Friday, May 1सत्यम खबर
Shadow

सातै प्रदेशमा तालिम सञ्चालन गर्नुपर्छ : मन्त्री अथक

काठमाण्डौ, १६ चैत्र – युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले सात वटै प्रदेशमा क्षमता अभिवृद्धि तालिम सञ्चालन गर्नुपर्ने बताउनुभएको छ । बुधबारबाट काठमाण्डौंको सातदोबाटोमा सुरु भएको खेल प्रशिक्षकहरुको ७ दिने क्षमता अभिबृद्धि तालिमको उद्घाटन गर्दै मन्त्री अथकले देशब्यापी रुपमा तालिम सञ्चालन गर्नुपर्ने बताउनु भएको हो ।
स्थानियस्तरमा रहेका क्षमतावान खेलाडीहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउन खेल प्रशिक्षकको भुमिका महत्वपूर्ण रहने उल्लेख गर्दै मन्त्री अथकले देशभरका सबै खेल प्रशिक्षहरुको क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सातै प्रदेशमा यस प्रकारको तालिम सञ्चालन गर्न राष्ट्रिय खेलकुद परिषद (राखेप) लाई निर्देशन समेत दिनुभयो ।


निकट भविष्यमै नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता संचालनको तयारी भईहरहेको जानकारी दिंदै त्यसको तयारीमा लाग्न समेत मन्त्री अथकले प्रशिक्षकहरुलाई निर्देशन दिनुभयो । “नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन कार्यविधि तयारी अवस्थामा रहेको छ, आवश्यक अध्ययन पछि प्रतियोगिताको मिति तय हुन्छ” मन्त्री अथकले भन्नुभयो, “सात वटै प्रदेशबाट उत्कृष्ट खेलाडी सहभागी हुने गरी तयारी सुरु गर्नुहोस ।”
वागमती प्रदेशले पहिलो प्रदेश स्तरीय खेलकुद प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरीसकेको तर्फ ईगित गर्दै मन्त्री अथकले अन्य प्रदेशहरुलाई समेत तत्काल प्रतियोगिता सञ्चालन गर्न निर्देशन दिनुभएको छ ।


कार्यक्रममा बोल्दै युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले एन्टि डोपिङ सम्बन्धि प्रशिक्षण समेत आवश्यक रहेको बताउनुभयो ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) द्धारा ७ दिनसम्म सञ्चालित क्षमता अभिबृद्धि तालिममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रशिक्षकहरुले प्रशिक्षण दिने कार्यक्रम रहेको तालिम तथा प्रशिक्षण विभाग प्रमुख अर्जुनबहादुर विकले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *