतीले पनि सरकारी टोलीबाट स्थलगत अध्ययन गराउन माग गर्दै आएकी थिइन् । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले सीमा अध्ययन कार्यदल गठन गरेर हुम्ला पठायो । उक्त टोली स्थलगत अध्ययन गरेर फर्केको छ । सरकारी टोली अहिले प्रतिवेदन लेखनमा लागेको छ । खबरहबको स्थलगत भिडियोमा पनि नेपाली भूमि मिचिएको देखिन्छ । सांसद रङ्गमतीले चीनले नेपाली भूमिमा ...
जसपाको संगठन शुद्धिकरण तथा जनजागरण अभिमुखीकरण

जसपाको संगठन शुद्धिकरण तथा जनजागरण अभिमुखीकरण

आस्था, प्रदेश ५, राजनीति, समाचार
कृष्णनगर, १३ मंसिर - कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वड़ा नम्बर ११ मा जसपा नेपालको संगठन शुद्धिकरण तथा जनजागरण अभिमुखीकरण अभियान कार्यक्रम सम्पन्न भएको छ । उक्त भेलाबाट वडा स्तरीय वार्ड समितिमा रेखा श्रीवास्तवको अध्यक्षतामा ६८ जनाको समिति, समाजवादी महिला संघ गिल रैदास अध्यक्ष रहने गरि १२ सदस्य र समाजवादी युवा संघ, वार्ड समितिमा राजकुमार चौहानको नेतृत्वमा १७ सदस्या सर्वसम्मत कमिटी गठन भएको छ । कार्यक्रम जीवनलाल श्रीवास्तवको अध्यक्षतामा प्रमुख अतिथि जसपा नेपालको लुम्बिनी प्रदेश प्रवक्ता अकरम पठान, विशिष्ट अतिथिमा जसपा नेपाल प्रदेश सदस्य रामसेवक यादव, जसपा नेपाल कपिलवस्तु जिल्ला कोषाध्यक्ष आरती सिंह यादव, अतिथिमा नगर सचिव जगमोहन बरई, राहुल पांडेय, रोहित यादव, गंगा यादव, नसीम खान, रफीक मिर्ज़ा, सञ्चालन बजरंगी गुप्ता, निखिल पाठक लगायत रहनुभयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि अकरम ...
नेपाली काँग्रेस बाँकेकाे निर्वाचन स्थगित

नेपाली काँग्रेस बाँकेकाे निर्वाचन स्थगित

आस्था, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, १२ मंसिर - नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत हुन गइरहेको बाँके जिल्लाको निर्वाचन स्थगित भएको छ ।जिल्ला निर्वाचन परिचालन समितिका संयोजक एवम् निर्वाचन अधिकृत(वरिष्ठ अधिवक्ता) रेवतीरमण भट्टराईको अध्यक्षतामा आज आइतबार बेलुकी बसेको आकस्मिक बैठकले यस्तो निर्णय गरेको जनाएका छन् । बाँके जिल्लाको जिल्ला स्तरिय निर्वाचन अन्तर्गत  मंसिर १३ गते साेमबारका दिन उम्मेदवारी मनोनयन तथा मंसिर १४ गते मंगलबारका दिन मतदान गर्ने भनि निर्वाचन कार्यतालिका प्रकाशन गरिएकोमा लुम्बिनी प्रदेशको प्रदेश अधिवेशन मंसिर १५ गते बुधबारदेखी प्रारम्भ हुन गइरहेको हुँदा मंसिर १४ गते प्राविधिक एवम अन्य कारणबाट निर्वाचन मतदान/मत गणना सम्पन्न हुन नसकेमा प्रदेश स्तरिय अधिवेशन निर्वाचनमा बाँके जिल्लाका प्रदेश सभा अधिवेशन प्रतिनिधीहरुको सहभागितामा प्रतिकुल प्रभाव पर्न जाने भएकोले केन्द्रिय निर्वाचन समितिको निर्दे...
माओवादी केन्द्र कृष्णनगरको नगर सम्मेलन सम्पन्न

माओवादी केन्द्र कृष्णनगरको नगर सम्मेलन सम्पन्न

आस्था, प्रदेश ५, राजनीति, समाचार
कृष्णनगर, १२ मंसिर - नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कृष्णनगर नगर समिती प्रथम सम्मेलन जावेद आलम खाँको अध्यक्षतामा सम्पन्न भएकाे छ । प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य, लुम्बिनी प्रदेश ईन्चार्ज, पुर्व मन्त्री चक्रपाणि खनाल बलदेव, विशिष्ट अतिथि नेकपा माओवादी केन्द्रका कपिलवस्तु जिल्ला समन्वय समिती अध्यक्ष रामचन्द्र शाह, वाईसीएल कपिलवस्तु ईन्चार्ज शिव बन्जाडे, अतिथीमा कृष्णानगर नगर ईन्चार्ज केशर ओली, प्रतिनिधि मौलाना मशहुद खाँ नेपाली, डॉ अब्दुल गनी अलकुफी, शैख जैस मक्की, मौलाना‌ जाहीद आजाद झण्डानगरी लगायत रहेका थिए । प्रथम सम्मेलन कार्यक्रममा मौलाना मशहुद खाँ नेपालीले उपस्थित प्रमुख विशिष्ट अतिथि तथा कार्यकर्ताहरुलाई फुलमाला लगाई भव्य स्वागत गर्दै कार्यक्रममा आएका सम्पुर्णलाई धन्यवाद व्यक्त गरेका थिए । नगर सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख अतिथी पूर्व मन्...
श्रीमदभागवत महापुराण ज्ञान कथा श्रावण गर्नेको घुईचो

श्रीमदभागवत महापुराण ज्ञान कथा श्रावण गर्नेको घुईचो

अवधी, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
डुडुवा, १२ मसिंर – बाँके डुडुवा गाउँपालिका वार्ड नं. ४ सिधनियामा श्रीमदभागवत महापुराण ज्ञान महायज्ञको आयोजना गरिएको छ । स्थानीय शिवशंकर मिश्रको परिवारद्धारा आयोजित ज्ञान महायज्ञमा संगितमय कथा बाचन समेत भईरहेको छ । महायज्ञमा भारत आयोध्याका व्यास पण्डित श्री तुलसीराम शास्त्री महाराज जीको मुखारविन्दबाट कथा श्रवण भइरहेको छ । गत मसिंर ८ गते शुरु भएको ज्ञान महायज्ञ मसिंर १५ गते समापन हुनेछ । महायज्ञमा मसिंर ७ गते कलश यात्रा, ८ गते कथा प्रारम्भ, ११ गते भगवानको जन्मोत्सव (लावा) र १५ गते पुर्णाहुति एवं ब्राहम्ण भोज तथा भण्डाराको आयोजना गरिएको आयोजक मिश्रले बताउनुभयो । उहाँका अनुसार दैनिक कथा सुन्नका लागि गाउँ आसपासका श्रद्धालुहरुको भिड लाग्ने गर्दछ ।महायज्ञमा व्यास पण्डित तुलसीराम शास्त्रीको साथमा भारत आयोध्याका विकास शास्त्री, बनारसका श्याम धर, नेपालका पण्डित कृष्णबहादुर शास्त्री र ...