Wednesday, April 22सत्यम खबर
Shadow

स्वास्थ्य शिविरबाट १०२ वर्षिय महिला सहित ५ सय पचास जना लाभान्वित

बढैयाताल, १५ जेष्ठ – बढैयाताल गाउँपालिका वडा नम्बर ४ मा आयोजना गरिएको निःशुल्क आँखा तथा स्वास्थ्य शिविरमा ५ सय पचास जना लाभान्वित भएका छन् । शनिवार दिनभरी सञ्चालन गरिएको उक्त शिविरबाट स्थानीय ग्रामीण समुदायका सर्वसाधारण स्वास्थ्य परिक्षण र उपचार सेवाबाट लाभान्वित भएका हुन् ।


ग्रामीण आर्थिक सामाजिक उत्थान केन्द्रको आयोजनामा सम्पन्न उक्त शिविरमा बढैयाताल गाउँपालिका वडा नम्बर ४ को कार्यालय तथा बढैयाताल युवा सञ्जालको समन्वयमा सम्पन्न उक्त शिविरमा महिला २०४ जना र पुरुष ७० जना सहित २७४ जनाको स्वास्थ्य परिक्षण तथा आँखा परिक्षण गरिएको थियो । शिविरमा महिला १९५ जना र ८१ ज्ना पुरुष समेत २७६ जनाले आँखा परिक्षण गराएर औषधि समेत निःशुल्क प्राप्त गरेका थिए ।


उक्त शिविरमा सबभन्दा बढी उमेर १०२ वर्षकी थारुले पनि स्वास्थ्य परिक्षण र आँखा परिक्षण गराएकी थिइन् ।
शिविरमा बढैयाताल गाउँपालिकाका प्रमुख हिमालय त्रिपाठी, वडा नम्बर ४ का अध्यक्ष नर बहादुर थापा, वडा सदस्यहरु राम लौटन चौधरी, रन्जित गाईन, धुर्बी थारु, ज्ञानज्योति माध्यमिक विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष लल्लु राम थारु, राजनीतिक दलका प्रतिनिधिहरु राज कुमार महतरा, विजय थारु, समाजसेवी गुरु प्रसाद योगी लगायतको पनि सहभागिता रहेको थियो ।
शिविर प्रारम्भ हुनु अघि कार्यक्रमको बारेमा ग्रामीण आर्थिक सामाजिक उत्थान केन्द्रकी अध्यक्ष लता शर्माले प्रकाश पार्नु भएको थियो । सो अवसरमा अध्यक्ष शर्माले ज्ञानज्योति माध्यमिक विद्यालयको लागि केन्द्रको तर्फबाट आकस्मिक स्वास्थ्य समस्याको लागि शिक्षक भद्र बहादुर घर्तिमगर मार्फत् प्राथमिक उपचार बक्स हस्तान्तरण गर्नु भयो । उक्त बक्स भित्र आकस्मिक स्वास्थ्य समस्याका लागि १६ थरी आौषधिहरु उपलब्ध गरिएको छ ।
यसैगरि वडा नम्बर ४ का अध्यक्ष नर बहादुर थापाले निःशुल्क आँखा तथा स्वास्थ्य शिविरबाट आफ्नो वडाका बासिन्दाले आफ्नै घर आँगनमा निःशुल्क स्वास्थ्य सेवा पाउने अवसर पाएकोमा आयोजक संस्था प्रति आभार व्यक्त गर्नु भयो ।
शिविरमा नेपालगन्ज मेडिकल कलेजका डा. मोहम्मद आजाम, डा. दिपक जायसवाल र नेत्ररोग विशेषज्ञ जीतेन्द्र कुमार वर्माले स्वास्थ्य परिक्षण गर्नु भएको थियो भने स्टाफ नर्सहरु सुश्री स्मारिका श्रेष्ठ, सुश्री सिमरन श्रेष्ठ र सुश्री सिर्जना धौलाकोटीले स्वास्थ्य परिक्षणमा सहयोग गर्नु भएको थियो ।
त्यसैगरि पूर्णिमा बहुउद्देश्यीय सहकारी संस्था बाँकेका व्यवस्थापक बामदेव भट्टराई, आयोजक संस्थाका कार्यक्रम संयोजक श्रीधर गौतम, रमण कुमार शर्मा, राजेन्द्र कुमार वर्मा, नितेश गिरी, निखिल जायसवाल लगायतले सहयोग गर्नु भएको थियो ।
उक्त शिविरमा बढैयाताल युवा सञ्जालका अध्यक्ष शम्भु प्रसाद थारु, सचिव शुकदेव थारु, सहसचिव धुनिराज चौधरी, सदस्य जीवन थारु, सञ्चार प्रमुख प्रविण चौधरीले दिनभर खटिएर सहयोग गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *