Saturday, June 27सत्यम खबर
Shadow

आस्था

उपमहानगरको सौन्दर्यकरणमा थप जिम्मेवार बन्न मेयर विष्टको निर्देशन

उपमहानगरको सौन्दर्यकरणमा थप जिम्मेवार बन्न मेयर विष्टको निर्देशन

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १८ जेष्ठ – नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले नगरको सौन्दर्यप्रति जिम्मेवार बन्न सम्वद्ध शाखा प्रमुख र कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ ।सुर्खेतरोडको ग्रिनरी क्षेत्रमा लगाइएका फुलका विरुवा काँटछाँट गर्ने क्रममा केही फुल समेत काटिएको विषय सामाजिक सञ्जाल सञ्जालमार्फत सार्वजनिक भएपछि नगर प्रमुख विष्टले बुधबार वातावरण शाखा, सरसफाई शाखाका प्रमुख तथा सम्वद्ध कर्मचारी (माली)हरुलाई बोलाएर यस विषयमा जानकारी लिंदै नगरको सौन्दर्यकरणमा ईमान्दारितापुर्वक लान निर्देशन दिनुभयो । उहाँले फुलहरु फुलेको समयमा काँटछाँट गर्ने कार्यले नगरबासीमा नकारात्मक सन्देश प्रवाह भएको भन्दै आगामी दिनमा यसखालका नियमित काम गर्दा आफै सोचविचारगर्न आग्रह गर्नुभयो । फुलहरु फुलेको समयमा भन्दा पनि नफुलेको समयमा काँटछाँट गर्न उहाँले आग्रह गर्नुभयो ।सम्वद्ध शाखा प्रमुख तथा मालीहरुले भने विरुवाहरुक...
उद्यमी महिला सहकारीद्वारा नवनिर्वाचित जनप्रतिनिधिहरूलाई स्वागत तथा सम्मान

उद्यमी महिला सहकारीद्वारा नवनिर्वाचित जनप्रतिनिधिहरूलाई स्वागत तथा सम्मान

आस्था, प्रदेश ५, राजनीति, समाचार, समाज
खजुरा, १५ जेष्ठ - गणतन्त्र दिवसको अवसरमा खजुरा गा.पा. वडा नम्बर ४ एफ गाउँ स्थित साझा फुलबारी सामाजिक उद्यमी महिला सहकारी संस्था लि.द्वारा गाउँपालिकाकाे नवनिर्वाचित पदाधिकारीहरूलाई स्वागत तथा सम्मान गरेकाे छ । स्वागत तथा सम्मान कार्यक्रममा गाउँपालिका अध्यक्ष डम्बर विक, उपाध्यक्ष मञ्जु मल्ल, वडा नं. ४ का वडाध्यक्ष टेकबहादुर रोकाय, वडासदस्यहरू बलबहादुर कठायत, बलबहादुर विसी, लीला सुनारलगायतलाई सम्मान गरिएकाे थियाे । स्वागत तथा सम्मान कार्यक्रमकाे अतिथिहरूमा बालकृष्ण सुनार, खम्ब गिरी, रुद्र शाही, संस्थाका शेयर सदस्य, एफ गाउँको बौद्धिक व्यक्तित्व, राजनीतिज्ञ, भद्र भलादमीहरुको उपस्थितिमा स्वागत तथा सम्मान कार्यक्रम भव्यताको साथ सम्पन्न गरिएकाे थियाे । वडाध्यक्ष रोकायले नेपाल सरकारले गाउँगाउँ सहकारी र घरघर भकारी भन्ने अभियान अघि सारेको, अभियानमा हातेमालो गरी सदैव अगाडि बढ्ने प्रतिवद्धता ज...
स्वास्थ्य शिविरबाट १०२ वर्षिय महिला सहित ५ सय पचास जना लाभान्वित

स्वास्थ्य शिविरबाट १०२ वर्षिय महिला सहित ५ सय पचास जना लाभान्वित

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
बढैयाताल, १५ जेष्ठ – बढैयाताल गाउँपालिका वडा नम्बर ४ मा आयोजना गरिएको निःशुल्क आँखा तथा स्वास्थ्य शिविरमा ५ सय पचास जना लाभान्वित भएका छन् । शनिवार दिनभरी सञ्चालन गरिएको उक्त शिविरबाट स्थानीय ग्रामीण समुदायका सर्वसाधारण स्वास्थ्य परिक्षण र उपचार सेवाबाट लाभान्वित भएका हुन् । ग्रामीण आर्थिक सामाजिक उत्थान केन्द्रको आयोजनामा सम्पन्न उक्त शिविरमा बढैयाताल गाउँपालिका वडा नम्बर ४ को कार्यालय तथा बढैयाताल युवा सञ्जालको समन्वयमा सम्पन्न उक्त शिविरमा महिला २०४ जना र पुरुष ७० जना सहित २७४ जनाको स्वास्थ्य परिक्षण तथा आँखा परिक्षण गरिएको थियो । शिविरमा महिला १९५ जना र ८१ ज्ना पुरुष समेत २७६ जनाले आँखा परिक्षण गराएर औषधि समेत निःशुल्क प्राप्त गरेका थिए । उक्त शिविरमा सबभन्दा बढी उमेर १०२ वर्षकी थारुले पनि स्वास्थ्य परिक्षण र आँखा परिक्षण गराएकी थिइन् ।शिविरमा बढैयाताल गाउँपालिकाका प्रमुख...
नवनिर्वाचित जनप्रतिनिधिले अदालतको फैसलालाई कार्यान्वयन गर्ने प्रतिबद्धता

नवनिर्वाचित जनप्रतिनिधिले अदालतको फैसलालाई कार्यान्वयन गर्ने प्रतिबद्धता

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगन्ज, १५ जेष्ठ – नेपालगन्जमा उठेका सार्वजनिक सरोकारका सवाललाई कार्यान्वयन गर्न सरोकारवाला निकायले प्रतिबद्धता गरेका छन् । सार्वजनिक सरोकारका सवालका विषयमा नागरिकस्तरबाट उठान गरि कार्यान्वयनका लागि उच्च अदालतबाट भएको आदेशलाई सम्वन्धित कार्यालयहरुलाई कार्यन्वयन गर्न दबाब दिइएको थियो । पारस्परिक जवाफदेहिता परियोजना अन्र्तगत सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले आज आईतबार आयोजना गरेको अदालतको फैसला कार्यान्वयन विषयक छलफल कार्यक्रमका सहभागिहरुले सार्वजनिक सवालहरु उठने गरेको र कार्यान्वयनका लागि अदालतले आदेश पनि दिने तर सरोकारवाला निकायले कानूनको समेत अटेरी गरि कानमा तेल हालेर बसिरहेको भन्दै त्यस्ता निकायहरुलाई जवाफदेही बनाउनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा नेपालगन्जका मेयर प्रशान्त विष्टले नेपालगन्जसंग सम्वन्धित सवालका बारेमा अदालतले गरेको फैसलालाई अध्ययन गरि ...
पूर्वपति चौबेद्वारा क्षमायाचना पश्चात पैसा लिने भईन खाताधारी शर्मा

पूर्वपति चौबेद्वारा क्षमायाचना पश्चात पैसा लिने भईन खाताधारी शर्मा

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १५ जेष्ठ – समयमा गलती सुधार गरे सबथोक मिल्छ भन्ने उदाहरण समानता बचत तथा ऋण सहकारी संस्था लिमिटेडले प्रस्तुत गरेको छ ।केही दिनदेखि लगातार बैंकमाथि लाग्दै आएको आरोपलाई सुधार गरी समानता सहकारीका शेयर सदस्यदेखि कर्मचारी समेत अगाडी आई भए गरेका गलती सुधार गरी सम्बन्धित खाताधारी सन्ध्या शर्मालगायतलाई भुक्तानी दिने भएका छन् । दुई दिनको निरन्तर प्रयासपछि पीडित खाताधारी सन्ध्या शर्माले न्याय पाउने भएका छन् । आज आईतबार स्वास्तिक कटेजमा सम्बन्धित पीडित पक्ष र पीडक पक्षबीच छलफल पश्चात निवेदन दिने खाताधारी सन्ध्या शर्माका पूर्व पति प्रशान्त चौबेले भने ‘अन्जान बस मबाट गलती भएको हो, मैले समानता सहकारीमा निवेदन प्रस्तुत गर्दा श्रीमति उल्लेख नगर्नु पर्ने, म बाहेक अन्य खाताधारीहरुको पैसा ननिकाल्नु पर्ने भएको हुँदा अब उ्रप्रान्त मबाट कहिले त्यस्तो गलती नहुने भन्दै पूर्व श्रीमति सन्ध्या शर्मा...
साहु समाजद्वारा नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान

साहु समाजद्वारा नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान

आस्था, प्रदेश ५, राजनीति, समाचार, समाज
नेपालगन्ज, १४ जेष्ठ - नेपालगन्ज उपमहानगरपालिकाका नव निर्वाचित मेयर प्रशान्त बिष्ट तथा उपमेयर कमरुद्दिन राईलाई साहु समाज बाँकेको आयोजनमा एक कार्यक्रमका बीच स्वागत तथा सम्मान गरिएको छ । सम्मान अवसरमा बोल्दै नगर प्रमुख प्रशान्त बिष्टले नेपालगन्ज शहर सदभावको शहर हो र बिभिन्न जात जातिका समुदायको आफ्नै परम्परा रहेकोले सबै समाजको धर्म, कला, संस्कृतिको संरक्षण संवर्धन गर्नका साथ बिभिन्न समाज समुदायलाई सहयोग गर्ने र सबै समाजलाई समेटेर लैजाने प्रतिबद्धता ब्यक्त गर्दै साहु समाजको अग्रसरतामा आईपर्ने समस्यालाई भौतिक र संस्थागत रुपमा सहयोग गर्ने बताएका छन् । साहु समाजको स्थापना मन्दिर धर्मशाला निर्माण योगदान प्रति दाताहरूले अग्रणी भुमिका निर्वाह गरेका अझ समाज सेवी स्व. चुन्नीलाल साहुको योगदान र भुमिकाको चर्चा गर्दै श्रद्धाञ्जली समेत ब्यक्त गरेका थिए । सम्मान कार्यक्रममा उपमेयर कमरुद्दिन राईले स...
अमेरिका चर्चा: डा. देब जोशी

अमेरिका चर्चा: डा. देब जोशी

आस्था, प्रदेश ५, विचार/अन्तर्वार्ता, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाज
मिति: २०७९ जेष्ठ १४ गते, शनिबारमानिसहरु अमेरिकाको बारेमा कुरा गर्दछन् । आज नेपालको गाउँ-गाउँमा अमेरिकाको चर्चा छ, र यो अकारण छैन । यो यसकारण पनि महत्वपूर्ण छ कि मैले पहिले लेख्ने कोसिस गरेको महाशाक्तिहरुको नयाँ दिग्विजयको दुन्दुभी अन्तर्गत भै-रहेको छ । यो निसन्देह: इतिहासको पुन: अन्त्यको कोसिस र भाष्य सिर्जनाको शृंखला अन्तर्गत भैरहेको छ । तर, मेरा अमेरिका सम्झनाहरु भने सरल छन् - मलाई नेपाली कथानक चलचित्र 'ट्रक-ड्राइवर'को धूमिल सम्झना भै-रहेछ। त्यसका एक जना रक्स्याहा पात्र - सम्भवत: मदनकृष्ण श्रेष्ठ - ले कुनै मदिरालयमा आफ्ना लाहुरका सम्झनाका पोयाहरु ऊधिन्नु भएको एक दृश्य छ। त्यो बिश्व-युद्दको कुनै मोर्चामा कसरी एक बहादुर नेपालीले प्रतिकूलता सामना गर्यो, परिस्थिति माथि बिजयी भयो भन्नेसँग सम्बन्धित छ। र आजको यथार्थ यो छ कि नेपालको जनसंख्याको ठूलो हिस्साले अमेरिका प्रबासको बाटो रोजेको छ । र, य...
नाजाद्वारा समानता सहकारी र भ्रममा पारी रकम झिक्ने चौबेमाथी कडा कारवाहीको माग

नाजाद्वारा समानता सहकारी र भ्रममा पारी रकम झिक्ने चौबेमाथी कडा कारवाहीको माग

अपराध, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १३ जेष्ठ - अवधी पत्रकार संघ नेपाल (नाजा) का केन्द्रीय कोषाध्यक्ष सन्ध्या शर्माको नेपालगन्जस्थित समानता बचत तथा ऋण सहकारी संस्थामा आफ्नो र दुई वटा छोरीको खातामा रहेको रकम कुनै पनि आधिकारिक कागज प्रमाण विना अर्कैलाई भुक्तानी गरेको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्ती मार्फत जनाईएकाे छ । विज्ञप्तीमा कृष्णसार एफ एम र जनमत अर्ध साप्ताहिकमा काम गर्ने सञ्चारकर्मी शर्मालाई सहकारी बैंकले कुनैपनि सूचना नदिई प्रशान्त चौबेलाई रकम भुक्तानी दिइएको रहस्य खुलेको घटनाप्रति सहकारी र भ्रममा पारी रकम झिक्ने चौबेमाथी आवश्यक छानविन गरि कडा कारवाहीको माग गर्दछौ भनी उल्लेख गरिएकाे छ । चौबेले २०७८ पुस १२ गते मेरो श्रीमती सन्ध्या शर्मा र छोरी भन्दै निवेदन दिएर रकम भुक्तानी लिएका थिए । यता शर्माले चौबेसँग २०७८ भदौ महिना मै आदलतबाट सम्वन्ध विच्छेद भईसकेपछि चौबेको कुनै पनि अधिकारभित्र नपर...
डुडुवा अध्यक्षद्धारा कार्यभार शुरु, आर्थिक खर्च घटाउने पहिलो निर्णय

डुडुवा अध्यक्षद्धारा कार्यभार शुरु, आर्थिक खर्च घटाउने पहिलो निर्णय

आस्था, प्रदेश ५, राजनीति, समाचार
डुडुवा, १२ जेष्ठ - डुडुवा गाउँपालिकाले आर्थिक भार घटाउन खर्चको कटौती गर्न शुरु गरेको छ । गाउँपालिकाको आन्तरिक स्रोतले भार थेग्न नसकेपछि करार कर्मचारीहरुको कटौती गर्न शुरु गरेको हो । प्रशासनिक खर्चमा मितव्यीता कायम गर्न आर्थिक खर्चमा कटौती गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत परशुराम उपाध्यायले बताउनुभयो । उहाँका अनुसार करार कर्मचारीहरु मध्ये कार्य सम्पादन क्षमता कमजोर भएका कर्मचारीहरुको सम्झौता अन्त्य गर्ने नितिगत निर्णय भएको छ । कार्यभार सम्हाल्दै गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले गाउँपालिकाको आर्थिक भार कम गर्न खर्च कटौती गर्ने नितिगत निर्णय गर्नु भएको छ । खर्च कटौतीसँगै गाउँपालिकाको आन्तरिक स्रोत बृद्धिका लागि आवश्यक पहल गर्ने भन्दै अध्यक्ष चौधरीले गाउँपालिकाका सम्पुर्ण नागरिकहरुलाई धन्यवाद ज्ञापन गर्दै जनताको सेवामा सधै खटने प्रतिबद्धता व्यक्त गर्नुभयो । दोस्रो का...
नवनिर्वाचित जनप्रतिनिधिलाई अंजनी माता रसाेईद्वारा मायाकाे चिनाेसहित सम्मान(फाेटाेफिचरसहित)

नवनिर्वाचित जनप्रतिनिधिलाई अंजनी माता रसाेईद्वारा मायाकाे चिनाेसहित सम्मान(फाेटाेफिचरसहित)

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १२ जेष्ठ - भेरी प्रादेशिक अस्पतालको प्रांगणमा सञ्चालित अंजनी माता रसोइ घरले नवनिर्वाचित जनप्रतिनिधिहरूलाई स्वागत तथा अभिनन्दन गरेको छ । बिहिवार अंजनी माता रसोइले भेरी प्रादेशिक अस्पतालको प्रांगणमा आयोजित गरेको स्वागत तथा अभिनन्दन कार्यक्रममा बोल्दै नवनिर्वाचित नगर प्रमुख प्रशान्त विष्टले, "अन्जनी माता रसोइले कोभिड-१९ संक्रमणको बेला जुन प्रकारले अस्पतालका कुरूवा, बिरामीदेखि सर्वसाधारण समेतलाई २० रुपियाँमा खाना खुवायो यसको प्रशंसा यहाँ मात्र होइन देश विदेशसम्म भएको छ । यसको पहिचान यहिंसम्म छैन बरु देश विदेशसम्म भएको छ ।" "यसलाई उपमहानगरले जति सहयोग दिँदै आएको थियो अब त्यसकाे दोब्बर आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता प्रकट गर्दछु । अंजनी माता रसोइबाट २४–२५ वटा जिल्लाका व्यक्तिले प्रत्यक्ष रुपले लाभ लिएका छन् । अब कसैलाई भोकै पेट बस्न नपरोस् यहि यसको उद्देश्य रहेको बताउनुभ...