Tuesday, October 22सत्यम खबर
Shadow

राजदूत डा. शर्माको सेनाध्यक्ष जनरल मनोज पाण्डेसँग भेट

काठमाण्डौ, ७ असार – भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले भारतका स्थल सेनाध्यक्ष जनरल मनोज पाण्डेसँग भेट गरेका छन्।

नयाँदिल्लीस्थित सैनिक मुख्यालयमा भएको भेटमा द्विपक्षीय रक्षा सहयोगका विभिन्न पक्षबारे छलफल भएको राजदूत शर्माले जानकारी दिएका छन्।
भेटमा राजदूत शर्माले नेपाललाई निरन्तर सहयोग गरेकोमा भारतीय सेनालाई धन्यवाद दिएका थिए।

भारतीय स्थल सेनाको सूचना निर्देशनालयले पनि भेटमा द्विपक्षीय रक्षा सहयोगका विविध पक्षमा चर्चा भएको उल्लेख गरेको छ। (पूर्वपश्चिम अनलाईन)

Leave a Reply

Your email address will not be published. Required fields are marked *