Wednesday, June 24सत्यम खबर
Shadow

आस्था

नेपाली काँग्रेसको क्षेत्र नं. २ मा मतदान जारी

नेपाली काँग्रेसको क्षेत्र नं. २ मा मतदान जारी

आस्था, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, १० मंसिर – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत बाँके क्षेत्र नम्बर २ मा आज शुक्रबार मतदान हुने भएको छ । जिल्ला निर्वाचन परिचालन समिति बाँकेको बैठकले उक्त क्षेत्रमा शुक्रबार बिहान ९ बजेदेखी दिउँसो ३ बजेसम्म मतदान सम्पन्न गर्ने निर्णय गरेको जिल्ला निर्वाचन अधिकृत एवम् वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराईले जानकारी दिनुभयो ।क्षेत्र नम्बर २ मा बिहीबारका लागि तय भएको मतदान प्राविधिक कारणले स्थगित गरिएको थियो । क्षेत्र नम्बर १ र ३ मा भने विहिबार नै मतदान सम्पन्न भइसकेको छ । फाईल फोटो क्षेत्र नम्बर १ का मतदान अधिकृत (अधिवक्ता) मेहरसिंह खत्रीका अनुसार उक्त क्षेत्रमा विहिबार बिहान ९ः३० बजेबाट सुरु भएको मतदान बेलुकी ५ः३० बजेसम्म चलेको थियो । कुल ६ सय ५ जना मतदाता रहेको उक्त क्षेत्रमा ६ सय १ मत खसेको छ । उम्मेदवार बीचको सहमतिमा आज शुक्रबार बिहान ८ बजेदेखी कोहलपुरस्थित भेरी सितभण्ड...
लैंङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु

लैंङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १० मंसिर – ‘घरबाटै सुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्ने राष्ट्रिय नाराका साथ लैंङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान बिहीबारबाट शुरु भएको छ ।नेपालगन्जमा पनि १६ दिन बिबिध कार्यक्रम गरेर मनाइएने भएको जनाइएको छ । बाँकेको नेपालगन्जमा भब्य रुपमा मनाउने तयारी गरिएको बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो ।१६ दिने अभियान सञ्चालन गर्न बिहिबार नेपालगन्ज उपमहानगरपालिकाको सभाहलमा मूल समारोह समिति एवं नेपालगन्ज उपमहानगरपालिका नगर कार्यपालिका कार्यालय तथा सम्बन्धित सरोकारवाला निकायहरुले आयोजना गरेको पत्रकार सम्मेलनमा भब्यका साथ मनाउने कार्यतालिका समेत सार्वजनिक गरिएको छ । जस अन्तर्गत बिहीबार बिहान व्यानर प्रदर्शन तथा सेतो रीवन बितरण गरिएको छ । यस्तै साँझ ५ बजे धम्बोझी चोक लगायत अन्य चोकहरुमा दिप प्रज्जवलन गरिएको छ । नेपालगन्जको छहारी भवन श्रद्धानगरमा सामाजिक मनोपरामर्श ...
लक्ष्मीनगरमा इण्डो नेपाल क्रिकेट टूर्नामेंटको उद्धघाटन

लक्ष्मीनगरमा इण्डो नेपाल क्रिकेट टूर्नामेंटको उद्धघाटन

आस्था, खेल, प्रदेश ५, समाचार, समाज
अजय मिश्रा, कृष्णनगर, १० मंसिर – कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ मा विहिबार इण्डो नेपाल क्रिकेट टूर्नामेंटको उद्धघाटन सम्पन्न भएको छ । उक्त टूर्नामेंट उद्धघाटन कार्यक्रम मिर्जा राशिद वेगको अध्यक्षता प्रमुख अतिथिमा ईलाका प्रहरी कार्यालय कृष्णनगर प्रमुख प्रहरी निरिक्षक सुकदेव पौडेल, विशिष्ट अतिथिमा नेकपा एमालेका नेता शिवप्रसाद जयसवाल, जसपा नेपालका लुम्बिनी प्रदेश प्रवक्ता अकरम पठान, अतिथिमा मुशताक अहमद खाँ, नेकपा एमाले कृष्णनगर नगरपालिका वडा नं ३ कमिटी अध्यक्ष साजिद अलि मुसलमान, नेकपा एमाले कृष्णनगर नगर कमिटी अध्यक्ष संदिप मौर्या, उपाध्यक्ष मेहताब आलम, इम्बार्क इन्टरनेशनलका प्रबन्धक मनिराम कहार, दुख्खी मुसलमान, समसुद्दिन, अजय धोबी, अहमद रजा (बब्लू), मतिउल्ला खाँ लगायत रहनुभयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले खेलकूदले व्यक्तिमा एकताको भावना जागृत गरि युवा...
वन तथा वातावरण मंन्त्रीको प्रमुख अतिथ्यमा बृहत् पार्टी प्रवेश कार्यक्रममा आयोजना

वन तथा वातावरण मंन्त्रीको प्रमुख अतिथ्यमा बृहत् पार्टी प्रवेश कार्यक्रममा आयोजना

आस्था, प्रदेश ५, राजनीति, समाचार
मेवालाल यादवरौतहट, १० मंसिर – मंसिर १४ गतेको दिन रौतहटको माधोपुर बजारमा वन तथा वातावरण मंन्त्री रामसहाय यादवको प्रमुख अतिथ्यमा बृहत् पार्टी प्रवेशको कार्यक्रम आयोजना गरिएको छ । माधवनारायन नगरपालिका अन्तर्गत रहेको माधोपुर बजार स्थित जनता समाजवादी पार्टी नेपालको आयोजनामा बृहत् पार्टी प्रवेश कार्यक्रम हुन गईरहेकोमा नेपाल सरकारका वन तथा वातावरण मन्त्री यादव ज्युको कार्यक्रममा बहुसङ्यक उपस्थितका लागि कार्यक्रम भब्यताकासाथ सफल वारे सम्पुर्ण जनसमुदायमा जसपा पार्टीले अब्हान गरेका छन् । बृहत पार्टी प्रवेश तथा ३० औअपांग दिवसको अवसरमा अपाङ्गहरुलाई सहयोग सामग्री बितरण हुने श्रोतले जनाएका छन् ।...
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानकाे दिप प्रज्वलन गरि औपचारिक उद्घाटन

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानकाे दिप प्रज्वलन गरि औपचारिक उद्घाटन

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
अजय मिश्रकृष्णनगर, ९ मंसिर - कपिलवस्तु जिल्लाको कृष्णनगरमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान कृष्णनगरको गोलघरमा दिप प्रज्वलन गरि भब्य रुपमा आज औपचारिक रुपमा उद्घाटन गरिएको छ । “घरबाटै सुरु गरौं, महिला हिंसा अन्त्य गरौं” भन्ने राष्ट्रिय नाराका साथ कृष्णनगर नगरपालिकाको आयोजना तथा माइती नेपाल, आफन्त नेपाल, पि.आर.सि नेपाल, साना हात, सुआहारा दोस्रो, नेपाल प्रहरी लगायत विभिन्न संघ सस्थाहरुको सहकार्य रहेको थियो । कार्यक्रममा कृष्णनगर नगरपालिकाका नि.प्रशासकीय अधिकृत चन्द्रराम चौधरीको अध्यक्षतामा दिप प्रज्व्लन गरि उद्घाटन गरिएको थियो । कार्यक्रममा कृष्णनगर नगरपालिकाका महिला तथा बाल बालिका शाखा प्रमुख थुमा उपाध्याय, विभिन्न संघ उपस्थिती रहेको थियो । कार्यक्रमा शसस्त्र प्रहरी, नेपाल प्रहरिको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा ईश्वरीप्रसाद पौडेलले स्वागत मन्तब्य राख्नु भएको थियो । कार...
खत्री नेतृत्वको उम्मेदवारी दर्ता

खत्री नेतृत्वको उम्मेदवारी दर्ता

आस्था, प्रदेश ५, राजनीति, समाचार
कोहलपुर, ८ मंसिर – नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँकेको क्षेत्र नम्बर १ मा माधवराम खत्री नेतृत्वको प्यानलले आज बुधबार सुरु मै उम्मेदवारी दर्ता गराएको छ । कोहलपुरस्थित भेरी सित भण्डारमा रहेको क्षेत्र नम्बर १ को निर्वाचन स्थलमा पुगेर माधवरामको प्यानलले दिउँसो २ बजेर ३० मिनेटमा उम्मेदवारी दर्ता गराएको कांग्रेस नेता छबिलाल डाँगीले जानकारी दिनुभयो । ‘माधवराम खत्रीको प्यानलले सबैभन्दा अगाडी पुगेर उम्मेदवारी दर्ता गराएको छ,’ उहाँले भन्नुभयो । उम्मेदवारी दर्ता गराउन माधवराम आफ्ना समर्थक नेता तथा कार्यकर्तासहित पुग्नु भएको थियो । सो क्रममा नेता तथा कार्यकर्ताले माधवरामको प्यानललाई हौसला दिएको डाँगीले बताउनु भयो । बाँके जिल्लाभरी संस्थापन पक्षलाई जिताउने कांग्रेसभित्र लहर नै चलेका बेला क्षेत्र नम्बर १ मा पनि संस्थापन पक्षका माधवरामको प्यानललाई जिताउन आम नेता, कार्यकर्ता स...
खजुरा गाउँपालिका वडा नं. ५ र ६ वालविवाह मुक्त घोषणा

खजुरा गाउँपालिका वडा नं. ५ र ६ वालविवाह मुक्त घोषणा

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
खजुरा, ८ मंसिर – खजुरा गाउँपालिका वडा नं. ५ र ६ लाई पनि वालविवाह मुक्त वडा घोषणा गरिएको छ ।बुधवार एक समारोहका वीच दुई वडालाई संयुक्तरुपमा वालविवाह मुक्त वडा घोषणा गरिएको हो । दुबै वडामा गरिएको सर्वेक्षण अनुसार बालविवाहमुक्त वडा घोषणा गर्न मापदण्ड पुगेकाले २ वडालाई बालविवाहमुक्त वडा बनाइएको हो ।बाल विवाहमुक्त घोषणा गर्न २० प्रतिशतभन्दा तल हुनु पर्नेमा खजुरा गाउँपालिका वडा नं. ५ मा ४ दशमलव ५४ प्रतिशत र वडा नं. ६ मा १२ दशमलव ५ प्रतिशत मात्र बालविाह देखिएकाले ती वडालाई घोषणा गरेर कार्यान्वयनको दिशामा अगाडि बढाइएको छ । बालविवाह सम्बन्धी रणनीति जारी, बाल संरक्षण नीति लागू, बालविवाह मुक्त अभियान संचालन निर्देशिका, बाल अधिकार संरक्षण समिति पालिका, वडा र विद्यालय स्तरमा क्रियाशील रहेकोलगायतका मापदण्ड पूरा भएकाले वडालाई बालविवाहमुक्त घोषणा गरिएको हो ।खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षप...
श्री हडियाबाबा आश्रममा श्रीकृष्ण लिलाको श्रवण गर्न श्रद्धालुहरुमा अपील

श्री हडियाबाबा आश्रममा श्रीकृष्ण लिलाको श्रवण गर्न श्रद्धालुहरुमा अपील

अवधी, आस्था, कला/साहित्य, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ८ मंसिर – नेपालगन्ज उपमहानगरपालिकाका भित्र रहेको ऐतिहासिक धार्मिक पर्यटकीय स्थल श्री श्री १००८ हडियाबाबा आश्रममा प्रत्येक वर्ष झैं यसवर्ष पनि भब्य रुपमा मेला आयोजना गरिएको छ । प्रत्येक वर्ष झै मंसिर ५ गते अर्थात मार्ग कृष्णपक्ष द्वितीय र तृतीयको शुभ अवसरमा शुभारम्भ भएको धार्मिक मेला श्री हडियाबाबा आश्रममा आयोध्यबाट आएको टीमद्वारा श्रीकृष्ण लिला मञ्चन मण्डलीमार्फत राती ७ बजेदेखि शुभारम्भ भई १२ बजेसम्म कथा मञ्चन गर्ने गरिन्छ ।श्री श्री १००८ हडियाबाबा आश्रमको विशेषताको कुरा गर्नुपर्दा धेरै रहेको पाईन्छ । तर विशेष रुपमा भन्नुपर्दा नेपाल–भारतका विभिन्न मठमन्दिरबाट साधुसन्तहरुको जमघट हुने गर्दछ । सहभागी साधुसन्तहरुलाई कसैले पनि निम्तो नगरेको भएपनि हडियाबाबाको महिमाले गर्दा प्रत्येक वर्ष साधुसन्तहरुको जमर्को लाग्ने गर्दछ । यसवर्ष पनि आज चौथो दिनसम्म २ सय ५० बढी साधुसन्तहरुको जमघ...
वर्तमान बजेट संरचनाले खेल क्षेत्रको विकास सम्भव छैन : खेलकुद मन्त्री अथक

वर्तमान बजेट संरचनाले खेल क्षेत्रको विकास सम्भव छैन : खेलकुद मन्त्री अथक

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौं, ७ मंसिर - युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले हाल विद्यमान बजेट संरचनाले खेल क्षेत्रको विकास सम्भव नभएको बताउनुभएको छ । सोमबार अन्तर्राष्ट्रिय पदक बिजेता खेलाडी र राष्ट्रिय टिमका खेलाडी बिच भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री अथकले बजेटमा खेल क्षेत्रलाई उपेक्षा गरीएको बताउनु भएको हो । युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा मन्त्रालय कै सभाहलमा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री अथकले मन्त्रालयको स्तर उकास्न अपरिहार्य रहेको बताउनु भयो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई पहिचान गराउने खेलाडी र समग्र खेल क्षेत्रका लागि राज्यले न्युन मात्रामा बजेटको ब्यवस्था गरेको प्रति असन्तुष्टि ब्यक्त गर्दै अथकले बजेटको दायरालाई फराकिलो बनाउनुपर्ने बताउनुभएको हो । खेल क्षेत्र मै आफ्नो उर्जावान समय बिताएका खेलाडीहरुलाई राज्यले उचित ब्यवस्थापन गर्...
चिनियाँ नेताहरुसँग विप्लवले सोधे प्रश्न, माधवले गरे ओलीमाथि कटाक्ष

चिनियाँ नेताहरुसँग विप्लवले सोधे प्रश्न, माधवले गरे ओलीमाथि कटाक्ष

आस्था, प्रदेश ५, राजनीति, समाचार
काठमाण्डौ, ७ मंसिर –चिनियाँ कम्युनिस्ट पार्टीले १९ औँ केन्द्रीय कमिटीको छैटौँ विस्तारित बैठकका निर्णय र संकल्पबारे दक्षिण एसियाका कम्युनिस्ट पार्टीहरूलाई ब्रिफिङ गरेको छ । कार्यक्रममा नेपालका कम्युनिस्ट पार्टीहरूका साथै भारत, बंगलादेश र श्रीलंकाका कम्युनिस्ट पार्टीका शीर्ष नेताहरुको उपस्थिति थियो ।भर्चुअल रुपमा आयोजना गरिएको आजको बैठकमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई पनि आमन्त्रण गरिएको थियो । बैठकमा महासचिव विप्लवले चिनियाँ कम्युनिस्ट पार्टीलाई एकसय वर्ष पूरा गरेकोमा साथै छैटौँ विस्तारित बैठकले लिएका ऐतिहासिक निर्णयका लागि बधाई दिएका थिए । चिनियाँ विशेषतासहितको समाजवादको प्रशंसा गर्दै उनले आफूहरु पनि नेपालमा वैज्ञानिक समाजवादका लागि लडिरहेको जिकिर गर्दै यसका लागि आन्तरिक र वाह्य धेरै चुनौतिहरु रहेको पनि उल्लेख गरेका थिए । अन्त्यमा उनले चिनियाँ नेतालाई कम्यु...