
खजुरा, १५ जेष्ठ – गणतन्त्र दिवसको अवसरमा खजुरा गा.पा. वडा नम्बर ४ एफ गाउँ स्थित साझा फुलबारी सामाजिक उद्यमी महिला सहकारी संस्था लि.द्वारा गाउँपालिकाकाे नवनिर्वाचित पदाधिकारीहरूलाई स्वागत तथा सम्मान गरेकाे छ ।
स्वागत तथा सम्मान कार्यक्रममा गाउँपालिका अध्यक्ष डम्बर विक, उपाध्यक्ष मञ्जु मल्ल, वडा नं. ४ का वडाध्यक्ष टेकबहादुर रोकाय, वडासदस्यहरू बलबहादुर कठायत, बलबहादुर विसी, लीला सुनारलगायतलाई सम्मान गरिएकाे थियाे ।
स्वागत तथा सम्मान कार्यक्रमकाे अतिथिहरूमा बालकृष्ण सुनार, खम्ब गिरी, रुद्र शाही, संस्थाका शेयर सदस्य, एफ गाउँको बौद्धिक व्यक्तित्व, राजनीतिज्ञ, भद्र भलादमीहरुको उपस्थितिमा स्वागत तथा सम्मान कार्यक्रम भव्यताको साथ सम्पन्न गरिएकाे थियाे ।
वडाध्यक्ष रोकायले नेपाल सरकारले गाउँगाउँ सहकारी र घरघर भकारी भन्ने अभियान अघि सारेको, अभियानमा हातेमालो गरी सदैव अगाडि बढ्ने प्रतिवद्धता जाहेर गरेका थिए ।
यसैगरी गापा उपाध्यक्ष मल्लले एफ गाउँमा ५ सय जना नितान्त महिला दिदि बहिनीहरु गोलबद्द भई अगाडि बढ्नु भएकोमा खुसी हुँदै आफूले आगामी दिनमा हुन सक्ने सम्पूर्ण साथ सहयोग स्थानिय तह देखि लिएर केन्द्रिय सरकारसम्म सहकारीको विकासको निम्ति पहल गर्नेछु भनी प्रतिवद्धता जाहेर गरेका थिए ।
नवनिर्वाचित गाउँपालिका अध्यक्ष विक सहकारीको हालसम्म आफ्नो भवन नभएको आवाज सदस्यबाट सुनेपछि आउँदो आर्थिक वर्षमा बजेट विनियोजनमा समावेश गर्ने छु भन्ने प्रतिवद्धता जाहेर गरेका थिए ।
