Tuesday, October 22सत्यम खबर
Shadow

साहु समाजद्वारा नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान

नेपालगन्ज, १४ जेष्ठ – नेपालगन्ज उपमहानगरपालिकाका नव निर्वाचित मेयर प्रशान्त बिष्ट तथा उपमेयर कमरुद्दिन राईलाई साहु समाज बाँकेको आयोजनमा एक कार्यक्रमका बीच स्वागत तथा सम्मान गरिएको छ ।

सम्मान अवसरमा बोल्दै नगर प्रमुख प्रशान्त बिष्टले नेपालगन्ज शहर सदभावको शहर हो र बिभिन्न जात जातिका समुदायको आफ्नै परम्परा रहेकोले सबै समाजको धर्म, कला, संस्कृतिको संरक्षण संवर्धन गर्नका साथ बिभिन्न समाज समुदायलाई सहयोग गर्ने र सबै समाजलाई समेटेर लैजाने प्रतिबद्धता ब्यक्त गर्दै साहु समाजको अग्रसरतामा आईपर्ने समस्यालाई भौतिक र संस्थागत रुपमा सहयोग गर्ने बताएका छन् ।

साहु समाजको स्थापना मन्दिर धर्मशाला निर्माण योगदान प्रति दाताहरूले अग्रणी भुमिका निर्वाह गरेका अझ समाज सेवी स्व. चुन्नीलाल साहुको योगदान र भुमिकाको चर्चा गर्दै श्रद्धाञ्जली समेत ब्यक्त गरेका थिए ।

सम्मान कार्यक्रममा उपमेयर कमरुद्दिन राईले सदभावको शहरलाई भेदभाव रहित जातीय, धार्मिक, एक आपसमा मिलीजुली सबैमा मुस्कान ल्याउने बताउँदै बिकाशको फडकोका लागी सबैका साथ सबैको बिकाशको नारा दिंदै ब्यापार ब्यवसाय फस्टाउने बाताबरण बनाउने र यो सम्मान खेर नजाने बताएका छन् ।

कार्यक्रममा सम्मानित निर्वाचित २१ वडा अध्यक्ष राजकुमार साहु तेली र वडा नम्बर ५ का अध्यक्ष शराफत हुसेन शेषले पनि आफ्ना बिचार राखेका थिए ।

कार्यक्रममा अतिथिहरुको बाक्लो उपस्थितमा साहु समाज समिति र समाजको युवा समितिका पदाधिकारी सदस्य सहितको उपस्थितमा साहु समाजका अध्यक्ष हंसराम साहुको सभापतित्वमा सम्पन्न भएको छ भने कार्यक्रम सञ्चालन समाजका सहसचिव प्रदीप साहले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *