भोलि शनिबार भारतीय पत्रकारहरुको नेपालगन्जमा ऐतिहासिक जमघट हुने
नेपालगन्ज, १८ चैत्र – भोलि शनिबार दिन भारतीय पत्रकारहरु माता बागेश्वरीको पावन धर्तीमा जमघट हुने भएको छ । मधेश मिडिया मिसन नेपालको आयोजनामा र सत्यमखबर डटकमको सहयोगले हुन गईरहेको पत्रकारहरुको जमघटमा बाँके जिल्लाको नेपालगन्जमा क्रियाशिल रहेका वरिष्ठ पत्रकारहरुको उपस्थिति रहने छ ।
जसमा बाँके जिल्लाका नेपाल पत्रकार महासंघ बाँके शाखा अध्यक्ष दामोदर भण्डारी, नेपाल टेभिजन कोहलपुरका प्रमुख विजय बर्मा, नेपाल पत्रकार महासंघ लुम्बिन प्रदेशका सदस्य मो. आरिफ अन्सारी, रेडियो कृष्णसार एफएफका तुला अधिकारी, जनमत अर्धसाप्ताहिकका पुर्णलाल चुके, राजधानी दैनिकका रूद्र सुवेदी, कान्तिपुर दैनिकका ठाकुर सिंह थारू, रेडियो बागेश्वरी एफएफका शुक्रऋषि चौलागाई, दैनिक नेपालगन्जका झलक गैरे, वरिष्ठ पत्रकार निरज गौतम, वरिष्ठ पत्रकार कृष्ण अधिकारी, प्रेस चौतारी बाँके शाखा अध्यक्ष दुर्गा रोकाय, कान्तिपुर टेलिभिजनका जे. ...









