नेपालगन्जका अग्रज खेलाडी सम्मानित
नेपालगन्ज, ८ असार – नेपाली खेलकुदका कुशल प्रशासक अशोकजंग थापाले पाँच दशक अघि मोफसलका खेलाडीले राष्ट्रिय स्तरका प्रतियोगिताहरुमा सहभागिता जनाउनु पर्दा गर्नुपरेको संघर्षका कथा सुनाउँदा सहभागीले निकै चासोका साथ सुने । ‘व्यक्तिव्यक्तिसँग पैसा उठाएर खेलाडीहरु प्रतियोगितामा भाग लिन जान्थे ।’ तत्कालीन भेरी अञ्चल खेलकुद विकास समितिका कार्यालय प्रमुख थापाले सुनाए– ‘मैले अञ्चलाधिसँग कुरा गरेर व्यवस्थित गराउन पहल गरें, बजेट अलग्गै छुटिन थाल्यो, बिस्तारै खेलाडीको पहुँच राजधानीसँग सहज हुँदै गयो ।’ उमेरले असीको दशक छुन लागेका थापा बुधवार नेपालगन्जमा सम्मानित भए ।
नेपाल ओलम्पिक कमिटी अन्तर्गत स्पोर्ट्स फर अलकमिसन (लुम्बिनी प्रदेश कमिटी) ले ओलम्पिक डेका अवसरमा पहिलो पुस्ताका ११ जना अग्रज खेलकर्मीलाई सम्मान गरेको हो । सम्मानित हुनेमा थापासँगै अजितकुमार शर्मा, रतन टण्डन, सच्चिदानन्द चौवे, विश्वनाथ चौ...








