Friday, May 1सत्यम खबर
Shadow

कम्युनिष्ट मिलाउन चीनको ठूलो लगानी, बेइजिङमा नेपाली नेताहरुको लर्को

काठमाण्डौ, १५ चैत्र – उत्तरी छिमेकी चीनले कम्युनिस्ट मिलाउन पुन: प्रयास थालेको छ ।

अघिल्लो एकता असफल भएर नेपालमा आफ्नो पकड कमजोर भएको निष्कर्ष निकाल्दै चीनले पुन कम्युनिस्ट एकताको लागि लगानी थालेको छ ।

कम्युनिस्ट एकता नहुँदा भएको पकड पनि गुम्ने र एमसीसी अनुदान लिएर आएको अमेरिकी प्रभाव बढ्ने तथा अनुदानबाटै नेपालको विकास र समृद्धि हुँदा चिनियाँ ऋणले भरिएको बीआरआई परियोजना अलपत्र पर्ने चिन्तामा बेइजिङले विदेशमन्त्री वाङ यीको नेतृत्वमा उच्चस्तरीय टोली काठमाडौं पठाएको छ ।

त्यसैगरी काठमाडौंका नेतालाई चीन बोलाएर एकताका लागि पहल गरिरहेको छ । विभिन्न औपचारिक कार्यक्रममा नाममा नेपाली नेतामाथि खर्च गरेर चीनले एकताको पहल थालेको हो ।
केही दिनअघि कार्यक्रमको नाममा उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा एमालेको प्रतिनिधिमण्डललाई आमन्त्रण गरेको बेइजिङले विदेशमन्त्री नेपाल ओर्लेकै दिन माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङलाई चीन बोलाएको छ ।

चीनकै अग्रसरतामा अघिल्लो पटक एकता भएको एकीकृत नेकपा पार्टीको महासचिव बनेका पौडेल चीनले रुचाएका पात्र हुन भने गुरुङ पनि चीनप्रति सदभाव राख्ने नेता हुन् । त्यस्तै चीनसँग निकटसम्बन्ध भएका वर्षमान पुन पनि फ्लोअप उपचार भनेर चीन उत्रेका छन् ।

निकट नेताहरुलाई बोलाएर चीनले दोस्रो तहमा कम्युनिस्ट एकताको वातावरण बनाउने र शीर्ष तहमा दबाब सिर्जना गरी आफू निकट सत्ता नेपालमा ल्याउने रणनीतिमा अघि बढेको जानकारहरु बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *