Saturday, June 27सत्यम खबर
Shadow

आस्था

जनतालाई सेवा दिँदा कसैलाई पनि भेदभाव नगर्ने : वडाध्यक्ष गुप्ता

जनतालाई सेवा दिँदा कसैलाई पनि भेदभाव नगर्ने : वडाध्यक्ष गुप्ता

आस्था, प्रदेश ५, राजनीति, समाचार
सकिल अहमद राईजानकी, ११ जेष्ठ - बाँकेको जानकी गाउँपालिका वडा नं. २ का नवनिर्वाचित वडा अध्यक्ष र सदस्यहरुले आफ्नो कार्यभारको पदभार ग्रहण गर्नु भएको छ । पदभार ग्रहण गर्नु पहिला वडाका कर्मचारीले उहाँहरुलाई स्वागत गर्नु भएको थियो । पदभार ग्रहण गर्दै वडा अध्यक्ष चन्द्रिकाप्रसाद गुप्ताले जनतालाई सेवा दिँदा कसैलाई पनि भेदभाव नगर्ने बताउनु भयो । उहाँले आफु नागरिक सेवाका लागि वडा अध्यक्षको चुनावी प्रतिस्पर्धामा गरेको र वडाबासीले विश्वासी गरी आफ्नो समूहलाई विजयी बताएको बताउँदै अब वडाबासीको भूमिका सकियो आफुहरुले वडाबासीको सेवा गर्ने दिनको सुरुवात भएको बताउनु भयो । वड नं. २ का समस्या र जनतासँग जनप्रतिनिधि हुनु पहिला पनि सेवागर्दै आउनु भएको वडा अध्यक्ष गुप्ता जानकीमा उदारणीय वडाको रुपमा वडा नं. २ लाई कसरी स्थापित गर्न सकिन्छ सबै वडाबासीको सहयोगको अपेक्षा गर्नु भएको छ ।...
जानकी १ मा वडाध्यक्ष राईले गरे दोस्रो कार्यकालको पदभार ग्रहण

जानकी १ मा वडाध्यक्ष राईले गरे दोस्रो कार्यकालको पदभार ग्रहण

आस्था, प्रदेश ५, राजनीति, समाचार, समाज
सकिल अहमद राईजानकी, ११ जेष्ठ - बाँकेको जानकी गाउँपालिकामा वडा नं. १ मा आफ्नो वडाका विकास निर्माणमा उत्कृष्ठ कार्य गरेर पहिलो कार्याकालयमा विकासप्रेमी वडा अध्यक्षको रुपमा चर्चामा जानकी–१ का वडा अध्यक्ष मो. रजा राईले दोश्रो कार्यकालको पदभार ग्रहण गरेका छन् । नवनिर्वाचित वडा नम्बर १ का वडा अध्यक्ष राईले पदभार ग्रहण गर्दै जनतालाई सेवा दिँदा कसैलाई पनि भेदभाव नगर्ने बताउनु भयो । पद सम्भालेको दिन वडा अध्यक्ष राईले नाता प्रमाणितको सिफारिस दिएर कामको उद्घाटन गरेका हुन । पदभार कार्यक्रममा गठबन्धनका नवनिर्वाचित वडा अध्यक्ष लगायत जनप्रतिनिधिहरुलाई वडाका कर्मचारी, नेता, कार्यकर्ता र स्थानीयहरुले टीका र खादा लगाएर सम्मान गरेका थिए । पद ग्रहण कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष राम्प्यारी यादव, वडा सचिव ईश्वर कुमार बम, प्र.अ द्रोणबहादुर थापा, कर्मचारी, नेता तथा कार्यकर्ता लगायतको उपस्थिती रहेको ...
वडाको जनतालाई सेवा प्रदान गर्न सेवक भई अहोरात्र खटिने छुः वडाध्यक्ष टिकानाथ यादव

वडाको जनतालाई सेवा प्रदान गर्न सेवक भई अहोरात्र खटिने छुः वडाध्यक्ष टिकानाथ यादव

आस्था, प्रदेश ५, राजनीति, समाचार
सकिल अहमद राईजानकी १० जेष्ठ - जानकी गाउँपालिकाको गत बैशाष ३० गते सम्पन्न भएको स्थानिय निर्वाचनमा जानकी गाउँपालिका वडा नं. ५ को वडाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार टिकानाथ यादव विजयी भएका छन् । नेकपा एमाले र जासपाका उम्मेदवारद्वय रमेशकुमार वर्मा र राजेन्द्रकुमार कुर्मीलाई पछि पार्दै उनी वडाध्यक्षमा विजयी भएका हुन् । नवनिर्वाचित यादवले सोमबार वडा कार्यालयमा पदभार ग्रहण गरेका छन् । वडाध्यक्ष यादवले भ्रष्टचार रहीत भएर पारदर्शी ढंगले काम गर्ने बाचा गर्दै आफुलाई जनताले विश्वास गरेर पठाएको हुनाले अगामी पाँच वर्षसम्म जनताको सेवामा सदा समर्पित हुने बताए । उनले भने, ‘मलाई जनताले विश्वास गरेर यो ठाउँ सम्म पुर्याउनु भएको छ । उहाँको विश्वासलाई कहिल्यै तोड्ने छैन । मेरो कार्यकाल भरी नै म केवल जनताको सेवामा समर्पित भएर लाग्नेछु । यो मेरो बाचा हो । कुनैदिन पनि मेरो वडाका जनतालाई निराश गराउने छैन...
जानकी वडा नं.३ का पदाधिकारीले कार्यभार सम्हालदै

जानकी वडा नं.३ का पदाधिकारीले कार्यभार सम्हालदै

आस्था, प्रदेश ५, राजनीति, समाचार
सकिल अहमद राईजानकी, १० जेष्ठ - बाँकेको जानकी गाउँपालिका वडा नं. ३ का नवनिर्वाचित वडा अध्यक्ष र सदस्यहरुले आफ्नो कार्यभारको पदभार ग्रहण गर्नु भएको छ । पदभार ग्रहण गर्नु पहिला वडाका कर्मचारीले उहाँहरुलाई स्वागत गर्नु भएको थियो । पदभार ग्रहण गर्दै वडा अध्यक्ष राजकुमार कुर्मीले जनतालाई सेवा दिँदा कसैलाई पनि भेदभाव नगर्ने बताउनु भयो । उहाँले आफु नागरिक सेवाका लागि वडा अध्यक्षको चुनावी प्रतिस्पर्धामा गरेको र वडाबासीले विश्वासी गरी आफ्नो समूहलाई विजयी बताएको बताउँदै अब वडाबासीको भूमिका सकियो आफुहरुले वडाबासीको सेवा गर्ने दिनको सुरुवात भएको बताउनु भयो । वड नं. ३ का समस्या र जनतासँग जनप्रतिनिधि हुनु पहिला पनि सेवा गर्दै आउनु भएको वडा अध्यक्ष कुर्मी जानकीमा उदारणीय वडाको रुपमा वडा नं. ३ लाई कसरी स्थापित गर्न सकिन्छ सबै वडाबासीको सहयोगको अपेक्षा गर्नु भएको छ । पारदर्शि, जवाफदेही र जनमुखी सेवाका...
पदभार ग्रहणसँगै शिक्षा तथा स्वास्थ्यलाई पहिलो प्राथमिकता दिने वडाध्यक्ष समिरप्रताप सिंहको प्रतिबद्धता (फोटोफिचरसहित)

पदभार ग्रहणसँगै शिक्षा तथा स्वास्थ्यलाई पहिलो प्राथमिकता दिने वडाध्यक्ष समिरप्रताप सिंहको प्रतिबद्धता (फोटोफिचरसहित)

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १० जेष्ठ – नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ का नवनिर्वाचित वडा अध्यक्ष समिर प्रताप सिंह लगायत टिमले पदभार ग्रहण गरेका छन् । वडा कार्यालयमा कर्मचारीहरुद्वारा एक समारोहको आयोजना गरेर अध्यक्ष सिंहलगायत वडा सदस्यहरुले पदभार ग्रहण गरेका छन् । दोस्रो पटक अध्यक्षमा दोहोरिएका सिंहले पदभार ग्रहणसँगै कोभिड–१९ को समयमा थल परेको स्वास्थ्य र शिक्षा गतिविधिमा तिब्रता दिन निर्देशन दिएका छन् । वडाअध्यक्ष सिंह– आफू वडाको सेवक भएको हु“दा पुनः सेवा गर्ने अवसर वडाबासीहरुले दिएको हु“दा हार्दिक अभार व्यक्त गर्दै नवनिर्वाचित वडा सदस्यहरुसहित आफ्नो टीमले पहिलो प्राथमिकताको साथ वडामा स्वास्थ्य, शिक्षा तथा धार्मिक मठमन्दिरहरुको संरक्षण तर्फ केन्द्रित रही कार्य गर्ने बताउनुभयो । समाजसेवी माधवराम बर्माले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा सफल कार्यकालको शुभकामनासहित जनताको सेवक भई कार...
डुडुवाका नवनिर्वाचित जनप्रतिनिधिद्धारा सपथ ग्रहण

डुडुवाका नवनिर्वाचित जनप्रतिनिधिद्धारा सपथ ग्रहण

आस्था, प्रदेश ५, राजनीति, समाचार
डुडुवा, ९ जेठ – बाँकेको डुडुवा गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले सपथ लिएका छन् । जिल्ला समन्वय समिति बाँकेको सभा हलमा आईतबार एक कार्यक्रमका विच डुडुवा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष नरेन्द्रकुमार चौधरीले नवनिर्वाचित उपाध्यक्ष शाहिदा बानोसहित ६ वटै वडाका अध्यक्ष र सदस्यलाई सपथ खुवाउनु भएको हो । सपथ कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्याय, निर्वाचन अधिकृत फडिकराज मुडभरी लगायतको उपस्थिती रहेको थियो । सपथ कार्यक्रममा अध्यक्ष चौधरी, उपाध्यक्ष बानो, निर्वाचित जनप्रतिनिधिहरु, कर्मचारीहरु लगायत विभिन्न पार्टीका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो । त्यस अवसरमा डुडुवा गाउँ कार्यपालिकाको महिला र दलित एवम् अल्पसंख्यक सदस्य पदको निर्वाचनका लागि कार्यक्रमको सुचि तालिका प्रकाशन गरिएको थियो । सूचि अनुसार जेठ ९ गते १३ गतेसम्मको निर्वाचन प्रक्रिया निर्धार...
खजुराका जनप्रतिनिधिले लिए सपथ

खजुराका जनप्रतिनिधिले लिए सपथ

आस्था, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, ९ जेष्ठ – बाँकेको खजुरा गाउँपालिकाका नवनिर्वाचित उपाध्यक्ष मन्जु मल्ल, वडा अध्यक्ष र वडा सदस्यहरुले सपथ ग्रहण गरेका छन् ।खजुरा गाउँपालिका अध्यक्ष डम्बर विक तुफानले नवनिर्वाचित खजुरा गाउँपालिकाका ८ वटा वडा अध्यक्ष र सदस्यहरुलाई कार्यालय परिसरमा सपथ ग्रहण गराएका थिए । सपथ ग्रहण कार्यक्रममा लुम्बिनी प्रदेश सासद आइपी खरेल, खजुरा गाउँपालिका निर्वतमान उपाध्यक्ष एकमाया विक, नेपाली काँग्रेस प्रदेश सभापति राजेन्द्र आर्चाय, नेपाली काँग्रेसका गाउँपालिका सभापति रमेश सिंजाली, माओवादी केन्द्रका खजुरा गाउँपालिका अध्यक्ष राज कुमार विक, लगायत विभिन्न राजनिति दलहरुका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।सपथ ग्रहण कार्यक्रममा प्रदेश सासद खरेलले गाउँपालिकाको जनप्रतिनिधि भएर निर्वाचित भैसकेपछि आम जनताको भावनालाई समेटेर काम गर्ने व्यक्तिका रुपमा आफुलाई प्रस्तुत गर्न सुझाव दिए । उनले भने, ुनिर्व...
सडक दुर्घटना न्युनीकरण सम्वन्धी स्थानीय तहमा कानून बनाउनु पर्नेमा जोड

सडक दुर्घटना न्युनीकरण सम्वन्धी स्थानीय तहमा कानून बनाउनु पर्नेमा जोड

अवधी, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज ९ जेठ – दिगो विकासका लागि सुरक्षित सडक र सवारी भन्ने मूल अभियानलाई नेपालगन्जमा सैदान्तिक अनुमोदन गरिएको छ । लुम्विनी प्रदेशका मन्त्री, संसादहरु, नेपालगन्जका मेयर, बाँकेका प्रमुख जिल्ला अधिकारी लगायत विभिन्न संघसंस्था अधिकारकर्मी लगायतको उपस्थितीमा उक्त अभियानलाई अनमोदन गरिएको हो । नासा नेपालको सहकार्यमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले आईतबार आयोजना गरेको कार्यक्रममा लुम्बिनी तथा कर्णाली प्रदेशको सार्वजनिक यातायात व्यवस्थापन, सडक सुरक्षा, उपचार तथा पूर्ण स्थापना र एकताबद्ध प्रयास लगायतका विषयमा छलफल गरिएको थियो । मोटरसइक्लिंग सुरक्षाका लागि सुरक्षित हेल्मेट, सडक सुरक्षा काउन्सिल तथा मानव अधिकारको विषयमा समेत सहभागीहरुले आ–आफनो धारणा राखेका थिए । कार्यक्रमका सहभागिहरुले सडक दुर्घटना न्युनीकरणमा आफैबाट आफनो जिम्मेवारीबोध गरिएमा सहयोग पुग्ने र यस सम्वन...
वडाध्यक्षहरूद्वारा सपथ ग्रहण बहिष्कार

वडाध्यक्षहरूद्वारा सपथ ग्रहण बहिष्कार

आस्था, प्रदेश ५, राजनीति, समाचार, समाज
नेपालगन्ज, ८ जेष्ठ - नेपालगन्ज उपमहानगरपालिकामा आयोजना गरिएको सपथ ग्रहण कार्यक्रम केही वडाका वडाध्यक्षहरूले बहिस्कार गरेका छन् । नेपालगन्ज उपमहानगरपालिकामा भद्रगोलशैलीमा आयोजना गरिएको सपथ ग्रहण कार्यक्रम बहिस्कार गरेका हुन । नेपालगन्ज उपमहानगरपालिकाले राखेको जनप्रतिनिधी स्वागत तथा सपथ कार्यक्रमको प्रक्रिया नमिलेको, सपथ ग्रहण गर्दा २३ जना वडाध्यक्ष र अन्य निर्वाचित पदाधिकारीलाई सँगै सपथ नगराई यथास्थानमा बसालेर अपमान हुने शैलीमा गरिएको जनप्रतिनिधीले आराेप लगाएका छन् । सपथ ग्रहण कार्यक्रम व्यानर समेत नराखिएको, अतिथि आसनमा समेत विभेद अपमान गरेको काँग्रेस जसपाको इशसारामा चलेर एमाले सहितका अन्य दलका जनप्रतिनिधीलाई उपेक्षा गरेको लगायतका आरोप लगाउँदैै एमालेसहितका केही दलका जनप्रतिनिधीले सपथ ग्रहण कार्यक्रम नै बहिस्कार गरेका छन् । उपमहानगरमा गरिएको सपथ ग्रहण कार्यक्रम प्रक्रिया संगत...
समृद्ध नरैनापुर बनाउन इमान्दारीताका साथ सबैको सहकार्यमा अघि बढ्छु –अध्यक्ष शाह

समृद्ध नरैनापुर बनाउन इमान्दारीताका साथ सबैको सहकार्यमा अघि बढ्छु –अध्यक्ष शाह

आस्था, प्रदेश ५, राजनीति, समाचार
नरैनापुर, ८ जेष्ठ – नरैनापुर गाँउपालिकाको नवनिर्वाचित अध्यक्ष इस्तियाक अहमद शाह, उपाध्यक्ष जयन्ती श्रीवस्ताव, वडा नं ३ का अध्यक्ष अजय मिश्रा, २ का अध्यक्ष मसुद अहमद शाहले शनिबार विजय जुलुस निकाल्नु भएको छ । जनता समाजवादी पार्टीका उम्मेदवारहरुले विजय हासिल गरेको खुसीमा स्थानीय गाउँपालिकाबासीलाई धन्यवाद ज्ञापन गर्न विजय जुलुस निकाल्नु भएको हो ।नवनिर्वाचित शाह निर्वाचित उपप्रमुख श्रीवस्तव सहित २ र ३ वडाका जन निर्वाचित अध्यक्ष र सदस्यहरुको टोलि र हजारौं समर्थकसहित जनताको घर दैलोमा पुगेर धन्यबाद ज्ञापन गर्नु भएको थियो । नरैनापुर गाँउपालिकाका नव निर्वाचित अध्यक्ष शाहले समृद्ध नरैनापुर गाउँपालिका बनाउन इमान्दारीताका साथ सबैको सहकार्यमा अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । शनिबार विजय जुलुसलाई सम्बोधन गर्दै उहाँले मतदान गरे वा नगरेका सबैलाई धन्यबाद दिनु भयो उहाँले कोहीसँग पूर्वाग...