Saturday, June 27सत्यम खबर
Shadow

आस्था

नेपाल शिवसेनाको जिल्ला अध्यक्षमा शर्मा तथा उपमहानगर अध्यक्षमा केसी चयन

नेपाल शिवसेनाको जिल्ला अध्यक्षमा शर्मा तथा उपमहानगर अध्यक्षमा केसी चयन

आस्था, धार्मिक, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, ११ असार - नेपाल शिवसेनाको जिल्ला कमिटि तथा उपमहानगर कमिटि गठन गरिएकाे छ । मदनराज शर्माकाे नेतृत्वमा ३१ सदस्यीय जिल्ला कमिटि गठन गरिएकाे छ भने सुनिल केसीकाे नेतृत्वमा उपमहानगर कमिटि चयन गरिएकाे छ । नेपाल शिवसेना बाँकेको आज शनिबार सम्पन्न केन्द्रिय भेलामार्फत जिल्ला कमिटि तथा उपमहानगर कमिटि चयन गरिएकाे हाे । नेपालगन्ज उपमहानगरपालिकाको २३ वटै वडामा नेपाल शिवसेनाको समिति गठन गरी नगर अध्यक्षको समन्वयमा नगर समिति गठन गरिने केसीले बताएका छन् । आफ्नो हिन्दु धर्म के हो, हिन्दु धर्म कसरी रक्षा गर्ने, हिन्दु धर्म छ र त हामी छोै अनि हिन्दुराज्य भनेर चिनिने नेपाल छ तर यहाँ हिन्दु धर्म हराउँदै गएको छ । अब हिन्दु धर्मको विषयमा हरेकको घर घरमा हिन्दु धर्मको पहिचान झल्काउने काम गरि पुन: हिन्दु धर्मका लागि सधैं लागि पर्ने नगर अध्यक्ष केसी बताउनु भएको छ । यसैगरी नेपाल शिवसेना बाँकेको अध्यक...
राष्ट्रिय एथलेटिक्स सुरु, मन्त्री अथकद्धारा उद्घाटन

राष्ट्रिय एथलेटिक्स सुरु, मन्त्री अथकद्धारा उद्घाटन

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १० असार - नेपाल एथलेटिक्स संघको आयोजनामा ४४ औं राष्ट्रिय एथलेटिक्स प्रतियोगिता शुक्रबारदेखी सुरु भएको छ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले शुक्रबार काठमाण्डौ स्थित दशरथ रंगशालामा राष्ट्रिय एथलेटिक्स प्रतियोगिताको उद्घाटन गर्नुभएको छ । तिन दिनसम्म हुने प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री अथकले राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी तयारी गर्न खेलाडीहरुलाई आग्रह गर्नुभयो । प्रतियोगिताले उत्कृष्ठ खेलाडी उत्पादनमा महत्वपूर्ण भुमिका खेल्ने विश्वास ब्यक्त गर्दै मन्त्री अथकले उत्कृष्ठ प्रदशर्नका लागि सम्पूर्ण खेलाडीहरुलाई शुभकामना समेत दिनुभयो । नेपाल एथलेटिक्स एसोसियशनद्धारा आयोजित प्रतियोगितामा ३१ स्वर्णका लागि सात प्रदेश र तीन विभागीय टोली (आर्मी/प्रहरी/सशस्त्र) गरी १० टिमका २ सय ४० खेलाडीले प्रतिस्प्रर्धा गर्ने आयोजकले जनाएको छ ।...
एसओएस नेपालको ५०औं स्थापना दिवसमा विभिन्न कार्यक्रम

एसओएस नेपालको ५०औं स्थापना दिवसमा विभिन्न कार्यक्रम

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १० असार - नेपालगन्जमा ३६ औं अन्तर्राष्ट्रिय एसओएस दिवस अन्तर्गत आयोजित कार्यक्रममा एसओएस नेपालको ५०औं स्थापना दिवस तथा प्रो. डा. हर्मन माइनरको १०३ औं जन्मोत्सवको अवसरमा विभिन्न कार्यक्रम गरी नेपालगन्जमा मनाइएको छ । एसओएस युवालय नेपालगन्जका नायब निर्देशक तुरलाराम बिश्वासको अध्यक्षतामा नेपालगन्ज उपमहानगपालिका वार्ड नं.–१८ करकाँदौ स्थित रहेको एसओएसमा ३६ औं अन्तर्राष्ट्रिय एसओएस दिवस नेपालगन्ज उपमहानगपालिकाका प्रमख प्रशान्त बिष्टको प्रमख आतिथ्यमा सम्पन्न भएको छ । एसओएस युवालय नेपालगन्जका अनिता शाही र सपना सिजापतिद्वारा सञ्चालित कार्यक्रममा, एसओएस युवालय नेपालगन्जका काउन्सिलर लक्ष्मण कार्कीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । एसओएस १३६ देशमा अभिभावक बिहिन बालबालिकाहरुको रेखदेख गरी रहेको छ साथै आफ्नो खुट्टामा उभिनका लागी आत्मनिर्भर बनाई रहेको छ । कार्यक्रममा प्रमुख अतिथि...
वित्तीय साक्षरता तथा शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न

वित्तीय साक्षरता तथा शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
लम्कीचुहा (कैलाली), १० असार - हिमालयन बैंक लिमिटेड बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व पुरा गर्ने उद्देश्यले कैलाली जिल्लाको लम्कीचुहा नगरपालिकामा वित्तीय साक्षरता कार्यक्रम तथा शैक्षिक सामाग्री वितरण सम्पन्न गरेको छ । बैंकले नगरपालिकाको वडा नं. ०२ स्थित श्री जनसेवा माध्यामिक विद्यालयमा सो वित्तीय साक्षरता तथा शैक्षिक सामाग्री वितरण कार्यक्रम शुक्रबार सम्पन्न गरेको हो । विद्यार्थीहरुलाई वित्तीय सचेतना अभिबृद्धि गर्नका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशव्यापी रुपमा यस्ता कार्यक्रमहरु सञ्चालन गर्दै आएकोमा सूदुरपश्चिम प्रदेश कार्यालयले समेत उक्त कार्यक्रम सञ्चालन गरेको बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख सरोज रेग्मीले जानकारी दिनुभयो । जिल्लाका विभिन्न क्षेत्रहरुमा वित्तीय सचेतना अभिबृद्धि गर्ने कार्यक्रमको प्रमुख उद्धेश्य रहेको रेग्मीले बताउनुभयो । शुक्रबार सम्पन्न ...
पारिवारिक सम्पर्क पुनःस्थापना सेवाको समिक्षा कार्यशाला

पारिवारिक सम्पर्क पुनःस्थापना सेवाको समिक्षा कार्यशाला

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
प्रहलाद विश्वकर्मानेपालगज , ९ असार - नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको आयोजनामा पारिवारिक सम्पर्क पुनःस्थापना सेवा कार्यक्रमको समिक्षा तथा कार्ययोजना निर्माण कार्यशाला नेपालगन्जमा विहीवार सम्पन्न भएको छ । नेरेसो बाँके शाखाको व्यवस्थापनमा २ दिनसम्म सञ्चालन भएको उक्त कार्यशालामा आन्तरिक द्वन्द्वको समयमा वेपता भएका व्यक्तिहरुको खोजी कार्य थप प्रभावकारी बनाउन योजना निर्माण र जिल्ला स्तरमा सम्पन्न भए गरेका गतिविधिहरुको बारेमा समिक्षा गरिएको थियो । कार्यक्रममा कर्णाली, सुदुरपश्चिम र लुम्निबी प्रदेशका आर.एफ.एल. स्वयंसेवकहरुको सहभागिता रहेको थियो । रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आइ.सी.आर.सी.) र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा ७७ जिल्लामा पारिवारिक सम्पर्क पुनःस्थापना सेवा कार्यक्रम सञ्चालन भइ रहेको छ । द्वन्द्वबाट ७१ जिल्लामा १३३४ जना वेपताको तथ्यांक आइ.सी.आर.सी. र नेरेसोको अभिल...
राप्ती सोनारीमा ८८ करोड ३१ लाखको बजेट ल्याइँदै

राप्ती सोनारीमा ८८ करोड ३१ लाखको बजेट ल्याइँदै

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
राप्तीसोनारी, ८ असार - राप्ती सोनारी गाउँपालिकाको ११ औं गाउँसभाको तयारी तिब्र पारिएको छ । आगामी शुक्रबार (असार १० गते) दिउँसो १ बजे गाउँसभाको तयारी गरिएको अध्यक्ष तप्तबहादुर पौडेलले जानकारी दिए । ‘हामी गाउँसभा गर्ने तयारीमा जुटिसकेका छौं, गाउँ सभामा प्रस्तुत गर्ने बजेट बारेको छलफल अन्तिम चरणमा पुगेको छ,’ उनले भने । उक्त सभामा अध्यक्ष पौडेलले आगामी आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन् । यस्तै उपाध्यक्ष मनिषासिंह थारुले आगामी आर्थिक वर्षको लागि बजेट प्रस्तुत गर्ने कार्यक्रम छ । ‘गाउँ सभाको तयारी कै लागि हामी निरन्तर कार्यपालिका बैठकमा छौं, कहाँ कति बजेट विनियोजन गर्ने भन्नेबारे कार्यपालिका बैठकमा छलफल भएको छ,’ उपाध्यक्ष थारुले भनिन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीका अनुसार आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ९ वटै वडामा १५ करोड ३० लाख रु...
जानकी को ५ मा योजना सुझाव संकलन

जानकी को ५ मा योजना सुझाव संकलन

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
जानकी, ८ असार - बाँके को जानकी गाउँपालिकाको वडा नं. ५ को वडा कार्यालयले ०७९/०८० का लागि योजना संकलन पृथकीकरण बारेमा सुझाव संकलन गरेको छ । अगामी वर्षका लागि योजनाहरू जनस्तरबाटै संकलन गरेर कार्ययोजना बनाउन र पारदर्शी ढङ्गले अगाडी बढ़नका लागि सुझावहरु सँकलन गरिएको छ ।सो कार्यक्रम जानकी गाउ‌ँपालिकाका अध्यक्ष छब्बन खाँले जनचाहना अनुरूप गाउँको विकास गर्न खुल्ला, पारदर्शी र लोकतान्त्रिक प्रक्रिया अनुसार नै योजना बनाउने र विकास गर्ने बताउनु भएको छ । वडा नं. ५ का वडा अध्यक्ष टीकानाथ यादवको अध्यक्षतामा भएको सो कार्यक्रममा अध्यक्ष यादवले ग्रामीण जीवनमा सुधार‌का लागि जनचेतना अभिवृद्धि गर्दै, शिक्षा, स्वास्थ, सिंचाई, रोजगार र महिला विकासका योजनाहरूलाई अघि बढाउने बताउनु भयो । वडाको विकासका लागि टोल-टोलबाट योजना संकलन गरि वृहत छलफल र सबैको सहभागितामा वडा स्तरिय भेला गरि सुझाव संकलन गरिएको छ ।...
महाधिबेशनको तयारीमा अवधी पत्रकार संघ

महाधिबेशनको तयारीमा अवधी पत्रकार संघ

अवधी, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, ८ असार - अवधी पत्रकार संघ नेपालको चौथो केन्द्रीय महाधिबेशन तथा १४ औं साधारण सभाको तयारी शुरु गरिएको छ । संघको केन्द्रीय महाधिबेशन तीन महिनाभित्र गर्ने निर्णय गरिएको छ । संघका केन्द्रीय अध्यक्ष राकेशकुमार मिश्रको अध्यक्षतामा आज बुधबार बसेको बैठकले महाधिबेशनको तयारीका लागि नयाँ सदस्यता आबेदन र सदस्यता नविकरणका लागि सर्कुलर जारी गरेको छ । काठमाण्डौ, नवलपरासी, रुपन्देही, कपिलबस्तु, दाङ्ग, बाँके र बर्दिया जिल्ला शाखामा रहेका सम्पुर्ण सदस्यहरुको नविकरण र नयाँ सदस्यताका लागि आबेदन खुल्ला गरिएको बैठकले निर्णय गरेको छ । नयाँ सदस्यता र नविकरण पश्चात जिल्ला शाखाहरुको अधिबेशन गरिने छ । सोका लागि सबै जिल्ला शाखाहरुलाई १५ दिनभित्र आफना सदस्यहरुको नविकरण गर्न केन्द्रीय समितिले अनुरोध गरेको छ । बैठकले संघको प्रशासनिक कार्यालयको दैनिक कार्य सञ्चालनका लागि संघका सदस्य भिष्म लोधलाई जिम्मे...
बाँके भलिबलको नेतृत्वमा चन्द

बाँके भलिबलको नेतृत्वमा चन्द

आस्था, खेल, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, ८ असार - बाँके जिल्ला भलिबल संघको अधिवेशनले चिरन्जीवी चन्दको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । बुधवार भएको अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो । चन्द यसअघि उपाध्यक्ष थिए । संघको उपाध्यक्षमा रीता कोइराला, महासचिव यमनारायण महतो, कोषाध्यक्ष सुमनसिंह बस्नेत सर्वसहमत निर्वाचित भएका छन् । सदस्यहरुमा पुर्ण खत्री, चन्द्र राना, डिबी तामाङ, डिबी बस्नेत र मनिराम बटाला निर्वाचित भए । प्रदेश प्रतिनिधिमा कृष्णा पाठक र यमबहादुर महतारालाई चयन गरेको छ । नेपाल भलिबल संघका सचिव एवं केन्द्रिय प्रतिनिधि भिम ओलीको बिशेष उपस्थिति तथा लुम्बिनी खेलकुद परिषदका कार्यकारी सदस्य नरेन्द्र थापाको बिशेष आतिथ्यमा अधिवेशन सम्पन्न भएको हो । उक्त अधिवेशन भेलामा पुर्व अन्तर्राष्ट्रिय रेफ्री अजितकुमार शर्मा, पुर्व अग्रज खेलाडी एवं प्रशिक्षक लालबहादुर मल्ल, राजेश श्रीवास्तव र रोशन श्रेष्ठको उपस्थिति थिय...
खेलाडीलाई सम्मानगर्ने संस्कारको विकास गरौं : मन्त्रीअथक

खेलाडीलाई सम्मानगर्ने संस्कारको विकास गरौं : मन्त्रीअथक

आस्था, कला/साहित्य, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौं, ८ असार – युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले खेलाडीहरुलाई सम्मान गर्ने संस्कारको विकास गर्नुपर्ने बताउनु भएको छ । मंगलबार ओलम्पिक दिवस २०२२ को अवसरमा काठमाण्डौंमा आयोजित विशेष कार्यक्रममा बोल्दै मन्त्री अथकले पुराना खेलाडीहरुलाई सम्मान गर्दै नयाँ खेलाडीहरुलाई प्रोत्साहन गर्ने संस्कारको विकास गर्नुपर्ने बताउनु भएको हो । नेपाल ओलम्पियन संघले आयोजना गरेको ओलम्पियनहरु बीचको पुनर्मिलन कार्यक्रममा मन्त्री अथकले ईतिहास बोलेका खेलाडीहरुलाई राज्यले उचित सम्मान दिन नसकेको भन्दै दुख समेत ब्यक्त गर्नु भयो । राज्यले खेलकुद क्षेत्रलाई हेर्ने दृष्टिकोण फरक रहेको उल्लेख गर्दै मन्त्री अथकले भन्नुभयो, “यो भन्दा तपाईहरुलाई आश्चर्य लाग्छ होला, तर सिंहदरबार खेलकुदप्रति सकारात्मक छैन ।”खेलकुदसँग सम्बन्धित फाईल रोक्नुलाई सिंहदरबार भित्र ठुलो उपलब्धीका रुपमा लिने गरीएको जिकिर गर्दै म...