Monday, June 29सत्यम खबर
Shadow

आस्था

चिनमा ठुलै उथलपुथलको आशंका, नजरबन्दमा छन् राष्ट्रपति सी चिनफिङ ?

चिनमा ठुलै उथलपुथलको आशंका, नजरबन्दमा छन् राष्ट्रपति सी चिनफिङ ?

आस्था, प्रदेश ५, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ९ असोज – चिनमा यतिवेला ठुलै राजनीतिक उथलपुथल भएको अपुष्ट समाचारहरु वाहिरिएका छन । अन्तराष्ट्रिय समाचार माद्यमहरुमा प्रकाशित समाचार अनुसार चिनियाँ राष्ट्रपति सी चिनफिङ हाल घरमै नजरबन्दमा छन् । राजधानी बेइजिङ सेनाको नियन्त्रणमा रहेको भन्दै शनिबार धेरै सञ्चारमाध्यमहरूले दाबी गरेका छन्। समाचार अनुसार बेइजिङबाट अन्तर्राष्ट्रिय र आन्तरिक उडानहरू रोकिएको छ । जसका कारण बेइजिङलाई बाँकी विश्वबाट सम्पर्क विच्छेद गराईएको छ । जानकारी अनुसार राष्ट्रपति सी जिनपिङलाई पीएलए प्रमुखको पदबाट हटाएर घरमै नजरबन्द गरिएको हो । तर, यी सवै समाचारलाई कुनै पनि मिडियाले आधिकारिक रुपमा पुष्टि गर्न सकेका छैनन् । न्युज हाईल्याण्ड भिजनको रिपोर्ट अनुसार पूर्व चिनियाँ राष्ट्रपति हु जिन्ताओ र पूर्व प्रधानमन्त्री वेन जिबाओले स्थायी समितिका पूर्व सदस्य सोङ पिङलाई आफूसँग सामेल हुन र केन्द्रीय गार्ड ब्यूरो...
राप्रपाले तालमेलबिना पनि जित्न सक्छः राजेन्द्र लिङ्देन

राप्रपाले तालमेलबिना पनि जित्न सक्छः राजेन्द्र लिङ्देन

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाडौं, ९ असोज - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टी संघका १६५ र प्रदेशका ३३० सिटमा उम्मेदवार टुंग्याउने अन्तिम चरणमा पुगेको बताएका छन् ।“गठबन्धन वा तालमेललाई हामीले उच्च प्राथमिकतामा राखेका छैनौं । कहीं कहीं जिल्ला तहमा समझदारी हुन सक्छन् । आवश्यकता अनुसार केही जिल्ला वा क्षेत्र मा सहमति गर्ने भनेका छौं । तालमेल भए पनि सीमित ठाउँमा मात्र हुन्छ । अहिले हामी संघका १६५ र प्रदेशका ३३० सिटमा उम्मेदवार टुंग्याउने अन्तिम चरणमा छौं,” नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै लिङ्देनले भने । राप्रपा अध्यक्ष लिङ्देनले आफ्नो पार्टीले गठबन्धन वा भागबन्डालाई प्राथमिकतामा नराखेको पनि उनले औल्याए । उनले थपे, “हामी कसैको सहयोग बिना पनि लड्न सक्छौं । हामीले जनताको सहयोग लिने हो । तालमेल र गठबन्धन पनि जनतासँगै...
काँग्रेसमा ठूलै विद्रोहको तयारी, गठबन्धनसम्म तरङ्ग

काँग्रेसमा ठूलै विद्रोहको तयारी, गठबन्धनसम्म तरङ्ग

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाडौं, ९ असोज - नेपाली काँग्रेसमा समानुपातिकतर्फ टिकट बाँडफाँडले कम्पन गएको छ । संस्थापनपक्षले आफूनिकटस्थलाई मात्र सांसद बन्ने गरी सूची बनाएर निर्वाचन आयोगमा बुझाएपछि विरोध चुलिएको हो । जसका कारण संस्थापन इतर समूह ठूलै विद्रोहको तयारीमा लागेको छ । काँग्रेसको संस्थापनइतरका पदाधिकारीले पनि आफूनिकटस्थलाई सांसद बन्ने गरी सूचीमा राखेर रणनीतिक चार्तुयता देखाएका छन् । उपसभापति, महामन्त्री र सहमहामन्त्रीहरु या त आफू सूचीमा बसेका छन् या त आफ्नालाई राखेर चार्तुयता देखाएका छन् । यसले ठूलो पंक्ति आक्रोशित छ । संस्थापनइतरको पदाधिकारीबाहेकका नेताहरु विद्रोहका लागि डा. शेखर कोइरालालाई दबाब दिइरहेका छन् । उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा समानुपातिक सूचीमा राखिएका नामहरुबारे चुप छन् । उनीहरुप्रति पनि शेखर समूहका नेताहरु असन्तुष्ट भएका छन् । शेखर कोइराला समूह...
पुटिनले आणविक अस्त्र प्रयोग गरे के होला

पुटिनले आणविक अस्त्र प्रयोग गरे के होला

आस्था, प्रदेश ५, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाडौं, ९ असोज - रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकासहित पश्चिमा देशहरुसँग ठूलै युद्ध लड्ने गरी बढेका छन् । उनले ३ लाख रिजर्भ सैनिकलाई युद्धका लागि बोलाउने घोषणा गरिसकेका छन् । युद्धमा खटिने सैनिकका लागि कडा कानून पनि जारी गरेका छन् । युद्धमा खटिने सैनिकले आत्मसमर्पण गरेर रुस फर्किएमा १० वर्षभन्दा बढी जेल सजाय हुने प्रावधान बनाएका छन् । यो आफैमा अर्थपूर्ण कदम हो । पुटिनले बुधबार टेलिभिजन सम्बोधनमार्फत् आणविक अस्त्रको सम्भावित प्रयोग धम्कीमात्र नभएको बनाइसकेका छन् । यसबाट उनी हतियार प्रयोगमा पछि हट्ने छैनन् भन्ने सन्देश दिएका छन् । अब पुटिनले रणनीतिक रुपमा एक या दुई आणविक हतियार प्रहार गर्ने विश्लेषण गर्न थालिएको छ । रुससँग ५ हजार ९७७ आणविक हतियार रहेको अनुमान छ । जुन अन्तरमहादेशीय रकेटमा राखेर प्रहार गर्न सकिने खालको छ । तत्कालीन सोभियत संघले सन् १९४९ देखि १९९० बीच ७१५...
चार दिनदेखि दुई बालिका बेपत्ता

चार दिनदेखि दुई बालिका बेपत्ता

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ९ असोज – बाँकेमा चार दिनदेखि दुई बालिका बेपत्ता भएका छन्। राप्ती सोनारी गाउँपालिका-१ का कुसुम बैरियाका १३ वर्षीया बन्दना बिक र ११ वर्षीय निशा परियार चार दिनदेखि सम्पर्कबिहीन भएको भन्दै परिवारले प्रहरीमा उजुरी दिएका छन् । उनीहरू बेपत्ता भएको तीन दिनपछि बन्दनाकी सानीआमाले इलाका प्रहरी कार्यालय, कुसुममा उजुरी दिएको प्रहरी सहायक निरीक्षक टेकबहादुर केसीले बताए। केसीका अनुसार असोज ४ गते बेलुका निशाले बन्दनालाई आफ्नो घरमा खाना खान बोलाएकी थिइन्। उनीहरू आफन्त र साथी हुन्। उनीहरूले दालभात पकाए पनि खाना नखाएको अवस्थामा फेला परेको केसीले बताए । निशाका मावली हजुरबुबा भिमबहादुर दमाईले उक्त दिन आफू दाङको दंगीशरण गाउँपालिका-१ गोल्टाकुरीमा काम विशेषले गएको र असोज ५ गते बेलुका घरमा फर्किँदा नातिनीलाई घरमा नदेखेको बताए । ‘म घर आउँदा नातिनी देखिनँ,’ उनले भने, ‘घरमा हेरेँ। उनीहरूले ...
चहेल्लम पर्व पचपोखरा स्थित कर्बलामा ताजिया बिर्सजन गरि सम्पन्न

चहेल्लम पर्व पचपोखरा स्थित कर्बलामा ताजिया बिर्सजन गरि सम्पन्न

आस्था, धार्मिक, प्रदेश ५, समाचार, समाज
सकिल अहमद राईजानकी, ७ असोज - बाँकेको जानकी गाउँपालिका वडा नं १ पचपोखरा गाउँमा हजरते इमाम हुसैन (अ.स.) तथा कर्बलाका शहीदहरूको सम्झनामा मनाइने मोहरर्म पर्वको ४० औं दिनपश्चात् मनाइने चहल्लम पर्व बिहीबार धुमधामका साथ सम्पन्न भएको छ । बिहीबार साँझ करीब ६ बजेतिर निस्केको हुसैनी जुलुस, दुलदुल,, ताजिया, आलम, बाजागाजा, कर्बलाको झ्याँकी, लठ्ठी कला प्रदर्शन र आगोको कला प्रदर्शन सहितको जुलुस निकालिएको पचपोखरा स्थित कर्बलामा परम्परा अनुसार ताजिया विसर्जन गरि चहेल्लम पर्व विधिपूर्वक समापन भएको मोहरर्म पर्व तथा समाजसेवी रसीद अहमद राईले बताए । बुधबार गएराती गाउँको केही स्थानमा ताजिया स्थापना गरिएको थियो । सोही राती हुसैनी जुलुस, बाजागाजा, आलम, ताजिया र कर्बलाको झ्याँकी सहित गाउँ परिक्रमा गरि पचपोखरा गाउँको चोकमा भेला भई हुसैनी जुलुसको मिलान गरि चहल्लम पर्व मनाइएको थियो । स्मरणीय रहोस इस्लाम धर्मक...
साईवर क्रईम सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न

साईवर क्रईम सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज, सूचना-प्रबिधि
सकिल अहमद राईजानकी, ७ असाेज - जानकी गा.पा. वडा नं. १ शिवपुरी स्थित रहेको श्री शिवपुरी माध्यामिक विद्यालयमा कक्षा १ देखी १० सम्म अध्ययनरत विद्यार्थीहरुलाई विद्यालयमा कार्यरत शिक्षक समेत स्थानीय जनप्रतिनिधिको उपस्थितीमा साईगाउँ प्रहरी चौकी बाँकेद्वारा आयोजित साईवर क्रईम लगायत विषयवस्तु माथी जनचेतनामूलक कार्यक्रम गरेको छ । साईगाउँ प्रहरी चौकी इन्चार्ज सुजनकुमार खड्काले साईवर क्रईम के हो ? यसले हाम्रो जीवनमा पार्ने असर तथा साईवर क्राइमबाट कसरी बच्ने र यसको कानुनी उपचार सम्बन्धी कार्यक्रममा बोल्दै साइबर माध्यमको दुरुपयोग गरेर हुने गलत तथा गैरकानुनी क्रियालाई साइबर अपराध भनिन्छ बताउनुभयाे । विद्युतीय उपकरणहरू कम्प्युटर, मोबाइल, तथा यसको नेटवर्कका माध्यमबाट हुने कुनै पनि प्रकारका आपराधिक कार्यलाई साइबर अपराधका रूपमा परिभाषित गरिएको छ । अन्य अपराधभन्दा यसको प्रकृति र शैली बिलकुल फरक छ भने यस...
भारतीयमा हाउसफुल चल्दै प्रेमगीत ३

भारतीयमा हाउसफुल चल्दै प्रेमगीत ३

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ७ असोज – नेपाली चलचित्र प्रेमगीत ३ शुक्रबारबाट विश्वभर प्रदर्शन हुँदैछ । प्रदर्शन हुनुअघि नै भारतीय सिनेमाघर हाउसफुल हुने देखिएको छ । अग्रिम टिकट बुकिङले भारतीय सिनेमा घर पनि हाउस फुल हुने देखिएको निर्माता तथा निर्देशक सन्तोष सेनले जानकारी दिए । चलचित्रको प्रचारप्रसारमा निर्माण टिम भारतको मुम्बईमा रहेको छ । बिहीबार प्रिमियर शो गर्ने तयारी भइरहेका बेला शुक्रबारदेखिका शोका लागि उत्साहका साथ टिकट बुकिङ भइरहेको निर्देशक सेनले बताए । केही दिनका लागि शो हाउसफुल हुने गरी टिकट बुकिङ भइसकेको र बुकिङमा भारतीय दर्शकको उत्साह देखिएको उनले बताए । केही दिनयता भारतमा रहेको अभिनेता प्रदीप खड्का र अभिनेत्री क्रिस्टिना गुरुङसँगको अन्तर्वार्तालाई भारतीय सञ्चार माध्यमहरुले प्राथमिकता दिएका थिए । मनोरञ्जन क्षेत्रको निकै चर्चित भारतीय टेलिभिजन जूमले प्रदीप र क्रिष्टिनासँँग प्रेमगीत ३ बार...
भारतसँगको सीमानाको अवस्था स्थिर

भारतसँगको सीमानाको अवस्था स्थिर

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ७ असोज – भारतसँगको सीमानाको अवस्था अहिले स्थिर रहेको उल्लेख गर्दै चिनियाँ राजदूत सन वेइडोङले शनिबार बेइजिङले त्यहाँ सबै गतिविधिहरू देशसँग भएका सम्झौताहरू अनुसार सञ्चालन गर्ने बताए। पूर्वी लद्दाखमा वास्तविक नियन्त्रण रेखा (एलएसी) नजिक चिनियाँ लडाकु जेटहरू उडान गर्ने केही उदाहरणहरू रिपोर्टहरू बाहिर आएपछि टिप्पणीहरू आएका छन्। ‘चीनले भारतसँग भएका सम्झौताअनुसार सीमा क्षेत्रमा सबै गतिविधि सञ्चालन गर्छ। मसँग कुनै आन्दोलनको कुनै विशेष जानकारी छैन; सिमानामा अवस्था अहिले स्थिर छ : सुन वेइडोङले भने । विदेश मन्त्री एस जयशंकरले सीमावर्ती अवस्था नभएसम्म भारत-चीन सम्बन्ध सामान्य हुन नसक्ने बताउँदै चीनले सीमा क्षेत्रमा शान्ति-शान्ति बिथोल्ने हो भने यसले सम्बन्धमा थप प्रभाव पार्ने बताएपछि चीनतर्फवाट यो प्रतिक्रिया आएको हो । चीनले सीमा क्षेत्रको शान्ति र शान्तिमा खलल पुर्‍याउने हो...
चीन ताइवानसँग शान्तिपूर्ण पुनर्मिलन गर्नका लागि प्रयास गर्न तयार

चीन ताइवानसँग शान्तिपूर्ण पुनर्मिलन गर्नका लागि प्रयास गर्न तयार

आस्था, राजनीति, विदेश, समाचार
काठमाण्डौ, ७ असोज – चीन सरकारका प्रवक्ताले बुधबार चीन ताइवानसँग शान्तिपूर्ण पुनर्मिलन गर्नका लागि प्रयास गर्न तयार रहेको बताएका छन् । चीनले प्रजातान्त्रिकरुपमा शासित ताइवानलाई आफ्नो क्षेत्र भएको दाबी गर्दै आएको छ। ताइवान सरकारले चीनको सार्वभौमसत्ताको दाबीलाई अस्वीकार गर्दै टापुका जनताले मात्र आफ्नो भविष्यको निर्णय गर्न सक्ने बताएको छ। अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसीले ताइपेईको भ्रमण गरेपछि चीनले गत महिनादेखि ताइवान वरिपरी सैन्य अभ्यास गरिरहेको छ । यो अभ्यासकाबीच ताइवान टापु नजिकैको पानीमा चीनले मिसाइलहरूसमेत प्रहार गरेको छ । चीनको ताइवान मामिला कार्यालयका प्रवक्ता मा सियाओगुआङले आगामी महिनाको पाँच वर्षमा कम्युनिष्ट पार्टीको महाधिवेशन अघि बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा चीन शान्तिपूर्ण ‘पुनर्एकीकरण’ हासिल गर्नका लागि सबैभन्दा ठूलो प्रयास गर्न इच्छुक रहेको बताएका हुन्। ...