Saturday, June 27सत्यम खबर
Shadow

आस्था

रहेनन् वरिष्ठ चित्रकार नायक आशाराम माैर्य

रहेनन् वरिष्ठ चित्रकार नायक आशाराम माैर्य

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ६ असार- राष्ट्रिय प्रतिभा पुरस्कार तथा देशकाे ठुलाे धनराशी भएकाे अरनिकाे राष्ट्रिय प्रज्ञा पुरस्कार बिजेता अवधीभाषी वरिष्ठ चित्रकार आशाराम माैर्यकाे आज साेमबार दिउँसाे उपचारकाे क्रममा निधन भएकाे छ ।अवधी भाषी वरिष्ठ चित्रकार नायक, मुर्तिकार, संगितकार, साहित्यकार माैर्यकाे निधनले अवधी भाषी क्षेत्रमा थप एक दिव्य नक्षत्र विलिन भएकाे अवधी साँस्कृतिक प्रतिष्ठान बाँकेका अध्यक्ष बिष्णुलाल कुमालले बताउनुभयाे ।अध्यक्ष कुमालका अनुसार कलारत्न आशाराम मौर्यकाे लामो समयदेखि उपचार भईरहेकाे थियाे । साेही उपचारकाे क्रममा आज भेरी अस्पतालमा उनकाे निधन भएकाे जानकारी गराउनुभयाे । वरिष्ठ चित्रकार नायक आशाराम माैर्यकाे अन्तिम संस्कार उहाँको पैत्रिक गाउँ नेपालगन्जको इन्द्रपुरमा हिन्दु धार्मिक परम्परा अनुसार हुने पारिवारिक स्राेतद्वारा जानकारी गराईएकाे छ । "वरिष्ठ चित्रकार, साहित्यकार आशाराम ज्युका...
खेल क्षेत्रमा राजनीति नगर्नुहोस : मन्त्री अथक

खेल क्षेत्रमा राजनीति नगर्नुहोस : मन्त्री अथक

आस्था, खेल, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौं, ६ असार – युवातथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक)ले खेल क्षेत्रमा राजनीतिनगर्न आग्रहगर्नुभएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को २१औं चुनावी साधारण सभाको उद्घाटन शत्रमाबोल्दै मन्त्रीअथकले एन्फामा देखिएको समस्या सहमतीमा समाधान गरेर अगाडी बढ्न आग्रह गर्नु भएको हो । राज्यले खेलकुदलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै मन्त्री अथकले भन्नुभयो, “राज्यले फुटबलमा ठुलो लगानी गरिरहेको छ, विशेषगरी नेपालमा फुटबलका पूर्वाधारहरु नै बढि मात्रामा रहेका छन ।” यद्यपी नेपालमा खेलकुदलाई सामान्य क्रियाकलापका रुपमा मात्र हेर्ने प्रवृत्तिले खेलकुद क्षेत्रको विकासमा चुनौती थपिएको उहाँले बताउनुभयो । ‘नेपालमा एउटा चुनौती छ, खेलकुदको विषय बुझ्ने सिहंदरबारमा छैनन् । खेल सामान्य गतिविधि वा क्रियाकलापको क्षेत्र हो भन्ने बुझाइ छ । यसरी खेल क्षेत्रको विकास सम्भव छैन,’ मन्त्री अथकले भन्नुभयो ।खेल...
बाढीको कृत्रिम घटना अभ्यास सम्पन्न

बाढीको कृत्रिम घटना अभ्यास सम्पन्न

आस्था, प्रदेश ५, मौसम, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगंज,६ असार – बाढीका वखत हुने खोज तथा उद्धार कार्यलाई प्रभावकारी वनाउन प्रदेशस्तरीय कृत्रिम घटना अभ्यास मंगलवार राप्ती नदीको सिधनिया घाटमा सम्पन्न भएको छ । आन्तरीक मामिला तथा संचार मन्त्रालय, लुम्विनी प्रदेशको आयोजना तथा जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र रेडक्रस जनशक्तिको सहभागिता तथा आइएमओको प्राविधिक सहयोगमा कृत्रिम घटना अभ्यास गरिएको हो । प्रदेश, जिल्ला तथा स्थानिय तहको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाको कार्यान्वयन, खोज तथा उद्धारमा प्रयोग हुने साधन स्रोत र जनशक्तिको व्यवस्थापन तथा विपद्का काम गर्ने सवै सरोकारवालासंगको समन्वय तथा सहकार्यलाई प्रभावकारी वनाउन कार्यक्रमको आयोजना गरिएको कार्यक्रमका प्रमुख अतिथि आन्तरिक मामिला तथा संचार मन्त्री तिलक शर्माले वताउनु भयो । उहाँले विपद् प्रतिकार्यका लागि यस्तो अभ्यास निकै...
यादवले माग गरे बीआरआई परियाेजनाकाे सम्पूर्ण विवरण

यादवले माग गरे बीआरआई परियाेजनाकाे सम्पूर्ण विवरण

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ६ असार –काठमाडाैँ शन्तिनगर बानेश्वर बस्ने राष्ट्रिय एकता अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले नेपाल-चीन दुइ देशबीच भएको बेल्ट एन्ड रोड इनिसियटिभ (बी.आर.आई )समझौता परियाेजनाकाे सम्पूर्ण विवरण माग गरेका छन् । उनले सूचनाको हक सम्बन्धी ऐन २०६४अनुसार परराष्ट्र मन्त्रालयमा निवेदन दर्ता गरी बी.आर.आई परियाेजनाकाे सम्पूर्ण विवरण माग गरेका हुन् । उनले मेरो अध्ययन प्रयोजनको लागि आवश्यक रहेकाे भन्दै बी.आर.आई परियाेजनाकाे सम्पूर्ण विवरणकाे प्रमाणित प्रति उपलब्ध गराइ दिन हुन अनुरोध गर्दै निवेदन गर्दा गराएका हुन् । उनले दर्ता गरेकाे निवेदनमा बी.आर.आई समझौताको प्रमाणित प्रतिलिपि उपलब्ध गराउन माग गरेका हुन् । त्यस्तै उनले बी.आर.आई.समझौता अन्तर्गत नेपालमा सञ्चालनमा रहेको परियोजनाहरुको नाम र ठेगानासमेत उपलब्ध गराउन माग गरेका हुन् । बी.आर.आई. अन्तर्गत नेपालमा सञ्चालित परियोजनाहरुक...
नेपाली नागरिकको अंगले पाँच भारतीयले पाए नयाँ जीवन

नेपाली नागरिकको अंगले पाँच भारतीयले पाए नयाँ जीवन

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ६ असार –भारतमा अवस्थित एसियाकै ठूलोमध्ये एक अहमदाबाद सिभिल अस्पतालमा पहिलो पटक दुई फरक देशका नागरिकबीच अंगदान सम्पन्न भएको छ । सडक दुर्घटनामा परी घाइते भएका लक्ष्मण मंगेता नामका २५ वर्षीय नेपाली युवकलाई अहमदाबाद सिभिल अस्पतालमा भर्ना गरिएको थियो । लक्ष्मण ब्रेन डेड घोषित भएपछि परिवारका सदस्यले उनको अंगदान स्वीकृत गरेका थिए । लक्ष्मणका दान गरिएका पाँचवटा अंगबाट पाँच भारतीय नागरिकलाई प्रत्यरोपण गरियो । अस्पताल स्रोतले भारतमा विदेशी युवा यसरी अंग दाता बनेको सायद यो पहिलो घटना भएको हुनसक्ने बताएको छ । नेपालका लक्ष्मण मंगेटा र उनको परिवार विगत केही वर्षदेखि अहमदाबादबाट १३०० किलोमिटर टाढा बस्दै आएका छन् । गत असार १० गते सडक दुर्घटनामा परी लक्ष्मण घाइते भएका थिए । उनलाई अहमदावाद सिभिल अस्पतालमा भर्ना गरिएको थियो । चिकित्सकको अथक प्रयासका बाबजुद पनि युवकलाई बचाउन सकिएन र मंगलब...
कृषिमन्त्रीको दावी : मल ल्याउने प्रक्रिया अघि बढे पनि ल्याउन सकिएन

कृषिमन्त्रीको दावी : मल ल्याउने प्रक्रिया अघि बढे पनि ल्याउन सकिएन

आस्था, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ६ असार –कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्रराय यादवले सरकारले समयमै रासायनिक मल उपलब्ध गराउन नसकेको स्वीकार गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा दर्ता गरेको रासायनिक मल अभावसम्बन्धी अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि उठेको प्रश्नको जवाफ दिंदै मन्त्री यादवले यस्तो बताएका हुन् । कृषि सामग्री कम्पनी लिमिटेडले १ लाख ५ हजार मेट्रिक टन र साल्ट ट्रेडिङ कम्पनीले १ लाख १७ हजार मेट्रिक टन रासायनिक मल ल्याउने प्रक्रिया सुरु गरिए पनि समयमै ल्याउन नसकिएको उनले बताए । मल नल्याउने ठेकदारलाई कारबाही सुरु गरिएको पनि मन्त्री यादवको भनाइ छ । अनलाइनखबर...
भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का अध्यक्ष र उच्च अधिकारीबीच भेटवार्ता

भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का अध्यक्ष र उच्च अधिकारीबीच भेटवार्ता

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, ६ असार – भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का अध्यक्ष डा. विनय सहस्रबुद्धेले नेपालका उच्च अधिकारीलाई भेटेका छन् । उनले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलसँग भेटेर नेपाल-भारतबीच सांस्कृतिक सम्बन्ध प्रवर्धन एवम् शैक्षिक आदानप्रदान सुदृढ गर्ने विषयमा छलफल गरेका हुन् । तीन दिने नेपाल भ्रमणमा आएका सहस्रबुद्धे मंगलवार काठमाडौँ आएका हुन् । सहस्रबुद्धे पशुपतिनाथ मन्दिर परिसरमा आज आयोजित अन्तर्राष्ट्रिय योग दिवस २०२२ को सुरुवाती कार्यक्रममा समेत सहभागी भए । स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रले उक्त कार्यक्रमको आयोजना गरेको हो । पशुपति क्षेत्र विकास कोष र पतञ्जलि योगपीठसँगको सहकार्यमा गरिएको सो कार्यक्रममा पतञ्जलि योगपीठका झण्डै १५० जना सहभागी थिए। डा. सहस्रबुद्धेले ‘सम्पर्क भारत–नेपाल...
नेपाललाई भारतले १.७ लाख टन रासायनिक मल दिने

नेपाललाई भारतले १.७ लाख टन रासायनिक मल दिने

आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ६ असार – भारतले नेपाललाई १.७ लाख टन युरिया र डायमोनियम फोस्फेट (डीएपी) मल सहयोग गर्ने भएको छ। टाइम्स अफ इन्डियाका अनुसार छिमेकी देश भारतले यही वर्ष उक्त परिमाणमा मल नेपाल पठाउने भएको हो।त्यस्तै भारतले अहिले एक अर्ब अमेरिकी डलर ऋणअन्तर्गत श्रीलंकालाई पनि ६५ हजार टन युरिया मल आपूर्ति गर्ने भएको छ। आर्थिक संकटमा गुज्रिरहेको श्रीलंकालाई सहयोग गरिरहँदा नेपाललाई भने चीनबाट सहयोग लिनुअघि नै रणनैतिक रुपमा मल सहयोग गर्न लागिएको टीओआईले समाचारमा उल्लेख गरेको छ। स्रोतलाई उद्धृत गर्दै लेखिएको समाचारमा भारतले १.२ लाख टन युरिया र ५० हजार टन डीएपी मल पठाउनेछ। त्यस्तै भुटानलाई पनि भारतले ५३ सय टन डीएपी मल पठाउन लागेको जनाइएको छ। रासायनिक मल निर्यातमा प्रतिबन्ध रहिरहँदा भारतबाट युरिया मल पाउने श्रीलंका नेपालपछि दोस्रो देश रहेको बताइएको छ। नेपालले दुई देशबीच भएको समझदारीअनुसार रासायन...
चीनले ओएसिस सहरमा रहेको प्रतिष्ठित ग्रान्ड बजार भत्कायो

चीनले ओएसिस सहरमा रहेको प्रतिष्ठित ग्रान्ड बजार भत्कायो

आर्थिक, आस्था, प्रदेश ५, विदेश, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ६ असार – चीनले भत्कायो ओएसिस सहरमा रहेको प्रतिष्ठित ग्रान्ड बजारकाशगर । चिनियाँ अधिकारीहरूले सिनजियाङको काशगर क्षेत्रमा रहेको प्रतिष्ठित ग्रान्ड बजार भत्काइदिएका छन्। स्याटेलाइट तस्बिरहरुले बजारमा नाटकीय परिवर्तनहरू देखाएको र भवनहरू र स्टलहरूको छाना हटाउनेसहित ४ अप्रिल र ४ मेमा खिचिएका तस्बिरहरू बीच रेडियो फ्री एशियाले प्लानेट ल्याबलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ। ओएसिस सहरमा रहेको यो बजार सिन्जियाङको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय व्यापार बजार हो। जसमा २५० एकड जमिनमा ९ हजारभन्दा बढी उत्पादनहरू बिक्री गर्ने चार हजार पसलहरू थिए। प्रतिवेदनका अनुसार त्यहाँबाट बिक्री हुने वस्तुमा मसला, चिया, रेशम, सुक्खा फल, गलैंचा, संगीत वाद्ययन्त्र, मध्य एसियाका कपडा र परम्परागत स्कुलक्याप रहेका छन्। यसको स्थानमा नयाँ पर्यटकीय आकर्षण निर्माण हुने आरएफएले स्थानीय अधिकारीलाई उद्धृत गर्द...
एकता शिक्षा संस्थाद्वारा जानकीका जनप्रतिनिधि सम्मानित

एकता शिक्षा संस्थाद्वारा जानकीका जनप्रतिनिधि सम्मानित

आस्था, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार, समाज
सकिल अहमद राईजानकी, ५ असार - बाँकेको जानकी गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत, बधाई तथा शुभकामना कार्यक्रम एकता शिक्षा समाज कल्याण संस्थाको आयोजना र सत्यमखबर डटकमको सहयोगमा सम्मान कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रम आयोजक संस्थाका अध्यक्ष सकिल अहमद राईको अध्यक्षतामा सम्पन्न भएको सम्मान कार्यक्रममा विभिन्न व्यक्तिहरूले शुभकामना मन्तब्य राखेका थिए । जानकी गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधि १ नं. वडा देखि ६ नं. वडासम्मको वडा अध्यक्ष, वडा सदस्य, कार्यपालिका सदस्य, पालिका प्रमुख, उपप्रमुखलगायत सम्पूर्ण पदाधिकारीहरुलाई खादा, टोपी, टिका, मायाको चिनो दिएर सम्मान गरिएकाे थियो । सम्मान कार्यक्रममा सत्यमखबर डटकमका सञ्चालक चन्देश्वरराज त्रिपाठीले संस्थाका विकासका लागि गुणस्तरीय शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, कृषि, खेलकुद र सञ्चारको विषयमा हामी सहयोगी संस्था बन...