Wednesday, April 22सत्यम खबर
Shadow

नवनिर्वाचित जनप्रतिनिधिले अदालतको फैसलालाई कार्यान्वयन गर्ने प्रतिबद्धता

नेपालगन्ज, १५ जेष्ठ – नेपालगन्जमा उठेका सार्वजनिक सरोकारका सवाललाई कार्यान्वयन गर्न सरोकारवाला निकायले प्रतिबद्धता गरेका छन् । सार्वजनिक सरोकारका सवालका विषयमा नागरिकस्तरबाट उठान गरि कार्यान्वयनका लागि उच्च अदालतबाट भएको आदेशलाई सम्वन्धित कार्यालयहरुलाई कार्यन्वयन गर्न दबाब दिइएको थियो ।


पारस्परिक जवाफदेहिता परियोजना अन्र्तगत सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले आज आईतबार आयोजना गरेको अदालतको फैसला कार्यान्वयन विषयक छलफल कार्यक्रमका सहभागिहरुले सार्वजनिक सवालहरु उठने गरेको र कार्यान्वयनका लागि अदालतले आदेश पनि दिने तर सरोकारवाला निकायले कानूनको समेत अटेरी गरि कानमा तेल हालेर बसिरहेको भन्दै त्यस्ता निकायहरुलाई जवाफदेही बनाउनुपर्नेमा जोड दिएका थिए ।


कार्यक्रममा नेपालगन्जका मेयर प्रशान्त विष्टले नेपालगन्जसंग सम्वन्धित सवालका बारेमा अदालतले गरेको फैसलालाई अध्ययन गरि कार्यन्वयनका लागि एउटा समिति निर्माण गरि कार्यान्वयन प्रक्रिया अघि बढाउने बताउनुभयो । उहाँले अदालतले गरेको फैसला कार्यान्वयन भएमा सभ्य र सुन्दर शहर निमार्ण हुने विश्वास व्यक्त गर्दै नगरभित्रका मुद्दालाई सम्बोधन गर्न रणनितिक योजना निमार्ण गरि अघि बढने बताउनुभयो ।


छलफलमा उच्च अदालत नेपालगन्ज इजलासका वरिष्टतम न्यायधिस डा. रत्नबहादुर बागचन्दले सार्वजनिक सरोकारका सवालमा अदालतले गरेको फैसला कार्यान्वयन बारे राष्ट्रिय अन्तर्राष्ट्रिय कानूनका बारेमा जानकारी गराउ“दै अदालतको आदेश कार्यान्वयन गरेमा संविधान, कानूनको सम्मानसंगै स्थानीय सरकार पनि सफल हुने बताउनुभयो । उहाँले यसमा कसैको पनि जित हार नहुने भएकाले सरोकारवाला निकायले यसलाई सहज रुपमा लिनुपर्नेमा जोड दिदै नेपालमा सार्वजनिक सवालमा अदालतले गर्ने फैसला तथा आदेशको कार्यान्वयनको अवस्था न्युन हुनुमा दुखद भएको बताउनुभयो ।


नेपालगन्जका उपमेयर कमरुद्दिन राईले नेपालगन्ज नगरमा थुप्रै समस्याहरु रहेकाले अहिले निर्वाचित जनप्रतिनिधीले अवश्य ती सवालको पहिचान गरि कार्यान्वयनमा ल्याउने प्रतिबद्धता गर्नुभयो । बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले जिल्लामा उठने सवालहरुको बारेमा प्रशासन कार्यालय गम्भीर रुपमा लिने र सम्वन्धित निकायलाई कार्यान्वयनका लागि पहल गर्ने बताउनु भयो ।
छलफलमा संस्थाका अध्यक्ष अधिबक्ता विश्वजित तिवारीले जिल्लामा सार्वजनिक सवालका मुद्दा, अदालतले गरेको फैसला, कार्यन्वयनको अवस्था चुनौती र पहलका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो ।


छलफलमा उच्च सरकारी वकिल कार्यालय नेपालगन्जका प्रमख कृष्णराज पन्त, नेपाल बारका पुर्ब केन्द्रीय उपाध्यक्ष सुनिल श्रेष्ठ, उच्च अदालत बार एशोसिएसन नेपालगन्जका अध्यक्ष शिव श्रेष्ठ, बाँके जिल्ला बारका अध्यक्ष जनकबहादुर शाही, राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्जका प्रमुख झंकर रावल, प्रहलादबहादुर कार्की, अधिकारकर्मी भोला महत, निशु जोशी लगायतले बोल्नु भएको थियो ।
आयोजक संस्थाले बाँके र बर्दिया जिल्लाका सार्वजनिक सवालहरुको पहिचान गरि कार्यन्वयन गर्न उच्च अदालतमा रिट दायर गर्ने, नागरिक स्तरबाट खबरदारी गर्ने, सरोकारवाला निकायलाई जवाफदेही बनाउने कार्यमा सक्रिय रुपमा काम गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *