Monday, June 29सत्यम खबर
Shadow

आस्था

श्रीहरि सत्संगको प्रभात फेरी सम्पन्न

श्रीहरि सत्संगको प्रभात फेरी सम्पन्न

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २८ भाद्र – श्रीहरि सत्संग समिति नेपालगन्ज बाँकेले आज मंगलबार धार्मिक सनातनीहरुको जमटघ गरी प्रभावफेरी निकालेको छ । नेपालगन्ज उपमहानगरपालिकाको विभिन्न चोकहरुको नगर परिक्रममा गर्दै प्रभात फेरी निकालिएको सहभागी भक्तद्वारा जनाईएको छ । उपमहानगरको परिक्रमा गर्ने क्रममा नेपालगन्जको किन्नुराम काशीराम धर्मशालाबाट शुरु हु“दै त्रिवेणी मोड, न्यूरोड, भानुभक्त चोक हु“दै धम्बोझी चोक, बिपि चोक, गणेशमान चौक परिक्रमा गर्दै भेरी अस्पताल हु“दै पुनः किन्नुराम काशीराम धर्मशाखा पुगेको भक्तद्वारा जनाईएको छ ।...
PM मोदी 75 प्रतिशत रेटिङका साथ सबैभन्दा लोकप्रिय विश्व नेताहरूको सूचीमा शीर्ष स्थानमा: सर्वेक्षण

PM मोदी 75 प्रतिशत रेटिङका साथ सबैभन्दा लोकप्रिय विश्व नेताहरूको सूचीमा शीर्ष स्थानमा: सर्वेक्षण

आस्था, प्रदेश ५, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २८ भाद्र –प्रधानमन्त्री नरेन्द्र मोदी 75 प्रतिशतको अनुमोदन रेटिङका साथ विश्व नेताहरूको बीचमा फेरि एकपटक शीर्ष स्थानमा छन्, मर्निगं कन्सल्ट सर्वेक्षणले देखाएको छ।मोदीपछि मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोर र इटालीका प्रधानमन्त्री मारियो ड्राघी क्रमशः ६३ र ५४ प्रतिशत रेटिङका साथ दोस्रो र तेस्रो भए। २२ विश्व नेताहरूलाई समावेश गरिएको सूचीमा अमेरिकी राष्ट्रपति जो बाइडेन ४१ प्रतिशत रेटिङका साथ पाँचौं स्थानमा छन्।बाइडेनपछि क्यानडाका राष्ट्रपति जस्टिन ट्रुडो ३९ प्रतिशत र जापानी प्रधानमन्त्री फुमियो किशिदा ३८ प्रतिशतमा छन् । Morning Consult Political Intelligence ले हाल अष्ट्रेलिया, अस्ट्रिया, ब्राजिल, जर्मनी, भारत, मेक्सिको, नेदरल्यान्ड्स, दक्षिण कोरिया, स्पेन, स्वीडेन र संयुक्त राज्य अमेरिकामा सरकारी नेताहरू र देशको प्रक्षेपणहरूको अनुमोदन मूल्याङ्कनहरू ट्र्...
चीनमा देखिएको तापलहरले लिथियम ब्याट्रीको विश्वव्यापी आपूर्तिचक्र नै प्रभावित

चीनमा देखिएको तापलहरले लिथियम ब्याट्रीको विश्वव्यापी आपूर्तिचक्र नै प्रभावित

आर्थिक, आस्था, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २८ भाद्र –चीनका विभिन्न क्षेत्रमा देखिएको तापलहरका कारण सौर्य उर्जाका लागि आवश्यक लिथियम ब्याट्री र सोलर प्यानलेको विश्वव्यापी आपूर्तिचक्रमा ठूलो दबाब परिरहेको पाइएको छ । हङकङबाट प्रकाशित हुने साउथ चाइना मर्निङ पोस्टका अनुसार चीनको सिचुआन प्रान्तमा देखिएको तापलहरका कारण सरकारले कारखाना बन्द गर्न निर्देशन दिएसँगै त्यहाँ रहेका कारखानाको काम ठप्प भएको छ । बिजुली जोगाउन भन्दै चीन सरकारले तापलहरका बेला औद्योगिक उत्पादन बन्द गराएको हो । यस्ता कारखानाहरुले आफूहरुले सरकारी निर्देशन पालना गरिरहेको साउथ चाइना मर्निङ पोस्टलाई जानकारी दिएका छन् । यसका कारण ती कारखानाहरुले लिथियम र पोलिसिलिकनको उत्पादन प्रभावित भएको जनाएका छन् । चीन विश्वकै सबैभन्दा ठूलो लिथियम ब्याट्री उत्पादक मुलुक हो ।...
चीनको सैन्य आपूर्ति गुणस्तरसँग असन्तुष्ट बंगलादेश: रिपोर्ट

चीनको सैन्य आपूर्ति गुणस्तरसँग असन्तुष्ट बंगलादेश: रिपोर्ट

आर्थिक, आस्था, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
बंगलादेश (एएनआई) २८ भाद्र – लामो समयदेखि चीन छिमेकी देशहरूको प्रमुख रक्षा निर्यातकको रूपमा उभिन खोज्दै आएको छ। यसले हतियार आपूर्तिको उपकरणलाई एशियामा “इन्स्ट्रुमेन्टम रेग्नी” को रूपमा प्रयोग गर्दछ, अर्थात्, यसले सैन्य निर्भरता भएका केही देशहरूलाई बाँध्ने प्रयास गर्दछ। तर, पश्चिमा मापदण्डभन्दा कम उत्पादन भएका उपकरणको अत्यन्त न्यून गुणस्तरले यो परियोजनालाई कमजोर पार्ने एक मिडिया रिपोर्टले जनाएको छ । हालै, बंगलादेश सेनाले चाइना नर्थ इन्डस्ट्रिज कर्पोरेशन (नोरिन्को) को ट्याङ्की गोलाबारुदको आपूर्तिमा असन्तुष्टि व्यक्त गर्दै परीक्षण नगरिएको भन्दै अस्वीकार गरेको थियो। चीनबाट प्राप्त हुने सैन्य सामग्रीको गुणस्तरप्रति देश असन्तुष्ट रहेको देखिन्छ । बंगलादेशको आर्थिक अवस्थाको कारण, ढाका चिनियाँहरूतिर फर्कन बाध्य भयो, जसले पश्चिमीहरू भन्दा धेरै लाभदायक मूल्यहरूको अभ्यास गर्यो। यस कारणका लागि...
ताइवानले भन्यो : चीनको पछिल्लो आक्रामकता ‘अतिरञ्जित चाल’

ताइवानले भन्यो : चीनको पछिल्लो आक्रामकता ‘अतिरञ्जित चाल’

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
ताइपेई, २८ भाद्र – ताइवानले चीनको पछिल्लो आक्रामकता ‘अतिरञ्जित चाल’ भएको बताएको छ। बेइजिङले ताइवानको प्रमुख वायुसेना आधार पेन्घु टापुहरूमा आफ्नो सैन्य अभ्यास गरिरहेको विषयमा ताइवानले उक्त टिप्पणी गरेको हो। मिडिया रिपोर्टका अनुसार ताइपेइलाई धम्की दिनका लागि चीनले उक्त चाल चलिरहेको छ। अर्को अमेरिकी कंग्रेसनल प्रतिनिधिमण्डलले ताइवानको यात्रा गरेपछि चीन आक्रामक बनेको हो। चिनियाँ जनमुक्ति सेना (पीएलए) द्वारा एक सामाजिक सञ्जाल पोस्टले पेन्घु टापुहरूको फुटेज सार्वजनिक गरिएको थियो।...
लोकतन्त्र र नागरिक शिक्षा अन्तरक्रिया

लोकतन्त्र र नागरिक शिक्षा अन्तरक्रिया

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज २८ भाद्र – नेपालका नागरिकले व्यवहारिक रुपमा लोकतन्त्रको अनुभुति गर्न नपाएको एक कार्यक्रममा बताइएको छ । जनताको ठुलो बलिदानी र संघर्षपछि स्थापना भएको लोकतन्त्रमा जनतालाई दुःख र राजनितिक दललाई मस्ती भएको भन्दै ऐतिहासिक रुपमा निमार्ण भएको संविधानको कार्यन्वयनमा चुनौती उत्पन्न भएको सहभागिहरुले बताएका थिए । एफ इ एस नेपालको सहकार्यमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले आज गरेको बदलिंदो परिस्थतीमा लोकतन्त्र र नागरिक शिक्षा विषयक अन्तरक्रियाका सहभागिहरुले लोकतन्त्र र संघिय पुर्नंरचनापछि नागरिकका सबै अधिकार सुनिश्चित हुनुपर्नेमा त्यसो नभएको चिन्ता व्यक्त गरिएको थियो । कार्यक्रममा सहभागि नागरिक समाजका अगुवाहरुले तीन वटै सरकारको गुणस्तरिय, सेवा, पारदर्शिता, र विद्यामान कानूनको कार्यन्वयन गरि नागरिकलाई सामान रुपमा सहभागिता गराउनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा ...
नेपालगन्जमा नयाँ प्रमुख प्रशासकीय अधिकृत

नेपालगन्जमा नयाँ प्रमुख प्रशासकीय अधिकृत

आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार
नेपालगन्ज,२८ भाद्र – नेपालगन्ज उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा हुनुभएका शिवप्रसाद रिजाल सोमबार कार्यालयमा हाजिर हुनु भएको छ ।रिजाललाई नगरप्रमुख प्रसान्त बिष्ट, उपप्रमुख कमरुद्दिन राई लगायत अन्य जनप्रतिनिधि र कर्मचारीहरुले स्वागत गर्नुभयो । प्रमुख प्रशासकीय अधिकृत रिक्त भएको डेढ महीनापछि रिजाल सरुवा भइ आउनु भएको हो । रिजालले करिब १५ बर्ष स्थानिय तह र स्थानिय निकायमा लेखा प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, स्थानीय बिकाश अधिकारी, जिल्ला समन्वय अधिकारीको रूपमा काम गरेको अनुभव छ ।पछिल्लो पटक उहाँ कास्कीको सहायक प्रमुख जिल्ला अधिकारीको रूपमा कार्यरत हुनुहुन्थ्यो । उहाँको स्थायी घर पर्बत हो ।...
बाँके क्षेत्र नं. १ बाट खेलकुद मन्त्री ‘अथक’ सिफारिस

बाँके क्षेत्र नं. १ बाट खेलकुद मन्त्री ‘अथक’ सिफारिस

आस्था, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, २८ भाद्र – आसन्न संघिय निर्वाचनका लागि युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) बाँकेबाट उम्मेदवार सिफारीस हुनुभएको छ ।नेकपा (माओवादी केन्द्र) ले मन्त्री अथकलाई बाँके क्षेत्र नं. १ बाट प्रतिनिधिसभाको उम्मेदवार सिफारीस गरेको हो । मन्त्री अथक ०७४ सालको निर्वाचनमा यही निर्वाचन क्षेत्रबाट निर्वाचित हुनुभएको थियो । हाल युवा तथा खेलकुद मन्त्री रहेका अथक पश्चिम नेपालकै बिकासप्रेमी नेताका रुपमा स्थापित हुनुहुन्छ । आफ्नो क्षेत्रको विकासमा अहोरात्र खटिने नेताका रुपमा पहिचान बनाएका अथक मन्त्री भएसँगै उहाँको चर्चा चप लुलिएको छ । मन्त्रालय सम्हालेको छोटो समय मै खेलकुद क्षेत्रको सुधारका लागि थुप्रै नितिगत निर्णयहरु गराउन सफल भएका मन्त्री अथक अन्य पार्टी भित्र पनि राम्रो छवि भएको नेताको रुपमा चिनिनु हुन्छ ।...
नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेको पुनर्गठन

नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेको पुनर्गठन

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, २६ भाद्र – नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेको पुनर्गठन भाद्र २४ गते गरिएको छ ।नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका अध्यक्ष पदमा बस्नेतको अध्यक्षतामा सक्रिय स्वयम्सेवी रक्तदाताहरुको वृहद् सहभागितामा भएको बैठकले शुक्रवार समाजको पुनर्गठन गरिएको हो ।नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेको नियमित स्वयंसेवी रक्तदाता तथा समाजसेवी दिला शाहको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समितिको गठन गरिएको छ । सो समितिको उपाध्यक्ष पदमा मन बहादुर केसी, सचिवमा भिष्म प्रसाद लोध, कोषाध्यक्षमा मनमोहन वर्मा चयन हुनुभएको छ । यसैगरि सदस्यहरुमा रुपा गहतराज, दिनेश ठाकुर, मीना तुलाध, सुनिल परियार, पवन कुमार वैश्य, गौतम प्रसाद पौडेल, होमराज गिरीलाई सर्वसम्मतिले चयन गरेको छ ।यसैगरी बैठकले समाजको रक्तअभियन्ताहरुको ७ सदस्यीय सल्लाहकार गठन गरिएको छ । सल्लाहकारहरुमा वरिष्ठ पत्रकारहरु पूर्णलाल चुके, झलक गैरे...
महिला पुरुष गरी ९१ जनाले रक्तदान

महिला पुरुष गरी ९१ जनाले रक्तदान

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २६ भाद्र – “रक्तदान जीवनदान, आत्मज्ञान अति महान, सेवा गर्ने हाम्रो अभियान” मूल उद्देश्यका साथ नेपाल मानव धर्म सेवा समिति नेपालगन्जले भाद्र २५ गते शनिवार आयोजना गरेको बृहत रक्तदान कार्यक्रम महिला पुरुष गरी ९१ जनाले रक्तदान गरेका छन् ।सदगरुदेव श्री सतपाल जी महाराजको पावन जन्मोत्सव तथा विश्व शान्ति दिवसको शुभ अवसरमा आयोजित बृहत रक्तदान कार्यक्रममा नेपाल मानव धर्म सेवा समिति नेपालगन्जको प्राङ्गगणमा सम्पन्न रक्तदान समितिका माहत्मा चादना वाइजीले नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका मन्त्री अजीज अहमद सिद्दीकीलाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । सो कार्यक्रममा अन्जन थापा, हर्ष शर्मा, नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका सदस्य तथा प्राविधिक होमराज गिरी, गणेश चन्द, सुजन थापा, बिनोद जंग शाह, सुजन सिटौला, अमित कडेल, तेज नारायण कडेल, बीरेन्द्र ग...