
नेपालगन्ज, २ जेष्ठ – नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ५ को वडा अध्यक्षमा जसपाबाट शराफत खान निर्वाचित भएका छन् । यो वडामा यसअघि राप्रपाले जितेको थियो ।
शराफतको पुरै प्यानल विजय भएपछि भेरी प्राविधि शिक्षालयकाे प्राङ्गणमा बाजागाजाका साथ बिशाल र्याली निकालिएको छ । खानले संक्षिप्त प्रतिकृया दिंदै युवाहरूलाई साथ लिएर वडाकाे चाैतर्फी विकास कार्यमा सेवारत रहने बताउनु भयाे ।
