Wednesday, June 24सत्यम खबर
Shadow

आस्था

प्रहरीद्वारा मानसिक सन्तुलन ठीक नभएका युवकलाई कूटपिट

प्रहरीद्वारा मानसिक सन्तुलन ठीक नभएका युवकलाई कूटपिट

अपराध, आस्था, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, २४ पाैष - आफुलाई बर्दियाको प्रहरी बताउने दुई जना प्रहरीद्वारा मानसिक सन्तुलन ठीक नभएको युवकलाई हेलमेटले कूटपिट गरेको छन् । नेपालगन्ज उप महानगरपालिक वडा नं. ४ सल्यानी बाग बस्ने वर्ष २४ का मो.अरिफलाई मोटरसाइकल चोरीको आरोपमा कूटपिट गरेका हुन । बिगत ७ वर्षदेखि मानसिक सन्तुलन ठीक नभएका निज अरिफलाई मोटरसाइकलमा बसी हेलमेट लगाएको निहुमा बर्दियाको प्रहरी बताउने २ दुई जनाले हेलमेट टाउकोमा प्रहार गरि कूटपिट गरेका थिए । कूटपिट गर्ने बेलामा ति २ दुईले आफुलाई प्रहरी बताउने मादक पदार्थ सेवन गरेकाे प्रत्यक्षदर्शी टोलवासी बताएका छन् ।...
“अवधी पत्रकारिता स्थापना दिवस”काे तयारीमा तिब्रता

“अवधी पत्रकारिता स्थापना दिवस”काे तयारीमा तिब्रता

अवधी, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २४ पाैष - मधेश मिडिया मिशन नेपाल बाँके शाखाले "अवधी पत्रकारिता स्थापना दिवस" भब्य र सभ्य तवरले सम्पन्न गर्ने तयारीमा तिब्रता दिंदै जिल्लाका अवधी भाषी जानकारहरूसित छलफल तथा अन्तर्किया गर्ने भएकाे छ । बाँके शाखाले आज शनिबार जिल्ला कमिटीको बैठक बसी "अवधि पत्रकारिता स्थापना दिवस" मनाउने बारेमा विस्तृत चर्चा गर्दै अगामी कार्यक्रम गर्नु पुर्व यहाँ रहेका अवधी जानकारीहरू बीचबाट आएकाे सुझाव अनुसार कार्ययाेजना बनाई स्थापना दिवसकाे घाेषणा गर्ने निर्णय गरेकाे शाखा सचिव सन्ध्य शर्माले जानकारी गराउनु भएकाे छ । सचिव शर्माका अनुसार छलफल तथा अन्तर्किया कार्यक्रम माघ महिनाकाे दाेस्राे सातामा गर्ने निर्णय भएकाे बताउनु भयाे । बाँके शाखा अध्यक्ष चन्द्रेश्वरराज त्रिपाठीको अध्यक्षतामा सम्पन्न बैठकमा उपाध्यक्ष मनोज कौशल, सचिव सन्ध्या शर्मा, कोषाध्यक्ष चन्दा सिंह, सदस्यहरु सकिल अहमद राई, उमेशना...
युवा क्लबको बिदाई तथा सम्मान कार्यक्रम सम्पन्न

युवा क्लबको बिदाई तथा सम्मान कार्यक्रम सम्पन्न

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २४ पौष – जन कल्याण युवा क्लब सुर्जीगाउँले बिदाई, सम्मान तथा प्रमाण बितरण कार्यक्रम आज शनिवार सम्पन्न गरेको छ ।नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.–१९ बसुदेवपुरको सुर्जीगाउँमा रहेको जन कल्याण युवा क्लबका उपाध्यक्ष दिपेन्द्र जायसवालको अध्यक्षतामा नेपाल शिव सेना केन्द्रिय अध्यक्ष राजकुमार रौनियारको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा क्लबका २० जनालाई सदस्यता प्रमाण पत्र बितरण गरिएको थियो । सो कार्यक्रममा क्लबको बिधान अनुसार ४० वर्ष नाघेकालाई बिदाई गर्नुपर्ने भएकोले क्लबका रंजीतकुमार बैश्य र सहसचिव बेदप्रकाश जायसवाललाई गम्छा ओढाएर, अबीर लगाई प्रमाण पत्र प्रदान गर्दै प्रमुख अतिथि राजकुमार रौनियार र क्लबका सल्लाहकार सोहनलाल वर्मा बिदाई गर्नु भएको थियो । यसरीे कार्यक्रममा नयाँ सदस्य शोभाश्री बिश्वकर्मा, चन्द्रप्रकाश जायसवाल, मुना राना क्षेत्री लगायतलाई गम्छा र अबीर लगा...
चीन प्रायोजित आयोजनाको स्थानीयद्वारा विराेध

चीन प्रायोजित आयोजनाको स्थानीयद्वारा विराेध

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, समाचार, समाज
काठमाण्डाै, २४ पाैष - प्रधानमन्त्री केपी शर्मा ओलीको गृह क्षेत्र झापा–५ मा रहेको चिनियाँ लगानीको आयोजनालाई पारदर्शी बनाउन र अधिग्रहण गरिएको जग्गाको उचित मुआब्जा दिनुपर्ने माग गर्दै दमक नगरपालिकामा चीन प्रायोजित दमक क्लिन इन्डस्ट्रियल पार्क विरुद्ध स्थानीयले विरोध प्रदर्शन गरेका छन् । मंगलबार संघीय लोकतान्त्रिक राष्ट्रिय फोरमको अङ्ग संघीय लिम्बुवान फोरमले पनि यस्तै एक प्रदर्शन गरेको थियो । यसले आदिवासी जनजाति र समाजका अन्य सीमान्तकृत वर्गका झण्डै ५ हजार आन्दोलनकारीलाई आकर्षित गरेको थियो।संघीय लोकतान्त्रिक राष्ट्रिय फोरमका अध्यक्षकुमार लिङ्देनले दमक सफा औद्योगिक पार्क क्षेत्रमा वर्षौंदेखि सरकारी जग्गामा बसोबास गर्दै आएका १५० घरधुरीले विरोध प्रदर्शन गरेको बताए । सरकारले मुआब्जा दिएको छैन । “प्रस्तावित औद्योगिक पार्कले हजारौं रोजगारी सृजना गर्ने सरकारको भनाइ छ, तर हजारौं स्थानीयले आफ्...
बेतहनी स्वास्थ्य चौकी जग्गादाताको प्रतिमा अनवरण

बेतहनी स्वास्थ्य चौकी जग्गादाताको प्रतिमा अनवरण

अवधी, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
डुडुवा, २४ पौष – बाँके डुडुवा गाउँपालिका वार्ड नं. २ स्थित बेतहानी स्वास्थ्य चौकी भवन निर्माणका लागि जग्गादाताको नवनिर्मित प्रतिमाको अनावरण गरिएको छ ।वार्ड नंं २ बेतहानी निवासी भुतपुर्व प्रधान स्वर्गिय विष्णुप्रसाद चौधरी र श्रीमती लिलावती चौधरीले स्वास्थ्य चौकी भवन निमार्णका लागि विक्रम सम्मत २०६५ सालमा सात कठ्ठा जग्गा दान गर्नुभएको थियो । जग्गा प्राप्त भएपछि नेपाल सरकारले आर्थिक वर्ष २०७३÷०७४ मा सुविधा सम्पन्न भवन निर्माण गरेको थियो । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले शुक्रबार एक कार्यक्रमका विच जग्गादाताको प्रतिमा अनवरण गर्दै उहाँले स्वास्थ्य जस्तो सम्बेदनशिल सेवाका लागि गरेको महादानी जग्गादाताको सम्मानका लागि प्रतिमा स्थापना गरेको बताउनुभयो । उहाँले यो लाखौ मुल्य पर्ने ठुलो दानले यस क्षेत्रका नागरिकहरुलाई स्वास्थ्य सेवा लिनबाट सहयोग पुगेको भन्दै समाजसेवा गर्नेहरुको सम्झनाक...
मासिक गजल गोष्ठी सम्पन्न

मासिक गजल गोष्ठी सम्पन्न

अवधी, आस्था, कला/साहित्य, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, २४ पौष – हरेक महिनाको अन्तिम शनिवार जस्तै नेपालगन्जमा रहेका उर्दू साहित्यकारद्वारा मासिक गजल गोष्ठी सम्पन्न भएको छ ।नेपालगन्जको महेन्द्र पुस्तकालयमा आज शनिवार सम्पन्न गुल्जार–ए–अदब बाँकेद्वारा आयोजित उर्दू साहित्यकारहरुले गजल वाचन गरेका थिए । आदिल सर्वर नेपालीको अध्यक्षतामा सम्पन्न भएको गजल गोष्ठी नेपालगन्जका उर्दू साहित्यकार तथा ईमाम अहमद बिन हम्बल विकास केन्द्रका मौलाना अन्सर नेपालीले गजल कार्यक्रम सञ्चालन गरेका थिए ।सो गजल गोष्ठी कार्यक्रममा गुल्जार–ए–अदब बाँकेका अध्यक्ष हाजी अब्दुल लतीफ शौक, अवधी साँस्कृतिक बिकास परिष्दका अध्यक्ष सच्चिदानन्नद चौवे, सैय्यद असफाक रसूल हाशमी, सचिव मोहम्मद मुस्तफा अहसन कुरैशी, अन्सर नेपाली, मेराज अहमद (हिमाल), अव्दुल हमीद सिद्दीकी (भोला), इस्माइल अन्सारी, आदिल सर्वर नेपाली, जमील अहमद हाशमी, मोहम्मद यूसुफ आरफी, लगायतले “तुम जब गये शाँम झलक...
शनिबारदेखी नेपालगन्जमा नकआउट फुटबल हुँदै

शनिबारदेखी नेपालगन्जमा नकआउट फुटबल हुँदै

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, २३ पाैष - बाँके जिल्ला फुटबल संघको आयोजनामा शनिबारदेखी नेपालगन्जमा बाँके जिल्लाव्यापी नकआउट फुटबल प्रतियोगिता सुरु हुने भएको छ । नेपालगन्ज रंगशालामा हुने प्रतियोगिता पुसको २७ गतेसम्म चल्नेछ । प्रतियोगितामा बाँकेका ५ क्लबले प्रतिस्पर्धा गर्ने बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले बताए । प्रतियोगिताको समुह ‘ए’ मा रोयल नेपालगन्ज फुटबल क्लब र सिटी युथ क्लब रहेका छन भने समुह ‘बी’ मा नेपालगन्ज–११, एफसी संघारी र सिद्धार्थ युथ क्लब रहेका छन । समुह ए र बी को विजेताले फाइनलमा प्रतिस्पर्धा गर्नेछन । नेपालगन्ज रंगशालामा हुने प्रतियोगिताको पहिलो दिन दुइ वटा खेल हुने फुटबल प्रशिक्षक सानु तामाङले बताए । पहिलो खेलमा रोयल नेपालगन्ज र सिटी युथ बिच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेल एफसी संघारी र नेपालगन्ज–११ बिच हुनेछ । यसैगरी आईतबार पुस २५ गते सिद्धार्थ युथ क्लबले एफसी संघारी र...
चिनियाँ ऋणले संकटमा फस्दै श्रीलंका

चिनियाँ ऋणले संकटमा फस्दै श्रीलंका

आर्थिक, आस्था, प्रदेश ५, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २३ पौष– चीनको ‘पब्लिक इन्भेस्टमेन्ट प्रोजेक्ट’ ऋणी देशका लागि मन्द विष बनेको छ ।ऋण लिने देशका लागि सुरुवाती दिनमा एकदमै मीठो लागे पनि बिस्तारै यसले त्यहाँको अर्थतन्त्र तहसनहस पारेका दृष्टान्त धेरै पाउन सकिन्छ ।सन् २०१७ मा श्रीलङ्काको हम्बन्टोटा बन्दरगाह ९९ वर्षका लागि चीनलाई उपलब्ध गराइएको थियो । यो बन्दरगाह १.१२ अर्ब अमेरिकी डलरमा दिइएको हो । एक दशकअघि चिनियाँ ऋणका कारण सङ्कटबाट गुज्रिएको श्रीलङ्का यसरी मारमा परेको छ कि, आफ्नो सम्पत्ति दिएर पनि सहजै पार पाउन नसक्ने चङ्गुलमा फसिसकेको छ ।चीनको सुरुवाती सम्झौतापछि श्रीलङ्काको विश्वव्यापी आलोचना भएको थियो । अहिले त्यहाँका नागरिकले यसको असर भोगिरहेका छन् । एकातिर राष्ट्रिय स्वाधीनतामा आँच आएको महसुस त्यहाँका नागरिकलाई भएको छ भने अर्कातिर हरेक सम्झौताको चिनियाँ पक्षले पूर्ण रूपमा लाभ लिएको छ । प्रशान्त महासागरीय क्षेत्रमा ...
नेपाल–भारत सीमा महाकाली नदीमा पुल बनाउन सहमत

नेपाल–भारत सीमा महाकाली नदीमा पुल बनाउन सहमत

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २३ पौष भारत सरकार दार्चुलाको नेपाल–भारत सीमामा पर्ने महाकाली नदीमा पुल बनाउन सहमत भएको छ । लामो समयदेखि पुल बनाउन आग्रह गरे पनि भारतले मानेको थिएन ।तर प्रधानमन्त्री देउवाको कुटनीतिक कौशलताका सामु भारत मान्न तयार भएको छ । भारतको मन्त्रिपरिषद् बैठकले बिहीबार पुल बनाउन अनुमति दिएको विदेशमन्त्री एस जयशंकरले ट्वीटमार्फत जानकारी दिएका छन् । ‘यो एउटा महत्त्वपूर्ण कदम हो, यसले हाम्रो मित्रवत् सम्बन्धलाई थप गहिरो बनाउनेछ,’ जयशंकरले ट्वीटमा उल्लेख गरेका छन् । महाकालीमा पुल नहुँदा सीमा वारपार गर्न समस्या छ । दार्चुलाका बासिन्दाले नेपालबाट नेपालकै भूमि आउन पनि तुइनको भर पर्नु परिरहेको छ । अब भने नेपाली नागरिकले सहजै भारत आउन जान पाउनेछन् । सास्ती हट्नेछ । पुलको निर्माण आगामी ३ वर्षमा पूरा हुने बताइएको छ । पुलबाट भारतको उत्तराखण्ड र नेपालका बासिन्दालाई लाभ पुग्नेछ । दुई देशबीचको व्याप...
अवधी भाषा साहित्य र साहित्यकार : साक्षातकार

अवधी भाषा साहित्य र साहित्यकार : साक्षातकार

अवधी, आस्था, कला/साहित्य, प्रदेश ५, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, २२ पौष – साहित्य क्षेत्रमा अवधी भाषी साहित्यकारहरुको खासै विकास नभए पनि हुनुपर्ने धेरै साहित्यका गतिविधि कार्यान्वयन भएका छन् । यस अवधी साहित्यमा यसक्षेत्रमा धेरै साहित्यकारहरु रहेका छन् । वरिष्ठ साहित्यकार सच्चिदानन्द चौबेले धेरै एतिहासिक पुस्तकहरु अवधी भाषामा अनुबाद गर्नु भएको छ । https://www.youtube.com/watch?v=CfEMUHTAF5I थुपै पुस्तकहरु अनुबाद गर्ने क्रममा समेत रहेको छ । तर आर्थिक अभावले गर्दा उनी त्यत्तिकै दराजमा थन्किएका छन् । त्यसका तर्फ यहाँका साहित्य प्रेमीहरुले पहलकदम गर्नुपर्ने देखिन्छ । समयमा त्यस खाले एतिहासिक दस्ताबेजलाई अवधी भाषामा अनुबाद गर्न सके आउने पिढिले सम्झने छन् जस्तो भनाई राख्दै वरिष्ठ कथाकार, साहित्यकार सनदकुमार रेग्मी...