
नेपालगन्ज, २ जेष्ठ – बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ मा माओवादी केन्द्रका वडाध्यक्ष उम्मेदवार गोपाल पुन निर्वाचित भएका छन ।
प्राप्त मतगणना परिणाम अनुसार माओवादी केन्द्रले ९ सय १६, काँग्रेसले ६ सय ९२ र एमालेका उम्मेदवारले ६ सय मत प्राप्त गरेका छन् ।
नेपालगन्ज ४ बाट माओवादका पुनले २ सय २४ मतान्तर सहित बहुमत प्राप्त गरेर निर्वाचित भएका छन् ।
