Saturday, June 27सत्यम खबर
Shadow

आस्था

घरघरमा आधारभूत सेवा पुर्याउन कुनै कसर बाँकी नराखी काम गर्न पुर्वमन्त्री राईकाे आग्रह

घरघरमा आधारभूत सेवा पुर्याउन कुनै कसर बाँकी नराखी काम गर्न पुर्वमन्त्री राईकाे आग्रह

आस्था, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, ७ जेष्ठ - जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता एवम् पूर्व मन्त्री मो. इस्तियाक राईले अबको पाँच वर्षलाई नेपालगन्जको विकासमा लगानी गर्न आग्रह गरेका छन् । नेपालगन्जमा गठबन्धनका तर्फबाट नवनिर्वाचित मेयर प्रशान्त विष्ट र उपमेयर कमरुद्दिन राईको विजय उत्सबपछि आयोजित सभालाई सम्बोधन गर्दै उनले विगतको स्थानीय सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै अब नवनिर्वाचित मेयर, उपमेयर लगायत सबै जनप्रतिनिधिहरुले जनआकांक्षा अनुरुप काम गर्ने विश्वास व्यक्त गरे । जनताको घरघरमा आधारभूत सेवा पुर्याउने गरी कुनै कसर बाँकी नराखेर काम गर्न उनले आग्रह गरे ।  नेपालगन्जका निवर्तमान मेयर डा. धवलशमशेर राणाप्रति इंगित गर्दै उनले आफूले नेपालगन्जको विकासका लागि ल्याएका योजना फर्काएर नेपालगन्जको विकास अबरुद्ध गरेको बदला जनताले मतमार्फत् प्रकट गरेको जिकिर गरे । उनले सुर्खेतमा भएको गाईकाण्ड र भेन्टिलेटर खरि...
बाँकेबाट भोजराजले दिए एन्फा केन्द्रीय सदस्यमा उम्मेदवारी

बाँकेबाट भोजराजले दिए एन्फा केन्द्रीय सदस्यमा उम्मेदवारी

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, ७ जेष्ठ – बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले आसन्न अखिल नेपाल फुटबल संघ(एन्फा)को निर्वाचनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । उनले शुक्रबार सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा सदस्यमा उम्मेदवारी दर्ता गराएका हुन । शुक्रबार एन्फाको अध्यक्षका लागि पंकज विक्रम नेम्वाड सहित ५ जनाले केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका छन । पश्चिम क्षेत्रको फुटबल विकासमा नेतृत्वदायी भुमिका खेलेका बाँके अध्यक्ष शाहीले विगत २५ वर्ष देखी बाँके जिल्ला फुटबल संघको विभिन्न पदमा रहेर काम गरेका छन । बाँके जिल्ला फुटबल संघमा सदस्यको रुपमा काम गरेका शाहीले दुइ कार्यकाल महासचिव र तेस्रो कार्यकालका लागि अध्यक्ष भएर नेतृत्व गरिरहेका छन ।बाँके जिल्लामा सुरुआतमा उनले ओशोनिक क्लब मार्फत ग्रासरुट कार्यक्रम संचालन गरेका थिए । जसले बाँकेमा आधा दर्जन खेलाडीलाई नेपाली महिला टोलीसम्म पुग्न सहयो...
अध्यक्ष चौधरीद्धारा सपथ ग्रहण

अध्यक्ष चौधरीद्धारा सपथ ग्रहण

अवधी, आस्था, प्रदेश ५, राजनीति, समाचार, समाज
डुडुवा, ६ जेष्ठ – स्थानीय तहमा नवनिर्वाचित अध्यक्षलाई सपथ ग्रहण गराइएको छ । आज शुक्रबार एक समारोहका विच बाँके डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले सपथ ग्रहण गर्नुभएको छ । बाँके जिल्लाका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधिस खडानन्द तिवारीले अध्यक्ष चौधरीलाई सपथ ग्रहण गराउनु भएको हो । सपथ लिनु भएका चौधरीले अब गाउँपालिका उपाध्यक्ष, वडाध्यक्ष र सदस्यहरुलाई सपथ गराउनु हुनेछ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०९ (१) बमोजिम सपथ ग्रहण गराइएको छ ।सो ऐनको दफा १०९ (२) अनुसार अध्यक्षले उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्यहरुलाई सात दिनभित्र सपथ गराउनु पर्ने व्यवस्था रहेको छ । अध्यक्ष चौधरी डुडुवा गाउँपालिका अध्यक्षमा पुन दोस्रो कार्यकालका लागि निर्वाचित हुनु भएको छ ।त्यस अवसरमा खजरा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष डम्बर विकलाई पनि मुख्य निर्वाचन अधिकृत तिवारीले सपथ गराउनु भएको...
चिनियाँ राष्ट्रपति सी चिनफिङविरुद्ध पूर्व नेताहरु बोल्न थाले

चिनियाँ राष्ट्रपति सी चिनफिङविरुद्ध पूर्व नेताहरु बोल्न थाले

आस्था, प्रदेश ५, राजनीति, विदेश, समाचार
काठमाण्डौ, ६ जेठ । चिनियाँ कम्युनिस्ट पार्टीका नेताविरुद्ध पूर्व तथा वर्तमान नेताहरुले सार्वजनिक रुपमा सायदै बोल्छन् । तर, यसपटक पूर्वनेताहरुले चिनियाँ राष्ट्रपति सी चिनफिङविरुद्ध बोल्न थालेका छन् ।चीनका पूर्व प्रधानमन्त्री झु रोङ्जीले सी चिनफिङको तेस्रो कार्यकाल पनि राष्ट्रपति बन्ने योजनाको विरोध गरिसकेका छन् । अन्य पूर्व नेताहरुले पनि मुख खोलेका छन् । सीविरुद्ध आवाज बढ्न थालेपछि पिपल्स डेल्लीमा त्यस्ता अभिव्यक्ति नदिन लेख नै आएको छ । राष्ट्रपति सीविरुद्धको असहमतिलाई सार्वजनिक नगर्न अवकाश पाएका नेताहरुलाई भनिएको छ । उनीहरुलाई अनुशासनमा रहन भनिएको हो । लेखमा अवकाशप्राप्त नेताहरुलाई काउन्सिलिङ गर्ने र तालिम दिने विषय पनि उल्लेख छ । यो लेख झुको असहमतिको अभिव्यक्ति पछि आएको हो ।९४ वर्षीय पूर्वप्रधानमन्त्री झु सीको तेस्रो कार्यकाल राष्ट्रपति बन्नका लागि चालिएको कदमप्रति सन्तुष्ट छैनन् ।...
विद्युत समस्या १ साता भित्र समाधान गर्ने : प्रमुख प्याकरेल (भिडियोसहित)

विद्युत समस्या १ साता भित्र समाधान गर्ने : प्रमुख प्याकरेल (भिडियोसहित)

आर्थिक, आस्था, प्रदेश ५, भिडियो, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ६ जेष्ठ – नेपालगन्जमा विगत केहीदेखि लगातार रुपमा बत्ती आउने जाने गरेको हुँदा उपमहानगरबासी आक्रोसित भएका छन् । उक्त आक्रोशलाई पोख्न बुधबारदेखि नै विद्युत चुहावटलगायतका समस्या समाधानका लागि कसरी जान सकिन्छ भनी छलफल, बैठक, फोन कुरा गर्दै आईरहेका थिए । सोही सन्दर्भमा विहिबार समेत उपमहानगर भित्र रहेका उद्योगी, व्यापारी, पत्रकार, आम उपमहानगरबासी लगायतहरु सहभागी भई आज शुक्रबार सम्बन्धित समस्या समाधानका लागि नेपाल विद्युत प्राधिकरण विरुद्ध प्रदर्शन गर्ने तयारी अनुसार आज प्रदर्शन गरिएको छ ।नेपाल विद्युत प्राधिकरण विरुद्ध प्रदर्शनका क्रममा विभिन्न संघ संस्थाबाट प्रदर्शनमा सहभागी भई समस्या समाधानका लागि नेपालगन्ज विद्युत वितरण शाखा प्रमुख दिवाकरण प्याकुरेललाई ज्ञापन पत्र समेत बुझाएका छन् । ज्ञापन पत्रमा बुझाउ“दै नागरिक अधिकार मञ्च बाँके शाखा अध्यक्ष रमेत चन्द्र कुमालले नेपालग...
नेपालगन्ज मेयरमा बिष्ट र उपमेयरमा राई निर्वाचित

नेपालगन्ज मेयरमा बिष्ट र उपमेयरमा राई निर्वाचित

आस्था, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, ६ जेष्ठ - नेपालगन्ज उपमहानगरपालिकाको नगर प्रमुखमा नेपाली काँग्रेसका प्रशान्त विष्ट र उप प्रमुखमा जनता समाजवादी पार्टी (जसपा)का  नेपालका कमरुद्दिन राई निर्वाचित भएका छन् । निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका पशुपति दयाल मिश्रलाई दोब्बर बढी मतान्तरले पराजित गर्दै विष्ट निर्वाचित भए । उनले २३ हजार ४ सय ६० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका मिश्रले ११ हजार ६ सय ७५ मत ल्याए । विष्ट र मिश्रबीच ११ हजार ७ सय ८५ मतको अन्तर रहेको छ । तेस्रो स्थानमा आएका राप्रका नन्दलाल वैश्यले ७ हजार ५ सय ९८ प्राप्त गरेका छन् । यसैगरी उपप्रमुखमा जनता समाजवादी पार्टी (जसपा) का कमरुद्दिन राई निर्वाचित भएका छन् । उनले १७ हजार ९ सय ५० मत प्राप्त गरेका छन् । निकटतम प्रतिद्वन्दी नेकपा एमालेकी शान्तिदेवी ढकालले १० हजार ९ सय १५ मत प्राप्त...
जानकी- ५ मा काँग्रेसका टिकानाथ यादव प्यानलसहित निर्वाचित

जानकी- ५ मा काँग्रेसका टिकानाथ यादव प्यानलसहित निर्वाचित

आस्था, प्रदेश ५, राजनीति, समाचार
सकिल अहमद राईनेपालगन्ज, ५ जेष्ठ - बाँकेको जानकी गाउँपालिका वडा नम्बर ५ मा नेपाली काँग्रेसका टिकानाथ यादव दोब्बर बढी मतले वडाअध्यक्ष पदमा निर्वाचित भएका छन् । उनी ७९५ मतको अन्तरले निर्वाचित भएका हुन् । नवनिर्वाचित वडाअध्यक्ष यादवले १५२० मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका रमेशकुमार बर्माले ७२५ मत प्राप्त गरे । उक्त वडामा वडाअध्यक्षसहित काँग्रेसको प्यानलै निर्वाचित भएको छ । यस्तै जनता समाजवादी पार्टी(जसपा)का राजेन्द्रकुमार कुर्मीले ३७८ मत प्राप्त गरेका छन् । राप्रपाका धर्मराज हरिजनले ७३ र जनमत पार्टीका पटेश्वर चमारले २६ मत प्राप्त गरे । यस्तै जानकी ५ को वडा सदस्यमा कांग्रेसका जुलफकार अली मनिहार १५०१ र महम्मद सरीफ खाँ १४७८ (खुल्ला सदस्य), कान्ति काँदु १५५० र निर्मला हरिजन १५३७ मत ल्याएर निर्वाचित भएका छन् । नेपाली काँग्रेस जानकी ५ इकाई कार्यसमितिका सह सचिव...
एमाले वडा नं. १८ बाट दिपक बर्मा प्यानलसहित निर्वाचित

एमाले वडा नं. १८ बाट दिपक बर्मा प्यानलसहित निर्वाचित

आस्था, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, ५ जेष्ठ - नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । वडा अध्यक्षमा दिपक बर्मा विजयी भएका छन् । बर्मा यसअघि पनि वडा अध्यक्ष थिए । बर्माले नेपाली काँग्रेसका मंगल प्रसाद बर्मा (सानु) लाई हराएका हुन् ।
नरैनापुर-५ बाट कृष्णचन्द्र निर्वाचित

नरैनापुर-५ बाट कृष्णचन्द्र निर्वाचित

आस्था, प्रदेश ५, राजनीति, समाचार
नरैनापुर, ४ जेष्ठ - बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर ५ मा  नेपाली काँग्रेसको प्यानल नै विजयी भएको छ । वडा अध्यक्षमा कृष्णचन्द्र मौर्य निर्वाचित भएका छन् । यो वडामा यसअघि २०७४ मा पनि नेपाली काँग्रेसको प्यानल नै विजयी भएको थियो  । वडा सदस्यहरुको थप विवरण आउँना बाँकी।
श्री नेपाल राष्ट्रिय आधारभूत बिद्यालय पचपोखरा साईगाउँ, अभियान शुरू

श्री नेपाल राष्ट्रिय आधारभूत बिद्यालय पचपोखरा साईगाउँ, अभियान शुरू

अवधी, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
सकिल अहमद राईजानकी, ४ जेष्ठ – बाँकेका सामुदायिक विद्यालयमा भर्ना अभियान शुरु भएकाे छ । बाँके जिल्लाको जानकी गाउँपालिका वार्ड नं.–१ स्थित श्री नेपाल राष्ट्रिय आधारभूत बिद्यालय पचपोखरा साईगाउँको २०७९ बैशाख २३ गतेदेखि जेष्ठ महिनाको ७ गतेसम्म बालबिकास देखि ६ कक्षासम्म भर्ना अभियान तथा घरदैलौ अभियान कार्यक्रम शुरु भएको छ । श्री नेपाल राष्ट्रिय आधारभूत बिद्यालय पचपोखरा साईगाउँ, प्रधानाध्यापक मोनु उपाध्यायका अनुसार शैक्षिक सत्र–२०७९ भर्ना अभियान कार्यक्रम “सबै बालबालिकालाई बिद्यालय पठाऔं, शिक्षा प्राप्त गर्ने अधिकार सुनिश्चित गरौं” सम्पूर्ण अभिभावकहरुले आ–आफ्ना बालबालिकाहरुले उज्वल भविष्यको लागी समयमा बिद्यालय गई भर्ना गराउनका लागी सबैमा हार्दिक अनुरोध गर्दछौं भनी बताउनुभयाे । भर्ना कार्यक्रममा सहभागी व्यवस्थापन समितिका अध्यक्ष छैल बिहारी कुम्हार, शिक्षक चित्रकुमार तिवारी, महादेवप्रसाद बर्म...