Tuesday, October 22सत्यम खबर
Shadow

नाजाद्वारा समानता सहकारी र भ्रममा पारी रकम झिक्ने चौबेमाथी कडा कारवाहीको माग

नेपालगन्ज, १३ जेष्ठ – अवधी पत्रकार संघ नेपाल (नाजा) का केन्द्रीय कोषाध्यक्ष सन्ध्या शर्माको नेपालगन्जस्थित समानता बचत तथा ऋण सहकारी संस्थामा आफ्नो र दुई वटा छोरीको खातामा रहेको रकम कुनै पनि आधिकारिक कागज प्रमाण विना अर्कैलाई भुक्तानी गरेको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्ती मार्फत जनाईएकाे छ ।

विज्ञप्तीमा कृष्णसार एफ एम र जनमत अर्ध साप्ताहिकमा काम गर्ने सञ्चारकर्मी शर्मालाई सहकारी बैंकले कुनैपनि सूचना नदिई प्रशान्त चौबेलाई रकम भुक्तानी दिइएको रहस्य खुलेको घटनाप्रति सहकारी र भ्रममा पारी रकम झिक्ने चौबेमाथी आवश्यक छानविन गरि कडा कारवाहीको माग गर्दछौ भनी उल्लेख गरिएकाे छ ।

चौबेले २०७८ पुस १२ गते मेरो श्रीमती सन्ध्या शर्मा र छोरी भन्दै निवेदन दिएर रकम भुक्तानी लिएका थिए । यता शर्माले चौबेसँग २०७८ भदौ महिना मै आदलतबाट सम्वन्ध विच्छेद भईसकेपछि चौबेको कुनै पनि अधिकारभित्र नपर्ने कानूनी व्यवस्था छ । दुई जना विचको नाता सम्वन्ध छुट्टिए पनि यस्तो भ्रम र जालसाजी काम गर्ने चौबेमाथी आवश्यक छानविन गरि दोषीलाई कडा कारवाहीको माग गर्दछौ भनी विज्ञप्तीमा उल्लेख गरिएकाे छ ।

चौबेले अहिले पनि सामाजिक संजाल तथा साथी भाईमार्फत शर्माका बारेमा टिका टिप्पणी तथा विभिन्न अपशब्दहरु प्रयोग गरिरहेकाले आजैका मितिदेखि त्यस्तो कार्य गर्न नदिन स्थानीय प्रहरी प्रशासनसँग माग गर्दछौ । साथै सहकारी बैंकले एउटा निवेदन कै आधारमा पासबुक लगायतका प्रमाण विना रकम भुक्तानी गरेपछि सहकारी प्रतिको विश्वसनियता गुम्ने देखिएकोले सहकारीका प्रबन्धकलाई समेत कारवाही गर्नुपर्ने संघको ठहर छ । नेपालगन्ज २० बस्ने सन्ध्या शर्माको व्यक्तिगत खाता तथा छोराछोरीको खाताबाट रकम झिक्ने कार्यले थप असुरक्षित बनाइ मानसिक तनाव उत्पन्न गराएको अवधी पत्रकार संघ नेपालका महासचिव गुरूमुरत यादवद्वारा जारी विज्ञप्तीमा जनाईएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *