Saturday, April 18सत्यम खबर
Shadow

कपास बिकास समितीको निरीक्षण

खजुरा, ६ असार – कृषि तथा पशुपन्छी बिकास मन्त्रालयका उपसचिव आदरणीय निर्मल न्यौपाने,
उपसचिव बिष्णुहरि उपाध्याय, शाखा अधिकृत जगत भुसाल तथा कृषिमन्त्रालयको अन्य कर्मचारीद्वारा कपास बिकास समितीको निरीक्षण तथा अनुगमन गर्नु भएको छ ।

प्रत्येक्ष मेसिनहरुको अवस्थाहरु के छ र यसको आन्तरिक ब्यबस्थापनका बारेमा, कपासको बास्तबिक समस्या तथा यसको तत्कालीन अवस्थाको बारेमा बुझ्न बर्दिया आएको मौका छोपी हामी आएको शाखा अधिकृत जगत भुसालले भन्नू भयो ।

कपास बिकासको अवस्थाको बारेमा कार्यकारी प्रमुख बुद्धबहादुर थापाले जानकारी दिनु भएको थियो र कपास बिकास समितीप्रती सधैं सकारात्मक भएको उपसचिव निर्मल न्यौपानेले भन्नू भयो भनी कपास बिकास समितीका अध्यक्ष हेमन्तराज काफ्ले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *