नेपालगन्ज, १ जेष्ठ – नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ मा राप्रपाका उम्मेदवार निर्वाचित भएका छन् । राप्रपाका मनोज श्रेष्ठ ५ सय ५० मत प्राप्त गरी निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका प्रदिप श्रेष्ठले ५ सय ३४ मत प्राप्त गरेका छन् । जनता समाजवादी पार्टी(जसपा)का उम्मेदवारले २ सय ९३ मत प्राप्त गरेका छन् । उक्त वडामा २०७४ को निर्वाचनमा नेपाली काँग्रेसले जितेको थियो ।