Thursday, April 23सत्यम खबर
Shadow

भारतको सहयोगमा नेपाल टेलिकमको टावरको समान तिङ्कर पुग्यो

काठमाण्डौ, ७ असार –भारतको सहयोगमा नेपाल टेलिकम टावरको समान तिङ्कर पुगेको छ । व्यास गाउँपालिका वडा नम्वर १ तिङ्करमा फोन सेवा संचालन आएको छ ।

गत मंगलबार जिल्लाको व्याँस गाउँपालिका वडा नम्बर १ तिङ्करमा नेपाल टेलिकमको फोन सेवा संचालनमा आएको गाउँपालिका अध्यक्ष मंगल सिंह धामीले जानकारी दिनु भयो । नेपाल टेलिकमको एनटि सेट प्रविधिको माध्यमबाट दुई लाईन फोन सेवा जोडिएको हो ।

तिङ्कर गाउँमा फोन सेवा नहुँदा स्थानिय सास्ती खेपिरहेका थिए । फोन लाईन जडान भएपछि स्थानिय खुसी भएका छन् । तिङ्करमा फोन सेवा सुचारु भए सगै भारत र नेपालको सम्बन्ध अझौ नजिक भएको स्थानीयहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *