Thursday, April 23सत्यम खबर
Shadow

नेपाली सेनालाई भारतीय सेनाद्वारा ५ ओटा ट्रक सहयोग

काठमाण्डौ, १० मंसिर – भारतीय सेनाले नेपाली सेनालाई ५ ओटा वर्कसप ट्रक सहयोग गरेको छ । नेपाल–भारत द्विपक्षीय परामर्श समूहको १३औं बैठकमा भएको सहमति अनुसार सेनालाई ती ट्रक बिहीबार हस्तान्तरण गरिएको हो ।

सैनिक मुख्यालयमा आयोजित कार्यक्रममा भारतका सैनिक सहचारी कर्णेल अमित शर्माले हतियार तथा नियन्त्रित उपकरण व्यवस्था निर्देशनालयका निमित्त निर्देशक सहायक रथी कृष्णदेव भट्टलाई वर्कसप ट्रक हस्तान्तरण गरेका हुन् ।

यी ट्रक हातहतियार, लजिस्टक उपकरण तथा सामानहरु बोक्न प्रयोग हुने नेपाली सेनाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *