चिनियाँ नाकावन्दी गम्भीर समस्या, सरकारले समाधानका लागि पहल
काठमाण्डौ, २० जेष्ठ –भारत संगको परनिर्भरतालाई चीनको सहयोग र प्रभावमा कम गर्ने नीति का साथ चीनसंग व्यापार बढाउने गरि सरकारले प्रयास थालेको पनि कैयौं बर्ष भैसकेको छ । मधेस आन्दोलनका वेला कथित रुपमा भारतले मधेसी समुदायलाई बढि प्राथमिकता दिएको भनि झोंकमा चीन हाम्रो भारतको भन्दा असल मित्र रहेको सावित गर्न लागिपरेको सरकार अहिले अप्ठेरोमा परेको देखिन्छ ।विश्वबजारमा एकछत्र राज गरिरहेको छिमेकी संग यतिको आश त गर्न नै सकिन्छ । चीनले पनि नेपाललाई आफ्नो हस्तक्षेपका दायरामा ल्याउन बेलाबखतको कसरतलाई पूर्णता दिने अवसरको रुपमा ललीपप बांड्न कहिल्यै पछि परेनन् । तर चीनीयाँ सरकारको स्वार्थी चरित्र तब मात्र उदांगो भयो जब कथित कोरोना कालको नाममा चीनीया नाकाहरु ठप्प भयो ।
भारतसंगको खुल्ला सीमानाको जस्तो त कहाँ सजिलो हुन्छ र चीनसंगको व्यापारिक सम्बन्ध । मानवता माथीको विश्वास गुमाउने अभ्यासमा चीनले नेपालको ...









