Thursday, April 23सत्यम खबर
Shadow

चीनको सिचुआन तिब्बत रेल परयोजना पूर्ण बाफ निस्किएपछि कामदारहरु त्रसित

तिब्बत, १२ मंसिर – दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तबाट तिब्बतसम्म रेलमार्ग निर्माणको काम अझै पनि चलिरहेको छ। जहाँ पृथ्वीको क्रस्टबाट अत्यधिक गर्मीले काम गर्न असम्भव बनाएको छ।

यसको मार्गको एक महत्त्वपूर्ण अनुपातमा मानिस वा मेशिनहरूले सहन नसक्ने चट्टानबाट टनेलिङमा प्रवेश गर्दा निकै धेरै बाफ निस्किएको छ।

जमिनको तापक्रम ८९ डिग्री सेल्सियससम्म पुगेको यातायात पूर्वाधार परियोजनाले जनाएको छ। जब तिब्बती पठार यूरेशियन प्लेट र भारतीय उपमहाद्वीप बीचको टक्करबाट बनेको थियो, टेक्टोनिक बलले हिमालयलाई जन्म दिएको थियो, माथिल्लो क्रस्ट भित्र ठूलो मात्रामा ताप एकत्रित भएको र सो ताप नै बाहिर निस्किएको जनाइएको छ।

भूमिगत तापका स्रोतका कारण कामदारहरुलाई काम गर्न पनि समस्या भइरहेको छ। अनियमितरुपमा तापकम वृद्धि भएछि मेसिनहरु तताउनका लागि बरफका गोलाहरु ल्याइएको भए पनि त्यसले पनि कुनै काम नगरेको अवस्थाले गर्दा कामदारहरु त्रसित बनेका छन्। करिब ७० वटा टनेलसहित ४० किलोमिटरको क्षेत्रमा निकै समस्या भइरहेको पाइएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *