चिनियाँ टोली नफर्किए पछि दैलेख मा पेट्रोलियम अन्वेषण को काम अलपत्र
दैलेख, २५ चैत्र – दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण काम सक्ने गरी चिनियाँ टोली नेपाल आउन ढिलाइ भएको छ । कोरोना महामहारीका कारण चीन सरकारले विदेश भ्रमणमा गरेको कडाइका कारण चिनियाँ प्राविधिक नेपाल आउन सकेका छैनन् ।
खानी तथा भूगर्भ विभागका सूचना अधिकारी नारायण बास्कोटा अब निर्धारित कार्यतालिका संशोधन हुने बताउँछन् । ‘अप्रिल सम्म चिनियाँ प्राविधिक अन्वेषणको काम सक्न आइपुग्छन् भन्ने हाम्रो अपेक्षा छ,’ उनले भने, ‘कार्यतालिका केही विस्तार गरेर काम सकाउँछौं ।’
२०७७ चैत १९ मा चिनियाँ प्राविधिक तथा विज्ञ टोली आउने तय भएको थियो । तर, कोरोना महामारीको कारण चिनियाँ टोली नेपाल फर्किन सकेन ।अब चिनियाँ टोली आएर गर्ने अन्तिम चरणको अन्वेषणपछि दैलेखमा पेट्रोलियम खानीको अवस्था र व्यवसायिक उत्खनन सम्भावनाको टुंगो लाग्ने हो । अन्तिम चरणमा हुने ड्रिलिङ लगायतको कामपछि स्थानीय क्षेत्रमा कति पेट्रोलियम भण...









