Saturday, June 27सत्यम खबर
Shadow

आस्था

डुडुवामा बिजयी सुरुवात गर्दै काँग्रेस

डुडुवामा बिजयी सुरुवात गर्दै काँग्रेस

आस्था, प्रदेश ५, राजनीति, समाचार
डुडुवा, १ जेष्ठ - बाँकेको डुडुवा गाउँपालिकामा काँग्रेसले विजयी सुरुवात गरेको छ । उसले डुडुवा–१ बाट विजयी सुरुवात गरेको हो । डुडुवा–१ मा काँग्रेसका पतेश्वरी कुर्मीको प्यानल नै विजयी भएको छ । उनले ८ सय ८२ मत ल्याएर विजयी भएकी हुन । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका कृष्णगोपाल यादवले ७ सय १ मत ल्याएका थिए । गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा पनि नेपाली काँग्रेसकाे अग्रता कायम रहेकाे छ । अध्यक्षमा काँग्रेसले ९६२, उपाध्यक्षमा ९३३ रहेको छ भने एमालेको अध्यक्षमा ८५०, उपाध्यक्षले ८२१ मत प्राप्त गरेका छन् ।  डुडुवा १ मा २६९५ मतदान भएको थियो भने १४४ मत बदर भएको थियो । ...
उपमहानगरमा बिष्टकाे अग्रता कायम

उपमहानगरमा बिष्टकाे अग्रता कायम

आस्था, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, १ जेष्ठ - नेपालगन्ज उपमहानगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवार प्रशान्त विष्टले शुरूवातबाटै अग्रता लिंदै आईरहेका छन् । पछिल्लो मत गणना परिणाम अनुसार नगर प्रमुख पदका उम्मेदवार प्रशान्त विष्टले २ हजार ८ सय १२ मत प्राप्त गरी अग्रता लिएका छन् ।  यस्तै नेकपा एमालेका पशुपतिदयाल मिश्रले १ हजार ४ सय ११ र राप्रपाका नन्दलाल बैश्यले १ हजार ३ सय ४ मत प्राप्त गरेका छन् । पहिलो नम्बरमा रहेका विष्ट र दोस्रो नम्बरका मिश्रबीच १ हजार ४ सय १ मतको अन्तर रहेको छ । यसैगरी उपप्रमुखमा जनता समाजवादी पार्टी (जसपा)का कमरुद्धिन राईले १ हजार ८ सय ८३ मत ल्याएर अग्रता लिइरहेका छन् । यस्तै राप्रपाकी बिन्दु चर्तीमगरले १ हजार १ सय ३० र नेकपा एमालेकी शान्ति ढकालले ८ सय ९७ मत प्राप्त गरेकी छन् ।    मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिलेसम्म वडा नम्बर २२ र २३ को मतगणना पुरै सकिएको छ । ...
एमाले १० पालिकामा र काँग्रेस ८ पालिकामा विजयी

एमाले १० पालिकामा र काँग्रेस ८ पालिकामा विजयी

आस्था, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, १ जेष्ठ – सार्वजनिक सञ्चाल मार्फत हिमाली र पहाडी क्षेत्रका स्थानीय तहका निर्वाचनको नतिजाहरू प्राप्त हुन थालेका छन् ।अहिलेसम्म २२ स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । जसमध्ये १० वटा स्थानीय तहमा नेकपा एमाले विजयी भएको छ भने नेपाली काँग्रेसले ८ वटा स्थानीय तहमा जित हात पारेको छ । त्यस्तै माओवादी केन्द्रले ३ वटा र एकीकृत समाजवादीले २ वटा पालिकामा जित हात पारेका छन् ।अहिलेसम्म मनाङका सबै पालिकाहरुको परिणाम आएको छ। मुस्ताङको थासाङ गाउँपालिकाको मात्र मतगणना जारी छ । नेकपा एमाले विजयी भएका पालिकाहरुः– मनाङको मनाङ ङिस्याङ गाउँपालिकाः अध्यक्ष कान्छा घले विजयी– मनाङको चामे गाउँपालिकाः अध्यक्ष लोकेन्द्रबहादुर घले विजयी– मुस्ताङको घेकर दामोदरकुण्ड गाउँपालिकाः अध्यक्ष लोप्साङ छोम्पेल विष्ट विजयी– मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाः अध्यक्ष रिङजिन नामगेल गुरूङ विजयी– मुस्त...
मासिक गजल गोष्ठी सम्पन्न

मासिक गजल गोष्ठी सम्पन्न

अवधी, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १ जेष्ठ – बाँकेको नेपालगन्जमा गुल्जार–ए–अदबले हरेक महिना जस्तै मासिक गजल गोष्ठी बैशाख ३१ गते शनिवार सम्पन्न गरेको छ ।उर्दू साहित्यकारहरुले महेन्द्र पुस्तकालयको सभाहलमा बैशाख ३१ गते शनिवार मासिक गजल गोष्ठीमा गजल वाचन गरेका थिए । गुल्जार–ए–अदब बाँकेका अध्यक्ष सच्चिदानन्द चौबैको अध्यक्षतामा सम्पन्न भएको गजल गोष्ठीमा उर्दू साहित्यकार तथा आदिल सर्वर नेपाली, गजल कार्यक्रमको सञ्चालन गरेका थिए ।गजल गोष्ठी कार्यक्रममा सैय्यद असफाक रसूल हाशमी (सैय्यद नेपाली), सचिव मोहम्मद मुस्तफा अहसन कुरैशी, मेराज अहमद (हिमालय), अव्दुल हमीद सिद्दीकी (भोला), इस्माइल अन्सारी, आदिल सर्वर नेपाली, जमील अहमद हाशमी, मोहम्मद यूसुफ आरफी लगायतले “रौशनी ने निकाला है अजीब शख्स है पानी के घर में रहता हैै” मिसरा – साहित्यकारहरुले आ–आफना गजल वाचन गरेका थिए । उक्त गजल गोष्ठीमा महेन्द्र देवकोटा अछामबाट, उमेर अहमद,...
नेपालगन्ज २२ मा जसपाका हलवाई निर्वाचित

नेपालगन्ज २२ मा जसपाका हलवाई निर्वाचित

आस्था, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, १ जेष्ठ - नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर २२ को वडा अध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) नेपालका अब्दुल गफ्फार हलवाई निर्वाचित भएका छन् । निर्वाचित वडा नं. २२ का वडाअध्यक्ष हलवाई ६१५ मतले विजयी भएका छन् भने २०७४ मा नेपाली काँग्रेसबाट विजयी भई वडाअध्यक्ष रहेका विद्याराम बर्मा २०७९ काे सम्पन्न निर्वाचनमा ६०४ मत मात्र प्राप्त गरेका छन् । ...
जसपाका माे. रजा राई बिजयी

जसपाका माे. रजा राई बिजयी

आस्था, प्रदेश ५, राजनीति, समाचार
जानकी, १ जेष्ठ - बाँकेको जानकी गाउँपालिका वडा नम्बर १ मा जनता समाजवादी पार्टी (जसपा) नेपालका मोहम्मद रजा राई वडा अध्यक्षमा निर्वाचित भएका छन् । नेपाली काँग्रेसका राजु काँदुलाई पराजित गर्दै राई वडा अध्यक्षमा निर्वाचित भएका हुन् । राईले आफ्ना प्रतिद्वन्दी काँदुलाई ३३४ मतले पराजित गरी निर्वाचित भएका हुन् । राईले १ हजार १ सय ७४ मत ल्याउँदा काँदुले ८ सय ४० मत प्राप्त गरेका छन् । ...
२३ नं. वडाबाट काँग्रेसकाे विजयी यात्रा शुरू

२३ नं. वडाबाट काँग्रेसकाे विजयी यात्रा शुरू

आस्था, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, ३१ बैशाख - बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा नेपाली काँग्रेसले खाता खोेलेको छ । वडा नम्बर २३ को वडा अध्यक्षमा नेपाली काँग्रेसका वडा अध्यक्षका उम्मेदवार जब्बर अली बेहना विजयी भएका छन् । जब्बर नेपाली काँग्रेसको वडा नम्बर २३ को बुथ सभापति समेत छन् । उनले जसपाका मो.हुसेन शेषलाई पराजित गर्दै आफू विजयी भएका छन् । शेष यस अघिका वडा अध्यक्ष हुन् । बेहनाले २३२ र शेषले १९४ मत पाएका छन् ।निर्वाचन अधिकृतद्वारा यसको औपचारिक घोषणा हुन बाँकी छ ।...
उपमहानगरकाे मतगणना शुरू

उपमहानगरकाे मतगणना शुरू

आस्था, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, ३१ बैशाख - स्थानिय तह निर्वाचन अन्तर्गत नेपालगन्ज उपमहानगरपालिकाको मतगणना सुरु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपालगन्ज उपमहानगरको मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीले जनाकारी दिएका छन् ।यसअघि सर्वदलिय छलफलका लागि उम्मेदवारहरु समयमा उपस्थित हुन नसक्दा र मतगणनाको प्राविधिक तयारी नहुँदा मतगणनामा ढिलाई भएको थियो । आज बिहान ८ बजेबाट गर्ने भनिएको मतगणना नेपालगन्जस्थित भेरी प्राविधिक शिक्षालयमा भर्खरै सुरु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले नेपालगन्जको वडा नं. १ र २३ बाट मतगणना सुरु हुनेछ । मतगणना कडा सुरक्षाबीच भइरहेको छ ।...
नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ मा शान्तिपूर्ण तवरले मतदान कार्य जारी

नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ मा शान्तिपूर्ण तवरले मतदान कार्य जारी

आस्था, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, ३० बैशाख – बैशाख ३० मा देशै भरी एकैसाथ आज सम्पन्न भईरहेको स्थानीय तह निर्वाचनमा मतदाताहरु सहभागी भई मतदान गरिरहेका छन् ।नेपालगन्ज उपमहानगरपालिका भित्रका २३ वटै वडाहरुमा मतदान केन्द्रमा मतदाताहरु सहज रुपमा पुगेर आफ्नो मतको प्रयोग गरिरहेका छन् । दिउँसो ३ः३० बजेसम्म समाचार तायर गर्दासम्म कही कतैबाट कुनै घटना घटेको जानकारी नआएको हुँदा नेपालगन्ज उपमहानगरपालिका भित्र सहज रुपमा मतदान केन्द्रमा मतदान कार्य जारी रहेको जनाईएको छ । यसै क्रममा नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ मा शान्तिपूर्ण तवरले मतदान जारी रहेको मतदान केन्द्रका अधिकृतले जनाएका छन् । दिउँसो ३ः१५ बजेसम्म १४ सय जनाले मतदान दिईसकेको जनाउँदै यस मतदान केन्द्रमा शान्तिपूर्ण तवरले मतदान कार्य साँझ ५ बजेसम्म जारी रहने मतदान अधिकृतद्वारा जनाईएको छ ।फोटोमार्फत नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ को मतदान केन्द्रको दृश्य :...
नगरवासीले भोट दिएर जिताउनु हुनेमा म विश्वस्त छु– उपमेयरका उम्मेदवार मगर

नगरवासीले भोट दिएर जिताउनु हुनेमा म विश्वस्त छु– उपमेयरका उम्मेदवार मगर

आस्था, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, २७ बैशाख – राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट नेपालगन्ज उपमहानगरपालिकाको उपमेयरका प्रत्याशी बिन्दु चर्ती मगरले नेपालगन्ज नगरवासीले आफुलाई बिश्वास गर्ने बताउनु भएको छ ।चुनावी प्रचारप्रसारको अन्तिम दिन मतदाताको घरदैलोमा पुगेकी चर्ती मगरले नेपालगन्ज नगरवासीले आफुलाई बिश्वास गरेर मत दिने बिश्वास ब्यक्त गर्नु भएको हो । पुष्प ब्यवसायी समेत रहनु भएकी बिन्दु चर्ती मगर नेपालगन्ज उपमहानगरपालिकाको उपमेयरमा मनोनयन दर्ता सँगै चर्चामा रहँदै आउनु भएको छ । नेपालगन्ज उपमहानगरपालिकाको मेयर डा.धवल शम्शेर राणा कै शैलीमा स्थानीयका बिच पुग्ने चर्ती मगरमा धवल कै छवि देखिने भन्दै नगरमा उनको चर्चा बढ्दै गएको थियो ।महिला ब्यवसायी, पुष्प ब्यवसायी, नेपालगन्जका सकृय सबै जसो सामाजिक संघ संस्थामा समेत आवद्ध रहेको कारण पनि चर्ती मगरलाई नेपालगन्ज नगरबासीको लागी नौलो उम्मेदवार नभएको बुझाई स्थानीयको छ...