Saturday, June 27सत्यम खबर
Shadow

आस्था

मदरसा नूरे मोहम्मदी रहेमानुल उमुल जाेगागाउँको भर्ना अभियान जारी

मदरसा नूरे मोहम्मदी रहेमानुल उमुल जाेगागाउँको भर्ना अभियान जारी

अवधी, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, सम्पादकीय
सकिल अहमद राईजानकी, ४ जेष्ठ – बाँकेका सामुदायिक विद्यालयमा भर्ना अभियान शुरु भएकाे छ । बाँके जिल्लाको जानकी गाउँपालिका वार्ड नं.–१ स्थित मदरसा नूरे मोहम्मदी रहेमानुल उमुल जाेगागाउँको बैशाख २३ गतेदेखि जेष्ठ महिनाको ७ गतेसम्म कक्षा १ देखि २ कक्षासम्म भर्ना अभियान तथा घरदैलौ अभियान कार्यक्रम शुरु भएको छ । मदरसा नूरे मोहम्मदी रहेमानुल उमुल जाेगागाउँको प्रधानाध्यापक वारिस कबडियाका अनुसार शैक्षिक सत्र–२०७९ भर्ना अभियान कार्यक्रम “सबै बालबालिकालाई बिद्यालय पठाऔं, शिक्षा प्राप्त गर्ने अधिकार सुनिश्चित गरौं” सम्पूर्ण अभिभावकहरुले आ–आफ्ना बालबालिकाहरुले उज्वल भविष्यको लागी समयमा बिद्यालय गई भर्ना गराउनका लागी सबैमा हार्दिक अनुरोध गर्दछौं भनी बताउनुभयाे । निमित प्रधानाध्यापक बबिता मिश्रको अनुसार अहिले सम्म ६० जना विद्यार्थीको भर्ना गरी सक्नु भएको छ । आज जानकी १ नं वडा को बढैयागाउँ, जाेगागाउँ तथा न...
जसपाका राजकुमार कुर्मी पुरै प्यानलसहित निर्वाचित

जसपाका राजकुमार कुर्मी पुरै प्यानलसहित निर्वाचित

आस्था, प्रदेश ५, राजनीति, समाचार
सकिल अहमद राईजानकी, ४ जेष्ठ - बाँकेको जानकी गाउँपालिका -३ का जनता समाजवादी पार्टीका वडाअध्यक्ष पदका उम्मेदवार राजकुमार कुर्मी पुरै प्यानलसहित विजयी भएका छन् । स्थानीय तह निर्वाचनमा जसपाबाट वडा नम्बर ३ को उम्मेदवार बनेका राजकुमार कुर्मीले १ हजार ७२ मत ल्याई वडा अध्यक्षसहित पुरै प्यानल विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका विन्देश्वरी वर्माले ९ सय ३३ मत ल्याइ पछ्याइ रहेका थिए । नेपाली काँग्रेसका उम्मेदवार वर्माले १ सय ३९ मतले पराजित भएका हुन ।यसैगरी जसपाबाट सदस्य पदका उम्मेदवार बनेका उमेश कुर्मी १ हजार १ सय २१ मत, हुसेनी अहिर १ हजार ६६ मत, महिला सदस्य निलम सिंह ठकुरानी १ हजार ८१ मत, दलित महिला सदस्य लक्ष्मी पासी १ हजार ९३ मत सहित प्यानल नै विजयी भएको हो । जानकीमा अहिलेसम्म जसपाले १ र ३ नम्बर वडा प्यानल सहित निर्वाचित भएकाे छ ।...
काँग्रेस १७ नं. वडाबाट बर्मा निर्वाचित

काँग्रेस १७ नं. वडाबाट बर्मा निर्वाचित

आस्था, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, ४ जेष्ठ - नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १७ मा नेपाली काँग्रेसका उम्मेदवार लक्ष्मणप्रसाद वर्मा निर्वाचित भएका छन् । लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का कंधई वढहीलाई पराजित गर्दै उनी निर्वाचित भएका हुन् ।वर्माले ९०९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्धन्द्धी लोसपाका वढईले ८२८ मत प्राप्त गरे । यस्तै जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार मोहनलाल दिवेदीले १०० र राप्रपा धरमराज यादव (अहिर) ले ६४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यसअघि २०७४ को निर्वाचनमा नेकपा माओवादी केन्द्रका अजय पाठक निर्वाचित भएका थिए । यस पटक पनि उनी नेकपा एमालेका तर्फबाट उम्मेदवार भए पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयले पाठकको उम्मेदवारी रद्ध गरिदिएको थियो । बैंकिङ कसुर मुद्दामा पाठकको उम्मेदवारी रद्ध गरिएको हो ।...
समिरप्रताप सिंह वडा नं. ६ बाट निर्वाचित

समिरप्रताप सिंह वडा नं. ६ बाट निर्वाचित

आस्था, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, ३ जेष्ठ - बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ मा नेकपा एमालेबाट अध्यक्ष पदका उम्मेदवार समीरप्रताप सिंह निर्वाचित भएका छन् । प्राप्त मतगणना परिणाम अनुसार नेकपा एमालेका उम्मेद्वार सिंह ४ सय ५१ मतले बिजयी भएका छन् भने उनकाे निकटतम प्रतिद्वन्दी राप्रपाका रबिन्द्र थापा ४ सय २ मतले पराजय भएका छन् । यस सम्बन्धमा सदस्यीयहरुको थप मत विवरण आउँना बाँकी रहेकाे छ ।...
प्रशान्त श्रेष्ठ प्यानलसहित वडा नं. ७ मा विजयी

प्रशान्त श्रेष्ठ प्यानलसहित वडा नं. ७ मा विजयी

आस्था, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, ३ जेष्ठ - बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं. ७ मा नेकपा एमालेबाट अध्यक्ष पदका उम्मेदवार प्रशान्त श्रेष्ठ निर्वाचित भएका छन् । प्राप्त मतगणना परिणाम अनुसार नेकपा एमालेका उम्मेद्वार प्रशान्त श्रेष्ठ ४ सय ७७ मतले प्यानल सहित बिजयी भएका छन् । यस सम्बन्धमा सदस्यीयहरुको थप मत विवरण आउँना बाँकी रहेकाे छ ।...
वडा नं. ५ बाट जसपाका शराफत निर्वाचित

वडा नं. ५ बाट जसपाका शराफत निर्वाचित

आस्था, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, २ जेष्ठ - नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ५ को वडा अध्यक्षमा जसपाबाट शराफत खान निर्वाचित भएका छन् । यो वडामा यसअघि राप्रपाले जितेको थियो । शराफतको पुरै प्यानल विजय भएपछि भेरी प्राविधि शिक्षालयकाे प्राङ्गणमा बाजागाजाका साथ बिशाल र्याली निकालिएको छ । खानले संक्षिप्त प्रतिकृया दिंदै युवाहरूलाई साथ लिएर वडाकाे चाैतर्फी विकास कार्यमा सेवारत रहने बताउनु भयाे ।...
वडा नं. ४ बाट गाेपाल पुन निर्वाचित

वडा नं. ४ बाट गाेपाल पुन निर्वाचित

आस्था, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, २ जेष्ठ - बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ मा माओवादी केन्द्रका वडाध्यक्ष उम्मेदवार गोपाल पुन निर्वाचित भएका छन । प्राप्त मतगणना परिणाम अनुसार माओवादी केन्द्रले ९ सय १६, काँग्रेसले ६ सय ९२ र एमालेका उम्मेदवारले ६ सय मत प्राप्त गरेका छन् । नेपालगन्ज ४ बाट माओवादका पुनले २ सय २४ मतान्तर सहित बहुमत प्राप्त गरेर निर्वाचित भएका छन् ।...
जानकी २ मा नेकपा माओबादी केन्द्रका गुप्ता निर्वाचित

जानकी २ मा नेकपा माओबादी केन्द्रका गुप्ता निर्वाचित

आस्था, प्रदेश ५, राजनीति, समाचार
जानकी, २ जेष्ठ - बाँकेको जानकी गाउँपालिका वडा नं. २ को वडाध्यक्षमा नेकपा माओबादी केन्द्रका चन्द्रिकाप्रसाद गुप्ता निर्वाचित भएका छन् । बर्मा ८ सय ७५ मत ल्याएर आफ्ना निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका उम्मेदवार अनिलकुमार बर्मालाई पराजित गर्दै दोस्रो कार्यकालको लागि वडाध्यक्षमा निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी तथा काँग्रेसका उम्मेदवार बर्माले ७ सय ८४ मत ल्याएर पराजित भएका हुन् । त्यस्तै नेकपा एमालेका उम्मेदवार किशोर थापाले ६ सय ६३ मत, राप्रपा(हलो) का उम्मेदवार तिर्थराम कुर्मीले ९ मत र जनमत पार्टीका राम शुहावन अहिरले १० मत ल्याएका थिए ।...
उपमहानगर २ बाट राप्रपाका मनोज श्रेष्ठ विजयी

उपमहानगर २ बाट राप्रपाका मनोज श्रेष्ठ विजयी

आस्था, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, १ जेष्ठ - नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ मा राप्रपाका उम्मेदवार निर्वाचित भएका छन् । राप्रपाका मनोज श्रेष्ठ ५ सय ५० मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका प्रदिप श्रेष्ठले ५ सय ३४ मत प्राप्त गरेका छन् । जनता समाजवादी पार्टी(जसपा)का उम्मेदवारले २ सय ९३ मत प्राप्त गरेका छन् । उक्त वडामा २०७४ को निर्वाचनमा नेपाली काँग्रेसले जितेको थियो । ...
महानगरमा बालेन शाहको अग्रता कायम

महानगरमा बालेन शाहको अग्रता कायम

आस्था, प्रदेश १, प्रदेश ५, राजनीति, समाचार
काठमाण्डौ, १ जेष्ठ – काठमाडौं महानगरपालिकाको मतगणना जारी रहेका पाँच वटै वडा हरेकमा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेल शाहले अग्रता लिएका छन् । अहिले वडा नम्बर १, २, ३, ४ र ३२ को मतगणना जारी रहेकामा यी सबै वडामा बालेनले अग्रता लिएका हुन् । कुन वडामा कसले कति मत पाएका छन् ?यी पाँचै वडामा २०७४ सालको निर्वाचनमा एमालेका उम्मेदवारले जितेका थिए । यसपालि ३२ वडामध्ये भित्री नेवार वस्ती बाहेकका २० वडामा बालेन शाहको जबरजस्त आकर्षण देखिएको सेतोपाटीले लेखेको थियो ।वडा नम्बर १ मा बालेन ५ सय ५० मतसहित पहिलो स्थानमा छन् । ३ सय ५० मतसहित नेपाली काँग्रेसकी सिर्जना सिंह दोस्रो र २ सय ७३ मतसहित नेकपा एमालेका केशव स्थापित तेस्रो स्थानमा छन् ।यसअघिको निर्वाचनमा यो वडामा एमालेका भरतलाल श्रेष्ठ एक हजार ३५ मतसहित विजयी भएका थिए । वडा नम्बर एकमा नक्साल, नारायणहिटी क्षेत्र पर्छन् ।यस्तै २ नम्बर वडामा पनि ५ स...