
नेपालगन्ज, २३ भाद्र – नेपाली काँग्रेस केन्द्रीय सह-महामन्त्री किशोर सिंह राठौरले गठबन्धन नेपाली काँग्रेसको चाहना होइन र अहिले हामी सत्तामा पनि जान चाहँदैनथ्यो परिस्थितिवस संबिधान जोगाउनका लागि, देशमा चुनाव गराएर संविधान सशक्त रुपमा कार्यान्वयन गरी अगाडी बढानु पर्ने जिम्मेवारी नेपाली काँग्रेसको काँधमा आइपरेको छ र नेपाली काँग्रेस पन्छिनु हुँदैन र कहिले पनि पछि नहटेको र देश जनताका लागि कहिले पछि नहटने बताउनुका साथै हामी यो देशको प्रधानमन्त्री हुनलाई, मन्त्री, माननीय, मेयर वडा अध्यक्ष हुनलाई नेपाली काँग्रेसको जन्म नभएको बताउँदै यो देशका नागरिकलाई रैतीबाट नागरिक बनाउन जन्म भएको र परिस्थितिले आज हामी त्यो ठाउँमा पुगेकाछौ । यदि हामी जिम्मेवार हुन सकेनौ भने भोलि फेरी कुन परिस्थिति निर्माण हुने हो कुनै लेखाजोखा नहुने बताउँदै सबै पार्टी कार्यकर्तालाई सचेत गराएका छन् ।
काँग्रेस सह-महामन्त्री प्रमुख आतिथ्यतामा नेपाली काँग्रेस बाँके क्षेत्र नम्बर ३ र प्रदेश क्षेत्र “क, ख” द्वारा संयुक्त रुपमा आयोजित “जनताका साथमा काँग्रेस” अभियान बृहत कार्यक्रम गरि सम्पन्न गरेको छ ।
आउँदो मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको आम निर्वाचन लक्षित नेपाली काँग्रेस केन्द्रीय निति अनुरूप देश ब्यापी “जनताको साथमा काँग्रेस” अभियान प्रभावकारिताका साथ जनता सामु तिन चरणमा लग्ने भएको छ ।
पहिलो चरण भाद्र १० गतेबाट बी.पी. जन्म जयन्ती भाद्र २४ गते सम्म, दोश्रो चरण समानुपातिक उम्मेदवारी दर्ता पछि र तेस्रो र निर्णायक चरण प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता पछि,- जनता सामु परिचालित केन्द्र प्रदेशका प्रतिनिधिदेखि जिल्ला पार्टीका सबै तह कार्यसमिति, भातृ/सुबेच्छुक संस्थाहरु अभियानमा क्रियाशील हुने छन् ।
जनताको घर आगनसम्म पुग्ने र लोकतान्त्रिक अधिकार प्रयोगको अपील, काँग्रेसले लिएको निति काँग्रेस नेतृत्वमा बिगतमा हासिल राजनीतिक आर्थिक उपलब्धि एवं समसामयिक बिषयमा काँग्रेसले लिएको अडानका बारेमा जनतालाई सुसुचित गर्ने, गठबन्धन तालमेल गरेर जानु परे बिषय र बस्तुस्थिति जनता समक्ष राख्ने र जनताका बिचार भावना सुन्ने बुझ्ने साथै जनभावना तदनुरुप रुपान्तरण र बिकाश परियोजना बारे बिबिध ढंगले अन्तक्रिर्या गर्ने उद्देश्य रहको छ भने अभियानका लागि स्थानीय स्थिति र आवश्यकताका आधारमा बिबिध थप कार्यक्रम तय गर्न जिल्ला कार्य समितिले सहजिकरण गर्न सक्ने छ भने महत्वपूर्ण भुमिका टोल समिति र वडा समितिको रहनेछ ।
कार्यक्रमको सभापतित्व बाँके क्षेत्र नम्बर ३ का सभापति नक्की खाँले गर्नु भएको मंचबाट अधिकांश वक्ताहरूले आउँदो आम निर्वाचनमा गठबन्धनको महत्व र हालै सम्पन्न स्थानीय गठबन्धन निर्वाचनको परिणामबाट हानी नोक्सानीमा गठबन्धन प्रतिको चिन्ता, तल्लो तहको प्रभाव लगायत बिबिध बिषयमा प्रकाश पार्ने वक्ताहरुमा संविधान सभा सदस्य बादशाह कुर्मी, आशा बि.के., जिल्ला सभापति नारायणप्रसाद गौडेल, पूर्व जिल्ला सभापति कृष्णमान श्रेष्ठ, महासमिति सदस्यहरु लक्ष्मीनारायण शाह, मेघराज वली, कपिल शर्मा, महाधिवेशन प्रतिनिधिहरु चेत बहादुर खत्री, झुकमाया जी.एम. जिल्ला सचिव बिनोद थारु, जि.सदस्य देउफल यादव, जानकी गा.पा.अध्यक्ष छब्बन खाँ, खजुरा गा.पा.उपाध्यक्ष मंजु मल्ल ठकुरी रहेका छन् ।
नेपाली काँग्रेस बाँकेका पदाधिकारी सदस्य र बिभिन्न तहका प्रतिनिधिहरूको उपस्थितरहेको कार्यक्रममा स्वागत मन्तव्य बाँके क्षेत्र नम्बर ३ प्रदेश क्षेत्र “क” का सभापति केशवकुमार शाहले गर्नु भएको थियो । समापन मन्तव्य प्रदेश क्षेत्र “ख” का सभापति राजेन्द्र आचार्यले गर्नु भयो भने कार्यक्रम सञ्चालन क्षेत्र नम्बर ३ का सचिव ज्ञानबहादुर ओलीले गर्नु भएको थियो ।
