Tuesday, February 3सत्यम खबर
Shadow

चीनले ताईवान माथि आक्रमण गरे जापान र अमेरीकाको संयुक्त सेनाले कडा प्रतिरोध गर्ने

नेपालगन्ज, २० पौष – विस्तारवादी नीति राखेको चीनले ताईवानमाथि आक्रमण गर्ने तयारी गी रहेकोले जापान र अमेरिकाको संयुक्त सेनाले त्यसको कडा प्रतिरोध गर्ने तयारीमा जुटेको छ ।
चीन अगामी केही समयमा ताईवान माथि आक्रमण गर्ने तयारीमा लागेको देखिन्छ । चीनको यस आक्रमणलाई विफल पार्न अमेरिका, जापान र ताईवान मिलेर आपसी सैन्य गठबन्धन गरेका छन् ।

फोटोः गुगल


यस बीच चीन र जापानको बीच काकु दीप समूहको विषय लिएर मतभिन्नता छ । कारण यो छ कि जापानको शेन्काकु दीप समूहमाथि चीनले यो दीप हाम्रो हो भनेर दाबी गरेको छ । यसमा त्यसले शेन्काकु दीप समूह आफ्नो रहेको नक्सा समेत सार्वजनिक पनि गरेको छ । तर जापानले यो नक्सा फर्जी रहेको भन्दै त्यस दीपबाट हट्न चाहेको छैन । जसको कारण एक तर्फ ताईवान र अर्को तर्फ जापानसँग चीनको शत्रुता बढिरहेको छ । ताईवान, जापानको शत्रुता चीनसँग बढेपछि अमेरिका यस विवादमा हाम फालेको छ । अमेरिकाले आफ्नो मिनि कमाण्डो यस क्षेत्रमा तैनाथ गरिसकेकोले चीन यसबाट आतंकित बनेको छ र ठूलो रणनीति बनाई आक्रमण गर्ने मनसाय बनाएका छ ।
चीनको आक्रमकतालाई निस्तेज पार्न यी तीन वटै देशका सेना सचेत र सजग भईसकेका छन् । अब चीनले जापान वा ताईवान माथि आक्रमण गरे त्यसलाई यसको ठूलो नोक्सानी झेल्नुपर्ने छ । अमेरिका, जापान र ताईवानका सेना विभिन्न स्थानमा तैनाथ रही चीनसँग युद्ध लड्ने रणनीति बनाई सकेका छन् । चीनसँग मुकाबला गर्न भारी मात्रामा घातक सैन्य सामाग्री तैनाथ गरिएको छ । अमेरिका भने यही सम्म रुक्ने भएको छैन । बरु यी दीप समूहमा साझा सैन्य अभ्यास पनि चलाएको छ । जसमा वायु, जल, थल तीन वटै सेना छन् । चीन यी तीन वटै देशसँग एक्लै मुकाबला गर्न सक्दैन । यो कुरा बुझी सकेको छ । कारण के छ भने चीनले देखावटी रुपमा घातक लडाकु बिमान, क्षेप्यास्त्र त निर्माण गरिसकेको छ तर यी सैन्य सामाग्री क्षमताको छैन । यसकारण त्यो युद्धसँग पाईला पछाडी सारीरहेको छ । यसको उदाहरण छ भारतको लद्दाख क्षेत्रको गलवान घाटीमा जब त्यसले खुट्टा अगाडी बढायो त्यस समय भारतीय सेनाले गरेको जवाफी कार्वाहीमा चीनको ३ सय भन्दा बढी सैनिक मारिए । भारतीय सैनिक अति कम संख्यामा बिरगतिको प्राप्ती भए ।
यस बीच चीनले आफ्नो पराजयको ढाकछोप गर्न लुकिछिपी ढंगले आफ्नो सैनिकको अन्तिम संस्कार गरेयो । पछि भारी चिसोको कारणले पनि धेरै चिनियाँ सैनिकको मृत्यु भयो । यसरी चीनले अहिले भारतसँग सीमामा शान्तिको वातावरण बनाउन आग्रह गरिरहेको छ । चीनमा दुईवटा सन्तान जन्माउने नियम रहेकोले त्यसलाई बुडो देशको संज्ञा दिएको छ । यता भारतमा त्यस्तो नियम अहिलेसम्म नरहेकोले त्यसलाई यंग इण्डिया भन्ने गरिन्छ । भारतसँग हिमाल पहाडमा युद्ध गर्ने सिपालू सैनिक छन् । उनी कडा चिसोमा हिमालको श्रृखलामा चढेर युद्ध लड्ने कुरामा सिपालू छन् । चीनसँग यति क्षमता राखने सैनिक छैनन् । परिवारमा दुई छोरा रहनुको कारण चीनका व्यक्ति आफ्नो छोराहरुलाई युद्धमा गुमाउन चाहांदैनन् । यसकारण चीन एउटा कातर देश रहेको छ ।
अहिले अमेरिका, ताईवान र जापानले चीनसँग युद्ध छेडे भारत भने मुखदर्शक भएर बस्दैन । मौका पाउँदै त्यो पनि यस युद्धमा आवश्य नै हाम फाल्ने छ । भारत भनेको महाशक्ति अब बनिसकेको छ । त्यसले एक्लै चीनलाई ठीक पार्ने क्षमता राख्छ । चारवटै देशसँग युद्ध गरे चीन बर्बाद हुनेछ । यति खतरा रहेपनि चीनको विस्तारवादी नीति कहाँ रुक्नेवाला छ । त्यो मौका पाउँदै नै कुनै न कुनै छिमेकी देशको जमिन खोस्न सोच्छ । यो कुरा सम्पूर्ण विश्वलाई थाहा भईसकेको छ । यसकारण त्यसको कुटिल नीतिलाई सबैले नै बुझ्छन् । चीन जापानको शेन्काकु, ओकिनावा, नानसेई, कुनासी, इतुरुप, ऊरुप, ब्रोउताना, माचिपी, केतोए, मातुवा, एकापा, पीमुशी, ओनेकाता, रियुक्यू, जस्तो दीप समूह माथि कब्जा जमाउने आफ्नो कुदृष्टि राखेको छ । जापानले चीनलाई कडा शब्दमा भनिसकेको छ कि चीनले यहाँ आफ्नो गलत ढंगले पाईला टेक्ने प्रयास गरे यसको कडा मुकावला गरिने छ । यसकारण सो दीप समूहहरु चीनको कारण अहिले अशान्त बनेका छन् ।
यसै प्रकार त्यसले भारतको अरुणाञ्जल प्रदेश माथि पनि आफ्नो दाबी गर्दै त्यसमाथि कब्जा गर्ने प्रयास विगत दिनदेखि गर्दै आएको छ । दशकौं अघि त्यसले कसरी तिब्बत माथि कब्जा गरेको थियो । यसको इतिहास विश्व सामु छ । चीनले अरुको जमिन खोस्ने प्रयास आफ्नो जारी राखे त्यसको खराब दिन अब अति नै नजिक छ । अन्ततः त्यसलाई यसको नराम्रो परिणाम भोग्नु नै पर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *