Wednesday, June 24सत्यम खबर
Shadow

आस्था

कोरोना र बाघ आतंकले भुँवर भवानी माघी मेला अन्यौल, जिल्ला प्रशासनले दिएन अनुमति

कोरोना र बाघ आतंकले भुँवर भवानी माघी मेला अन्यौल, जिल्ला प्रशासनले दिएन अनुमति

आस्था, कला/साहित्य, धार्मिक, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २६ पाैष - बढ्दो कोरोना संक्रमण र बाघ आतंकको कारण राप्ती सोनारी ३ मा माघीको अवसरमा लाग्ने मेला अन्यौलमा परेको छ । नेपालगन्जमा शनिवार अहिलेसम्म कै धेरै कोरोना संक्रमित फेला परे, बढ्दो कोरोना संक्रमणलाई मध्य नजर गर्दै देश भरीका स्कुल बन्द गर्न भनिएको छ । राज्यले भिडभाड नगर्ने भनेको छ भने एकातिर राप्ती सोनारीमा बाघ आतंक मच्चिएको छ । बाघ आतंक र कोरोना कहरलाई बेवास्ता गर्दै भुँवर भवानी मेलाको तयारी जारी छ । बाघले विभिन्न स्थानमा गरी राप्ती सोनारी क्षेत्रमा मात्रै ४ जनाको ज्यान लिइसकेको छ । जंगलको बिचमा रहेको भुँवर भवानी मन्दिर परिसरमा राती लाग्ने मेलाले जन मानसमा त्रास पैदा गरेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले मेला बारे आफुलाई कुनै जानकारी नभएको र मेला बारे अनुमती दिन गाह्रो रहेको जानकारी गराएका छन् । पत्रकारसँगको कुराकानीमा उनले भने माथीबाट आदेश आउने व...
‘दलितमाथि अत्याचार नरोकिए आन्दोलन गर्ने चेतावनी’

‘दलितमाथि अत्याचार नरोकिए आन्दोलन गर्ने चेतावनी’

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
दाङ, २६ पौष – दाङको घोराहीमा गैरदलित बाहुन क्षेत्रीहरुको सहभागीतामा राष्ट्रिय दलित मुक्ति जागरण अभियानको जागरण आमसभा सम्पन्न भएको छ ।जागरण अभियानका पश्चिम संयोजक खगेन्द्र सुनारले दलितहरुमाथिको अत्याचार नरोकिए दलित आन्दोलनले जस्तोसुकै मूल्य चुकाउन अब पछि नहट्ने चेतावनी दिएका छन् । अभियानका पुर्वी संयोजक राजेश विद्रोहीले ७२ वर्षको लोकतान्त्रिक अभ्यासको इतिहासमा पटक–पटकको परिवर्तनको इतिहासमा दलितलाई दयनीय बनाएका वर्ग र समुदायले नै नेतृत्व गरेकोमा आपत्ति जनाए । उनले अबको संघीय लोकतान्त्रिक गणतान्त्रिक युग दलितहरूको भएको जिकिर समेत गरे । जागरण अभियानका दाङ जिल्ला संयोजक केशव नेपालीको अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख अतिथि पश्चिम संयोजक खगेन्द्र सुनार र विशिष्ट अतिथि पूर्वी संयोजक राजेश विद्रोही रहेका थिए । कार्यक्रमको उदघोषक गैरदलित समुदायबाट सशक्त समाजिक अभियनता विष्णु देवकोटाले गर...
नेपालगन्ज स्र्पोटिङ क्लब फाइनलमा

नेपालगन्ज स्र्पोटिङ क्लब फाइनलमा

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, २६ पौष – नेपालगन्ज स्र्पोटिङ क्लब बाँके जिल्लाव्यापी नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।आईतबार नेपालगन्ज रंगशालामा भएको खेलमा नेपालगन्ज स्र्पोटिङ क्लबले सिद्धार्थ युथ स्पोर्टस क्लब कोहलपुरलाई २–० ले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो । नेपालगन्ज रंगशालामा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर बैकल्पिक खेलाडी बिभुसन केसीको सहयोगमा विकास पुनले ६३औं मिनेटमा गोल गर्दै नेपालगन्ज स्र्पोटिङ क्लबलाई अग्रता दिलाएका थिए । खेलको ७७औं मिनेटमा बिभुसनले नैं गोल गर्दै नेपालगन्जको अग्रतालाई दोब्बर बनाएका थिए । अब नेपालगन्जले मंगलबार रोयल नेपालगन्ज फुटबल क्लबसँग प्रतियोगिताको फाइनलमा प्रतिस्पर्धा गर्नेछ । बाँके जिल्ला फुटबल संघको आयोजनामा शनिबारदेखी सुरु भएको प्रतियोगितामा बाँकेका ५ क्लबले भाग लिएका छन् । प्रतियोगिता पौषको २७ गतेसम्म चल्ने बाँके जिल्ल...
बृद्धबृद्धाहरुको निःशुल्क स्वास्थ चेकजाँच

बृद्धबृद्धाहरुको निःशुल्क स्वास्थ चेकजाँच

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काभ्रे, २६ पौष – लायन्स क्लबर भोमी अस्पतालको संयुक्त आयोजनामा काभ्रेको पनौति नगरपालिका वार्ड नं. १० खोपासी स्थित रहेको साहारा जेष्ठ नागरिक समाजमा रहेका ९५ जना बृद्धबृद्धाहरुको निःशुल्क स्वास्थ चेकजाँच गरिएको छ ।बि.सं. २०७० सालामा स्थापना भएको उक्त संस्थामा ६० वर्षभन्दा माथिका बृद्धबृद्धाहरु रहेका छन् । उक्त समाजमा रहेका बृद्धबृद्धाहरुको जनरल चेकअप, सुगर जाँच, फिजियोथेरापी परामर्श, ब्लड प्रेसर, पिसाब जाँच र निःशुल्क इसीजिको चेक जाँच गरिएको छ । लायन्स क्लब काठमाण्डौं र भोमी अस्पतालको सहकार्यमा सम्पन्न भएको निःशुल्क स्वास्थ्य शिविरमा ९५ जनाको स्वास्थ्य चेकजाँच गरिएको छ । दैनिक रुपमा भजन किर्तन गरेर मनोरञ्जनात्क कार्य गर्ने गरिएको साहारा जेष्ठ नागरिक समाजका महासचिव भुषणकुमार श्रेष्ठले जानकारी गराएका छन् । साथै जन्मदिन र बैवाहिक जीवनमा बाँधिएको अवसरमा पनि त्यहाँ कार्यक्रम मनाउने गरिएको ब...
गौडेल समूहद्वारा मतदाता भेटघाटमा तिब्रता

गौडेल समूहद्वारा मतदाता भेटघाटमा तिब्रता

आस्था, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, २६ पौष – नेपाली काँग्रेस बाँकेको सभापति पदका उम्मेदवार नारायणप्रसाद गौडेल समूहले भेटघाट जारी नै राखेको छ । माघ १५ गते हुने जिल्ला अधिवेशनका लागि गौडेलको नेतृत्वमा घोषित उम्मेदवारहरुको टोलीले आईतबार बैजनाथ क्षेत्रका मतदाताहरुलाई भेटेको छ । बैजनाथ गाउँपालिकाको वडा नम्बर २, ३ र ४ का क्षेत्रीय प्रतिनिधिहरुसँग भेटघाट गरेर सहयोगका लागि आग्रह गरेको गौडेल समूहको सचिवालय संयोजक तथा लुम्बिनी प्रदेश कमिटी सदस्य टेकनारायण भुषालले बताए ।सभापतिका उम्मेदवार गौडेल, उपसभापतिका उम्मेदवारद्वय गोपालप्रसाद अधिकारी र राजकुमार मौर्य, सचिवका उम्मेदवारद्वय सुधांशु कोइराला र टंकप्रसाद काफ्ले (आशिष) तथा सहसचिवका उम्मेदवारहरु रेण सिंह ठाकुर र विश्वराज लम्साल लगायत सदस्य पदका केही उम्मेदवारहरु पनि भेटघाटका लागि पुगेको थिए ।“भेटघाटका क्रममा मतदाताहरुबाट पाइरहेको ‘रेस्पोन्स’ले हामीलाई उत्साहित बनाएको छ...
दृष्टिबिहिन बिधार्थीहरूलाई गिफ्ट ह्याम्पर तथा मास्क वितरण

दृष्टिबिहिन बिधार्थीहरूलाई गिफ्ट ह्याम्पर तथा मास्क वितरण

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २५ पाैष - १४३ औ मेल्भीन जोन जन्मजयन्तीको अवसरमा सप्ताह व्यापी कार्यक्रम अन्तर्गत आज आईतबार दृष्टिबिहिन छात्राबासका दृष्टिविहीन विद्यार्थीहरूलाई गिफ्ट ह्याम्पर तथा मास्क वितरण गरिएकाे छ । लायन्स क्लब अफ नेपालगन्ज पञ्चशील तथा पिएनएलएफ क्लबको संयुक्त आयोजनामा लायन्सका जन्मदाता मेलविन जोन्स को १४३ औं जन्मदिनको अवसरमा सप्ताह ब्यापी कार्यक्रम अन्तर्गत आज नेपालगन्ज वार्ड नं. १३ बुलबुलिया स्थित दृष्टिविहीन छात्रावासमा रहेका ३५ जना दृष्टिविहीन विद्यार्थीहरूलाई गिफ्ट ह्याम्पर तथा मास्क वितरण गरिएकाे पञ्चशीलका अध्यक्ष भावना सापकाेटाले जानकारी गराउनु भएकाे छ । अध्यक्ष सापकाेटाका अनुसार सामाजिक सेवाको एक शताब्दी वर्ष पुरा भएकाे अवसरमा अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लब इन्टरनेशल नेपालमा स्थापना भएको पनि ५० वर्ष भई सकेको हुँदा लायन्स क्लबहरूले साप्ताह ब्यापी कार्यक्रम गर्न लागेक...
साप्ताह ब्यापी रुपमा मेल्भिन जोनको जन्मोत्सव मनाउँदै

साप्ताह ब्यापी रुपमा मेल्भिन जोनको जन्मोत्सव मनाउँदै

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २५ पाैष - १४३ औ मेल्भीन जोन जन्मजयन्तीको अवसरमा सप्ताह व्यापी कार्यक्रम आयोजना गरिने आज एक कार्यक्रमका बीच जानकारी गराईएकाे छ । लायन्स क्लब इन्टरनेशल नेपाल डिष्ट्रिक ३२५ बि टु नेपाल एरिया नं. ६ बाँके र बर्दियाको आयोजनामा विभिन्न कार्यक्रमको आयोजना गरिने भएकाे छ । सामाजिक सेवाको एक शताब्दी वर्ष पुरा गरिसकेको अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लब इन्टरनेशल नेपालमा स्थापना भएको पनि ५० वर्ष भई सकेको छ । सामाजिक कार्यमा अग्रिणी संस्थाको रुपमा नेपाल भरी आपतकालिन अवस्थामा तत्काल सहयोग लगायत शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सक्रिय संस्थाको रुपमा परिचित छ । देशभरि झण्डै २ हजार क्लब र ५० हजारभन्दा बढी सदस्यहरु यस संस्थाका संस्थापक मेल्भीन जोनको १४३ औ जन्मउत्सव सप्ताह व्यापी रुपमा मनाउने उद्देश्य रहेको आईतवार नेपालगन्जमा पत्रकार सम्मेलन गरि जानकारी गराएको छ । पौष २४ गते शनिव...
लायन्स क्लबद्वारा निशुल्क आँखा जाँच शिविर सम्पन्न

लायन्स क्लबद्वारा निशुल्क आँखा जाँच शिविर सम्पन्न

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
अजय मिश्रकृष्णनगर, २५ पाैष - कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १ स्थित उद्योग वाणिज्य संघ कृष्णनगरमा लायन्स कल्ब अफ कृष्णनगरले निशुल्क आँखा शिविर सम्पन्न गरेकाे छ । आँखा जाँच शिविर लायन्स कल्ब अफ कृष्णनगर अध्यक्ष श्यामकुमार मिश्रको अध्यक्षतामा कार्यक्रम सम्पन्न गरेको छ । जसको सहआयोजकमा लुम्बिनी आई इन्स्टिट्यूट श्री रणम्बिका शाह आँखा अस्पताल शाखा कृष्णनगरको संयुक्त आयोजना रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि रजतप्रताप शाह विशिष्ट अतिथि लायन्स रिजन चेयर पर्शन लायन ओमकार अचार्य, डिस्ट्रिक्टका दिपक श्रेष्ठ रहनुभयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा वडाध्यक्ष संजय गुप्ताले कार्यक्रम सफलताको कामना गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका कैम्प चेयरमैन तथा को चिप डिस्ट्रिक्ट एडवाइज दिनेशचन्द गुप्ताले निशुल्क आँखा शिविर चौबीस बर्षदेखि निरन्तर सामाजिक क्षेत्रमा काम ...
कमला नदीमा चीनको आँखा, भारतविरुद्ध प्रयोग हुँदैछ उपेन्द्र यादवको प्रदेश २ सरकार

कमला नदीमा चीनको आँखा, भारतविरुद्ध प्रयोग हुँदैछ उपेन्द्र यादवको प्रदेश २ सरकार

आस्था, प्रदेश २, प्रदेश ५, राजनीति, समाचार
काठमाण्डौ, २५ पौष –तराईको कमला नदीमा उत्तरी छिमेकी चीनले आँखा लगाएको छ । सिन्धुली हुँदै उदयपुर, सिरहा र धनुषाको सिमाना भएर बग्ने नेपालको महत्वपूर्ण नदी कमलामा चीनले रणनीतिक स्वार्थका साथ आँखा लगाएको हो । यसमा उपेन्द्र यादवको पार्टी जसपाले नेतृत्व गरिरहेको प्रदेश २ सरकारले चिनियाँ स्वार्थलाई सहयोग गरेको छ । प्रदेश २ सरकारको उद्योग पर्यटन तथा वन मन्त्रालयले भण्डारण तथा अन्य प्रयोजनका लागि चिनियाँ कम्पनीलाई अनुमति दिएको छ । चीननिकट उपेन्द्र यादवको पार्टीका नेता रामनरेश यादव मन्त्री प्रदेश उद्योगमन्त्री हुँदा बिना कुनै अध्ययन आर्थिक लेनदेनमा चिनियाँ निर्माण कम्पनी चीन रेल्वे नम्बर २ इन्जिनियरिङ ग्रुप कम्पनी लिमिटेडले कमलामा भण्डारण एवं अन्य प्रयोजनका लागि यसको लाइसेन्स लिएको थियो । ‘यो अनुमति दिँदा रामनरेश यादव मन्त्री थिए । उहाँलाई होटलमा बोलाएर बैठक भयो । लेनदेनमा कुरा मिलेपछि म...
धर्म निरपेक्षता, हिन्दु राष्ट्र र राजसंस्था राख्ने कि नराख्ने सम्बन्धमा पनि जनमत संग्रह हुनुपर्ने कुरामा आफ्नो पार्टी सहमत छः धर्मेन्द्र बास्तोला

धर्म निरपेक्षता, हिन्दु राष्ट्र र राजसंस्था राख्ने कि नराख्ने सम्बन्धमा पनि जनमत संग्रह हुनुपर्ने कुरामा आफ्नो पार्टी सहमत छः धर्मेन्द्र बास्तोला

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
मनोजकुमार कौशलनेपालगन्ज, २५ पौष – देशको आर्थिक शासन प्रणाली परिवर्तन गर्ने कुरामा जनमत संग्रह हुनुपर्छ तर देशमा ८५ प्रतिशत जनता धर्म निरपेक्षता, हिन्दु राष्ट्र, राजसंस्था राख्ने कि नराख्ने सम्बन्धमा जनमत संग्रह हुनुपर्ने कुरामा मांग उठाई रहेका छन् । यसमा पनि जनमत संग्रह हुनुपर्ने कुरामा आप्नो पार्टी सहमत छ । उक्त कुरा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले भन्नु भएको हो ।आज आईतबार नेपालगन्जमा जनपत्रकार संगठन नेपाल, जिल्ला समिति बाँकेले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्नु हुँदै नेता बास्तोलाले भन्नुभयो– ‘नेपाली जनताले २०६२/०६३ को जनआन्दोलनबाट जस्तो प्रकारको आमूल परिवर्तन हुनुपर्ने चाहेको थिए, त्यस्तो परिवर्तन भएको छैन ।’ परिवर्तनपछि देश धनी बन्नु पर्ने थियो तर अझ गरीब भएको छ । देशको आर्थिक प्रणालीमा सुधार आएको छैन । भ्रष्टाचारमा बढोत्तरी भए...