Sunday, April 12सत्यम खबर
Shadow

बाल यौन दुरुपयोग तथा लेनदेन मुद्दामा २ पक्राउ

नेपालगन्ज, ६ असोज – बाल यौन दुरुपयोग मुद्दाका फरार प्रतिवादी प्रकाश खत्री पक्राउ परेका छन् ।
पक्राउ परेका खत्रीलाई सम्मानित बाँके जिल्ला अदालतको मिति २०७/११/०२ को फैसलाले बालयौन दुरुपयोग मुद्दामा ९ महिना १४ दिन कैद सजाय तोकिएकोमा हालसम्म फरार रहेका खत्री पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रहरी स्रोतका अनुसार कार्यालयबाट खटिएको प्रहरी टोलीले बुधबार पक्राउ गरी बाँके जिल्ला अदालतमा बुझाईएको जनाएका छन् ।

यसैगरी, लेनदेन मुद्दामा फरार प्रतिवादी तुलशीराम खटिकलाई पक्राउ गरिएको छ ।
पक्राउ परेका खटिक बाँके जिल्ला अदालतको मिति २०७९/०५/१० गतेको फैसलाले लेनदेन मुद्दामा ६ महिना कैद सजाय तोकिएको तथा उनलाई बाँके जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले आज विहिबार पक्राउ गरी बाँके जिल्ला अदालतमा बुझाईएको जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *