Sunday, May 3सत्यम खबर
Shadow

स्वास्थ्य सेवामा जेसीको अवधारणा कार्यान्वय गरिने

डुडुवा, १२ चैत्र – डुडुवा गाउँपालिकाका जनप्रतिनिधी तथा कर्मचारीहरुलाई स्वास्थ्य क्षेत्रमा लैङिक समानता र सामाजिक समाबेशीकरणका बारेमा अभिमुखीकरण गरिएको छ । युएसएआईडिद्वारा संचालित स्वास्थ्यका लागि सक्षम प्रणालीको सहकार्यमा डुडुवा गाउँपालिकाद्धारा आज शनिबार आयोजित अभिमुखीकरणमा स्वास्थ्य सेवा अन्र्तगत प्रवाह हुने सेवाको गुणस्तरियता तथा लैङिक समानता र सामाजिक समाबेशीकरणको अवस्थालाई कार्यन्वयन लगायतका विषयमा छलफल गरिएको थियो ।

कार्यक्रममा गाउँपालिकाका निती तथा कार्यक्रम र योजना निमार्ण गर्दा लैंगिक मैत्री बनाउने, सामाजिक समाबेशिकरणलाई सुनिश्चिता गर्ने, स्वास्थ्य कार्यक्रमलाई जातिय क्षेत्रीय, भाषिक, तथा सांस्कृतिक रुपमा भेदभाव रहित बनाउने प्रतिबद्धता गरिएको थियो ।

कार्यक्रममा कार्यपालिका सदस्य रिता परियार, सुष्मा यादव, प्रमुख प्रशासकिय अधिकृत परशुराम उपाध्याय, स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढा लगायतले बोल्नु भएको थियो । कार्यक्रममा स्वास्थ्यका लागि सक्षम प्रणालीका वरिष्ठ प्राबिधिक अधिकृत रामहरि अधिकारीले सहजीकरण गर्नुभएको थियो ।

स्वास्थ्यका लागि सक्षम प्रणाली परियोजना कर्णाली प्रदेशका १० जिल्ला र लुम्बिनी प्रदेशका बाँके लगायत ६ जिल्ला गरि कुल १६ जिल्लाका १३८ स्तानिय तहको स्वास्थ्य कार्यक्रम तथा ६५९ स्वास्थ्य संस्थाहरुले प्रदान गर्ने स्वास्थ्य सेवालाई गुणस्तरिय बनाई मातृ तथा नबजात शिशुको स्वास्थ्यमा सुधार ल्याउने गरि कार्यक्रम संचालन गरिएको छ । यस कार्यक्रमले स्वास्थ्य प्रणाली सुदृढिकरण, स्वास्थ्य सूचना प्रणाली, मातृ तथा नबजात शिशु र परिवार नियोजन र स्वास्थ्य संकट गरि चार वटा क्षेत्रमा काम गर्ने गरेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *