Tuesday, October 22सत्यम खबर
Shadow

राष्ट्रिय युवा परिषदको उपाध्यक्षमा बस्नेत नियुक्त

काठमाण्डौ, २१ पौष – राष्ट्रिय युवा परिषदको उपाध्यक्षमा सुरेन्द्र बस्नेत नियुक्त हुनुभएको छ । बुधबार बसेको मन्त्रीपरिषदको बैठकले बस्नेतलाई राष्ट्रिय युवा परिषदको उपाध्यक्षमा नियुक्त गरेको हो ।

युवा तथा खेलकुद मन्त्रालयको मातहतमा रहेको परिषदको उपाध्यक्ष नियुक्तीका लागि मन्त्रालयका सचिव डा. दामोदर रेग्मीको नेतृत्वमा ३ सदस्यीय सिफारीस समिति गठन गरीएको थियो । गत पौष १ गते युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले मन्त्रीस्तरीय निर्णयबाट सिफारीस समिति गठन गर्नुभएको थियो । सोही समितिको सिफारीसको आधारमा मन्त्री परिषदको बैठकले बस्नेतलाई उपाध्यक्षमा नियुक्त गरेको हो ।

राष्ट्रिय युवा परिषद ऐन २०७२ को दफा १५ बमोजिम ४ वर्षे कार्यकालका लागि बस्नेतलाई उपाध्यक्षमा नियुक्त गरीएको हो । उपाध्यक्ष पदमा नियुक्तीका लागि १२ जनाले आवेदन दिनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *