Monday, June 29सत्यम खबर
Shadow

आस्था

पूर्व राष्ट्रपति यादवले खोले ओली र राणाको पोल

पूर्व राष्ट्रपति यादवले खोले ओली र राणाको पोल

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ७ असोज – सङ्घीय संसद्ले दुई-दुई पटक बहुमतसहित पारित गरेको नागरिकता सम्बन्धी विधेयकलाई रोक्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमविरुद्ध पूर्व राष्ट्रपति रामवरण यादव उभिएका छन्। उनले संसद् विघटन गर्ने तत्कालीन प्रधानमन्त्री र हाल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानन्यायाधीश राणाको पोल खोलेका हुन्। पूर्व राष्ट्रपति यादवले संविधानसम्मत नभएको प्रतिनिधिसभा विघटनको सिफारिस सदर गर्ने राष्ट्रपति भण्डारीलाई नागरिकता विधेयक रोक्ने अधिकार नभएको बताएका छन्। एक दैनिकसँगको अन्तर्वार्तामा पूर्व राष्ट्रपति यादवले संसद् विघटनको असंवैधानिक काममा त्यति बेला राष्ट्रपति, प्रधानमन्त्री र न्यायालय प्रमुखको संलग्नता रहेको देखिएको पनि बताएका छन्। sf7df8f}F, @* ebf}M /f;;;Fu s'/f ub}{ k"j{/fi6«klt 8f ofbj u0ftGq g]kfnsf k|yd /fi6«klt 8f /fdj/0f ofbj /fli6«o ;dfrf/ ;ldlt -/f;;_;Fu ;d;fdl...
ऋणको भार बोकाएका चिनियाँ विमान चीनलाई नै सस्तोमा बेचिदै

ऋणको भार बोकाएका चिनियाँ विमान चीनलाई नै सस्तोमा बेचिदै

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ७ असोज – चिनियाँ विमान खरिद गरेको आठ वर्षपछि नेपाल वायुसेवा निगमले उक्त विमानहरु नचाहिने निर्णय गरेको छ। अन्डरसर्भ्ड हिमाली मार्गहरूमा उडान गर्ने आशा गरेको चिनियाँ विमानहरु ल्याएको आठ वर्षपछि उडाउन नसकिने र थप समस्या भएको भन्दै बिक्री गर्ने निगमले निर्णय गरेको हो। तराईका केही विमानस्थलमा सञ्‍चालन भए बाहेक यी विमानहरूले आकाशमा भन्दा बढी समय जमिनमै रहेका छन्। यी चिनियाँ विमानहरुले नेपाल वायु सेवा निगमको लागि ऋणको भारले आर्थिक तनाव सिर्जना गरेका छन्। चिनियाँ विमानहरू दुई वर्षभन्दा बढी समयदेखि ग्राउन्डेड छन्। सेप्टेम्बर १४ मा नेपाल वायु सेवा निगमले भाडामा दिनका लागि सूचना जारी गरेको थियो। तीनवटा १७ सिटको वाई१२ई विमान र दुईवटा ५६ सिट क्षमताको एमए६० विमानहरू काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वपट्टिको रिमोट पार्किङ बेमा पार्क गरिएका छन्। अर्को एउटा नेपालगन्ज...
राष्ट्र बैंकको नीति सुधारका लागि व्यवसायीहरुको धर्ना

राष्ट्र बैंकको नीति सुधारका लागि व्यवसायीहरुको धर्ना

आर्थिक, आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ७ असोज – नेपालगन्जका उद्योगी, व्यवसायीहरुले आज शुक्रबार नेपाल राष्ट्र बैंक अगाडि धर्ना दिएका छन् । उद्योगी, व्यवसायीहरुको छाता संगठन नेपालगन्ज उद्योग वाणिज्य संघको अगुवाईमा आन्दोलित उद्योगी, व्यवसायीहरु नेपाल राष्ट्र बैंकलाई नीतिगत सुधार गर्न दबावमूलक उद्देश्यका साथ धर्ना दिएका छन् । शुक्रबार बिहान १० बजेदेखि करीब एक घण्टा धर्ना बसेका क्रममा व्यवसायीहरुले बैंकको चर्को व्याजका कारण व्यवसायीले तिर्न नसक्ने अवस्था आएको, कोरोनाका कारण धराशयी व्यवसायीले लिएको ऋणमा ब्याजदर मनपरी रुपमा बैंकहरुले बढाइरहेको भन्दै नियमन गर्न राष्ट्र बैंकसँग माग गरेका छन् । कार्यक्रममा बोल्दै अध्यक्ष अब्दुल वाहिद मन्सुरी “चुन्ना”ले बैंकहरुको चर्को ब्याजदर बृद्धिले कारोबार धराशयी भईरहँदा राष्ट्र बैंकले अघि सारेको नयाँ नीतिले बजार, व्यवसाय पूर्ण रुपमा ठप्प हुने दाबी गरेका थिए । कार्यक्रममा बोल्...
नेपालगन्ज म्याराथनलाई अन्तर्राष्ट्रिय मान्यता

नेपालगन्ज म्याराथनलाई अन्तर्राष्ट्रिय मान्यता

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, ७ असोज – नेपालगन्ज म्याराथनले अन्तर्राष्ट्रिय मान्यता पाएको छ । विश्व एथ्लेटिक्सको सर्वोच्च निकाय वल्र्ड एथ्लेटिक्स अन्तर्गत एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड रोड रेश (एम्स)ले नेपालगन्ज म्याराथनलाई मान्यता दिएको हो ।“हिजो बिहिवार राति मात्र एम्सको पत्र र प्रमाणपत्र प्राप्त भयो ।” नेपालगन्ज म्याराथनका संस्थापक अध्यक्ष टीएस ठकुरीले भने– “चार वटा विधाको अलगअलग प्रमाणपत्र पाएका छौं ।” एम्सले पठाएको चार वटा प्रमाणपत्रमा म्याराथन ४२.१९५ किलोमिटर, हाफ म्याराथन २१.०९७ किलोमिटर, १० किलोमिटर र ५ किलोमिटर दौडको रुट प्रमाणीकरण भएको हो । एम्सका कोर्ष म्यानेजर आमिर सान्डिवानले भदौ १२ गते सुर्खेतरोड स्थित रुट मापन गरेर रिपोर्ट बुझाएका थिए । वल्र्ड एथ्लेटिक्सका इन्टरनेसनल मेजरमेन्ट एडमिनिस्ट्रेटर डेभ कुन्डीको हस्ताक्षरित प्रमाणपत्र प्राप्त भएको हो ।नेपालगन्ज उपमहानगरपालिकादेखि सुरु भइ...
खनालको नेतृत्वमा नेपालगन्जमा आर्थिक पत्रकार समूह गठन

खनालको नेतृत्वमा नेपालगन्जमा आर्थिक पत्रकार समूह गठन

आर्थिक, आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार
नेपालगन्ज, ६ असाेज - बाँकेका पत्रकारले अन्नपूर्ण पोस्ट् दैनिकका उप–सम्पादक शंकरप्रसाद खनाल अध्यक्ष रहेको आर्थिक पत्रकार समूह गठन गरेका छन् । आर्थिक एजेण्डाका विषयमा कलम चलाउने पत्रकारहरुको बिहीबार नेपालगन्जमा सम्पन्न भेलाले खनालको नेतृत्वमा समूहकोे सात सदस्यीय तदर्थ समिति गठन गरिएको हो । खनाल नेपालगन्जबाट ०६३ सालमा प्रकाशित अर्थखबर पाक्षिकका सम्पादक हुन् । उनी नेपालगन्जको समाचारमूलक अनलाइन मेरोखुसी डटकमका पनि सम्पादक हुन् । समूहको उपाध्यक्षमा रुपा गहतराज (कान्तिपुर दैनिक), सचिव लक्ष्मण ढुंगाना (कारोबार दैनिक/एपी वान टेलिभिजन), सहसचिव निशु जोशी (रेडियो कृष्णसार) र कोषाध्यक्ष विमला चौधरी (बीबीसी नेपाली सेवा) चयन भएका छन् । देवेन्द्र पौडेल (दैनिक नेपालगन्ज) र विजय मल्ल (सद्भाव दैनिक) समूहकोे सदस्य भएका छन् ।...
व्यवसायीको समस्या समाधान गर्न चरणबद्ध दबावमूलक कार्यक्रम

व्यवसायीको समस्या समाधान गर्न चरणबद्ध दबावमूलक कार्यक्रम

अवधी, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ६ असोज – सम्बन्धित सरोकारवाला पक्षहरुले उद्योगी व्यवसायीहरुको समस्या समाधान गर्न ध्यान केन्द्रित गर्न व्यवसायीहरुको छाता संगठन नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी “चुन्ना” पत्रकार सम्मेलनमार्फत आग्रह गरेका छन् ।अध्यक्ष मन्सुरीले कोरोना कालदेखि नै व्यापारीहरु मार खेप्दै आईरहेको अवस्थामा नेपाल राष्ट्र बैंकद्वारा लागू गर्न लागिएको नीतिले व्यापारी झन मारमा पर्ने बताउँदै विगतदेखि नै खुला सीमानाकाले गर्दा समेत नेपालगन्जका व्यापारीहरुले सास्ती खेप्दै आईरहेको गुनासो पोखेका छन् । संघका प्रवक्ता टंक धामीले प्रेस विज्ञप्ती बाचन गर्दै “बैंक तथा वित्तिय संस्थाहरुले असोज १ गतेदेखि लागू हुने गरि ब्याजदरमा गरेको बृद्धिले कर्जाको ब्याजदर आकासिने हुँदा कोभिड महामारी र वित्तिय क्षेत्र असन्तुलनका कारण प्रभावित उद्यमी व्यवसायी मर्माहत भएका छौं । कारोबारको २०/२५ प्रतिशत...
बाल यौन दुरुपयोग तथा लेनदेन मुद्दामा २ पक्राउ

बाल यौन दुरुपयोग तथा लेनदेन मुद्दामा २ पक्राउ

अपराध, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ६ असोज – बाल यौन दुरुपयोग मुद्दाका फरार प्रतिवादी प्रकाश खत्री पक्राउ परेका छन् ।पक्राउ परेका खत्रीलाई सम्मानित बाँके जिल्ला अदालतको मिति २०७/११/०२ को फैसलाले बालयौन दुरुपयोग मुद्दामा ९ महिना १४ दिन कैद सजाय तोकिएकोमा हालसम्म फरार रहेका खत्री पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । प्रहरी स्रोतका अनुसार कार्यालयबाट खटिएको प्रहरी टोलीले बुधबार पक्राउ गरी बाँके जिल्ला अदालतमा बुझाईएको जनाएका छन् । यसैगरी, लेनदेन मुद्दामा फरार प्रतिवादी तुलशीराम खटिकलाई पक्राउ गरिएको छ ।पक्राउ परेका खटिक बाँके जिल्ला अदालतको मिति २०७९/०५/१० गतेको फैसलाले लेनदेन मुद्दामा ६ महिना कैद सजाय तोकिएको तथा उनलाई बाँके जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले आज विहिबार पक्राउ गरी बाँके जिल्ला अदालतमा बुझाईएको जनाएका छन् ।...
३५ हजार करोड रुसबाट कच्चा तेल खरिद गर्दा भारतले जोगायो

३५ हजार करोड रुसबाट कच्चा तेल खरिद गर्दा भारतले जोगायो

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, विदेश, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ६ असोज – उज्बेकिस्तानको समरकन्दमा प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भएको भेटवार्तामा चर्चा भएको थियो । यस क्रममा मोदीले पुटिनलाई युक्रेन युद्धका बारेमा सल्लाह पनि दिएका थिए । यो सल्लाहलाई संसारभरबाट प्रशंसा भइरहेको छ। रुसबाट सस्तो तेल आयात गरेकोमा पश्चिमका केही देशले भारतको आलोचना गरेका बेला दुई नेताको भेटवार्ता भएको हो । तर युक्रेन युद्धपछि अमेरिकालगायत धेरै देशले रुसमाथि लगाएको कडा प्रतिबन्धका बाबजुद भारतले रुसबाट तेल किन्ने क्रम जारी राख्यो । भारतले रुसबाट तेल खरिद गरेर ३५ हजार करोड रुपैयाँको ठूलो बचत गरेको छ । विरोधका बाबजुद भारतको निर्णयवास्तवमा भारतले पश्चिमी मुलुकको विरोधका बाबजुद तेल आयात गर्ने निर्णय गरेको थियो । यो निर्णयको फाइदा र बेफाइदाको बारेमा धेरै चर्चा भयो। रोयटर्सको प्रतिवेदनमा तथ्यांक प्रस्तुत गर्दै भारतले यस वर्षको पहिलो ...
को हुन पत्रकार शर्मा ? लुम्बिन प्रदेशसभाका लागि सिफारिस

को हुन पत्रकार शर्मा ? लुम्बिन प्रदेशसभाका लागि सिफारिस

अवधी, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, ६ असोज – पत्रकारिता पृष्ठभूमीका कुन्तलराज शर्मा नेपाली काँग्रेसको राजनीतिमा सक्रिय भएका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ६ फुल्टेक्राका शर्मा मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बाँके क्षेत्र नम्बर २ (ख) बाट समानुपातिकतर्फ सिफारिसमा परेका छन् । प्रदेश क्षेत्रीय कार्यसमितिले उनलाई लुम्बिनी प्रदेशसभाका लागि समावेशी मधेशीतर्फ सिफारिस गरेको हो । २०४६ सालदेखि पत्रकारिता थालनी गर्दैगर्दा नेपाली काँग्रेसको विचार, सिद्धान्त र आदर्शबाट प्रभावित भई उनी राजनीतिमा लागेका थिए । २०४६ सालको जनआन्दोलन होस् वा २०६२/६३ को लोकतान्त्रिक जनआन्दोलन, प्रत्येक आमनिर्वाचन, सामाजिक कार्य तथा पार्टीका हरेक गतिविधिमा उनी निष्ठापूर्वक सरिक हुँदै आईरहेका छन् । उच्च नैतिकताका साथ पार्टी जीवनमा क्रियाशील शर्मा उत्तरदायित्व बहनमा उनी अब्बल छन् । उनले आफूले पाएका पदीय जिम्...
विपद् सूचना व्यवस्थापन पोर्टल नरैनापुरमा सञ्चालन गर्ने

विपद् सूचना व्यवस्थापन पोर्टल नरैनापुरमा सञ्चालन गर्ने

अवधी, आस्था, प्रदेश ५, मौसम, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, सूचना-प्रबिधि
नरैनापुर, ६ असोज – बाँकेको नरैनापुर गाँउपालिकाले विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापनका लागि विपद् सूचना व्यवस्थापन प्रणाली लागु गर्ने भएको छ ।नरैनापुर गाँउपालिकामा सेभ द चिल्डूेनको सहयोगमा एसडिएफले बुधबार आयोजना गरेको पोर्टल स्थानीयकरण सम्बन्धी अभिमुखीकरण कार्यशालामा बोल्दै नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले पोर्टल मार्फत विपद्को तयारी, प्रतिक्रिया, सतर्क, जोखिम सम्बन्धी जानकारी साथै क्षमता र संशोधनका विभिन्न तथ्याङ्क र सूचना लिन सहज हुने भएकोले उक्त पोर्टल संचालनका लागि गाँउपालिकाले भूमिका खेल्ने बताउनु भयो । कार्यशालालाई सहजिकरण गर्दै आई.एच.आर.आर का टिम लिडर सुरज गौतमले विपद् पोर्टलले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको लागि चाहिने पूर्वतयारी, पूर्व चेतावनी र प्रतिकार्यमा सुदृढ पार्ने क्षमता राख्नुका साथै यसले विपद् जोखिमको सञ्चार र विपद् पछिको घटनामा समन्वय गर्न ...