Wednesday, April 22सत्यम खबर
Shadow

शिवसेना कार्यकर्ता भेला सम्पन्न

डुडुवा, ४ पाैष – नेपाल शिवसेना बाँकेले शनिबार बाँकेको डुडुवा गाउँपालिकामा शिवसेना कार्यकर्ता भेला सम्पन्न गरेकाे छ ।

डुडुवा गाउँपालिकालाई पुन शिवसेनामय बनाउने उद्देश्यले शनिबार डुडुवा वार्ड नं. १ मा पालिका भेला भएको शिवसेना केन्द्रीय अध्यक्ष राजकुमार रोैनियारले जानकारी गराउनु भयो ।

कार्यक्रममा बक्ताहरुले आफ्नो मन्तव्य राख्ने क्रममा अब शिवसेनाका सम्पूर्ण सदस्य र कार्यकर्ताहरुलाई एक सैन्य बनाउने र नेपाललाई पुनः हिन्दु राष्ट्रको लागि सबैजना एकजुट भएर शिवसेनाले नै परिवर्तनको लागि नेपालगन्जबाट आवाज उठाउने र अगाडी बढ्ने बताएका थिए ।

आम नेपालीजनको साथ र सहयाेगमा शिवसेना एक ढिक्का भएर राष्ट्रको निम्ति राष्ट्रवादी र हिन्दुवादी भएर लागेकाे बिगत २६ वर्षदेखि शिवसेना निरन्तर क्रियाशिल रहँदै आएको अध्यक्ष राैनियारले बताउनु भयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *