Monday, June 29सत्यम खबर
Shadow

आस्था

झारा टार्न नाका खोल्दै चीन

झारा टार्न नाका खोल्दै चीन

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ६ असोज – कोभिडको बहाना देखाएर एकतर्फी रुपमा सीमा नाका बन्द गरेको चीनले ट्रान्जिटमा रोकिएका मालवाहक कन्टेनरलाई नेपाल आउन दिने भएको छ । नेपाल भ्रमणमा रहेका चिनियाँ जनकांग्रेसका अध्यक्ष ली चान्सुलाई राजनीतिक नेतृत्वले नाका खोल्न अनुरोध गरेपछि ुझारा टार्नु भए पनि चीनले केही दिनका लागि नाका खुलाउन लागेको हो । चीनले गत महिनादेखि तातोपानी र रसुवागढी नाका बन्द गरेको छ । राष्ट्रपति विद्या भण्डारीसँग बुधबार भएको भेटमा लीले बिहीबारदेखि नै सीमा खोल्ने बताएका छन् । यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।...
भारत तर्फ भदौमा मात्र २ अर्ब ४२ करोड रुपैयाँको विद्ययुत निर्यात

भारत तर्फ भदौमा मात्र २ अर्ब ४२ करोड रुपैयाँको विद्ययुत निर्यात

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ६ असोज – चालू आर्थिक वर्ष ०७९/८० को दोस्रो महिनामा दुई अर्ब ४२ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ । देशभित्र खपत गरी अतिरिक्त भएको २४ करोड ६५ लाख २९ हजार युनिट विद्युत् नेपाल विद्युत् प्राधिकरणले भदौमा निर्यात गरी दुई अर्ब ४१ करोड ६७ लाख ८२ हजार रुपैयाँ आर्जन गरेको छ । प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षा यामको विद्युत् गत १९ जेठमा इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो । सुरुमा दुई वटा विद्युतगृहको ३९ मेगावाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रूपमा आइएक्समा बिक्री गरिएको थियो । त्यसपछि २७ जेठबाट दैनिक रूपमा ६ वटा जलविद्युत गृहबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रूपमा ३६४ मेगावाट भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री हुँदै आएको छ । प्राधिकरणले जेठ, असार, साउन र भदौसम्ममा ७८ ...
दार्चुलामा नेपाल-भारत जोड्ने मोटरेबल पुल शिलान्यास

दार्चुलामा नेपाल-भारत जोड्ने मोटरेबल पुल शिलान्यास

आर्थिक, आस्था, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
दार्चुला, ६ असोज – दार्चुलामा नेपाल-भारत जोड्ने मोटरेबल पुलको शिलान्यास गरिएको छ । सोमवार महाकाली नगरपालिका-८ असिगडा र भारतको धारचुला मल्ला छारछुम जोड्ने पुलको संयुक्त रूपमा शिलान्यास गरिएको हो ।मोटरेबल पुलको एक कार्यक्रमका बीच नेपालतर्फ नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडू र भारततर्फ उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले संयुक्त रूपमा शिलान्यास गरेका हुन् । भारतीय पक्षले निर्माण गर्ने १ सय १० मिटर लम्बाइको उक्त मोटरेबल पुलको शिलान्याससँगै नेपालको व्यापार, पर्यटन र रोजगारीमा टेवा पुग्ने विश्वास लिइएको छ । शिलान्यास कार्यक्रममा बोल्दै उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री दिलेन्द्र प्रसाद बडूले पुलको निर्माणले दुई देशको जनस्तरको सम्बन्ध सुदृढ गर्नुका साथै पहाडी जिल्लाको निम्ति प्रवेशद्वार बनेको बताए । ‘सुदूरपश्चिमका पहाडी जिल्लाको पहिलो मोटरेब...
सेना परिचालन गर्ने पुटिनको आदेशपछि रुसमा प्रदर्शन

सेना परिचालन गर्ने पुटिनको आदेशपछि रुसमा प्रदर्शन

आस्था, प्रदेश ५, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ६ असोज – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले तीन लाख सेना परिचालन गर्ने घोषणा गरेपछि रुपमा प्रदर्शन भएको छ । प्रदर्शनमा सहभागी एक हजारभन्दा धेरैलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएको रुसी मानवअधिकारवादी संस्था ओभिडी–इन्फोले जनाएको छ । जगेडा सैनिक परिचालनको आदेशपछि स्वदेशी तथा विदेशी नागरिकले रुस छोड्न थालेका छन् । रुसबाट बाहिरिने धेरैजसो उडान पूर्ण रूपमा बुकिङ भएका एअरलाइन्स र ट्राभल एजेन्टले जनाएका छन् । एभियासेल्स वेबसाइटका अनुसार पूर्व सोभियत देश अर्मेनिया, जर्जिया, अजरबैजान र कजाखस्तानका सहरहरूमा हुने सिधा उडानको टिकट पूरै बिक्री भएका छन् । टर्किस एअरलाइन्सले आफ्नो वेबसाइटमा रूस जाने र आउने उडानहरूका लागि महत्त्वपूर्ण गन्तव्य रहेको इस्तानबुल विमानस्थलका लागि शनिवारसम्मका सबै टिकट बुक भएका जनाएको छ । पुटिनले युक्रेनमा ‘विशेष सैन्य अभियान’ को घोषणासँगै रूस र युरोपेली सङ्...
सिमा सुरक्षाबारे भारतीय एसएसबी प्रमुख नेपाल आउँदै

सिमा सुरक्षाबारे भारतीय एसएसबी प्रमुख नेपाल आउँदै

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ६ असोज – नेपाल, भुटानसँग जोडिएको सीमा सुरक्षाको जिम्मेवारी पाएको भारतीय सशस्त्र सीमा बल (एसएसबी) का प्रमुख सुजोयलाल थाओसेन नेपाल आउने भएका छन् । गत जूनमा एसएसबी प्रमुखमा नियुक्त भएका थाओसेनलाई अगस्तमा भारत–चीन सीमा सुरक्षा गर्ने इण्डो तिब्बेतियन पुलिस (आइटीबीपी) को प्रमुखको अतिरिक्त जिम्मेवारी पनि दिइएको छ । आइटीबीपीले छत्तिसगढमा भइरहेको माओवादी (नक्सलवादी) गतिविधि नियन्त्रणको जिम्मेवारी पनि सम्हालिरहेको छ । सशस्त्र प्रहरी बल र एसएसबीबीच हुन लागेको वार्षिक समन्वय बैठकमा भाग लिन एसएसबी प्रमुख थाओसेन नेपाल आउन लागेको सशस्त्र प्रहरी बलले जनाएको छ । बैठक बुधबारदेखि नै हुने तय भएको थियो तर उतै (भारत) बाट कार्यक्रम केही दिन स्थगित गर्न आग्रह आएपछि बैठक सारिएको सशस्त्र प्रहरी बलका प्रवक्ता विष्णु भट्टले बताए । उनले आगामी साता बैठक बस्ने गरी तयारी भइरहेको र गृह मन्त्रालयले त्य...
राजविराजमा राष्ट्रपतिको कदमविरुद्ध प्रदर्शन

राजविराजमा राष्ट्रपतिको कदमविरुद्ध प्रदर्शन

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ६ असोज – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले राष्ट्रपतिको कदमविरुद्ध प्रदर्शन गरेको छ । लोसपाले बुधबार राजविराजमा प्रदर्शन गरेको हो ।लोसपाका नेता तथा कार्यक्रताहरुले पार्टी कार्यालयबाट निकालिएको विरोध ¥याली नगरको विभिन्न भाग परिक्रमा गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्ध नाराबाजी गर्दै नागरिता विधेक गालु गर, नागरिताबाट बचित गर्न पाईदै लगायतका नारा लगाएका थिए । संसदको दुवै सदनबाट दोश्रोपटक पास भइ राष्ट्रपतिकोमा पठाइएको नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण गर्नु पर्ने अन्तिम समय मंगलबार राति १२ बजेसम्म थियो ।तर राष्ट्रपति भण्डारीले उक्त विधेयक प्रमाणीकरण नगरेपछि उनले संविधानको उल्लंघन गरेको भन्दै चर्को आलोचना भइरहेको छ । त्यसैक्रममा बुधबार राजविराजमा लोसपाले राष्ट्रपति भण्डारीको विरोधमा प्रदर्शन गरेका हुन् ।...
राष्ट्रपति भण्डारीको पुतला दहन

राष्ट्रपति भण्डारीको पुतला दहन

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ६ असोज – जनता समाजवादी पार्टी (जसपा)ले राष्ट्रपतिको कदमविरुद्ध प्रदर्शन गरेको छ । जसपाले बुधबार नाराबाजी गर्दै प्रदर्शन गरेको हो ।जसपाका नेता तथा कार्यक्रताहरुले पथरगाडामा नाराबाजी गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीको पुतला दहन गरेका छन् ।राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि उनले संविधानको उल्लंघन गरेको भन्दै उनको चर्को आलोचना भइरहेको छ ।...
‘राष्ट्रपतिबाट फेरि संविधान मिच्ने काम भयो’

‘राष्ट्रपतिबाट फेरि संविधान मिच्ने काम भयो’

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ६ असोज – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले दुवै सदनबाट दोस्रो पटक स्वीकृत भई पेश गरिएको नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानविपरीत काम गरेको बताए । आज हेटौँडामा जसपा मकवानपुरको कार्यक्रममा सहभागी हुन आएका नेता यादवले राष्ट्रपतिको कदमले मानवअधिकार खोसिएको बताए । पूर्वप्रधानमन्त्री र सरकारले पेश गरेको विधेयक अक्षरशःः प्रमाणीकरण गर्ने राष्ट्रपतिले जनताको अधिकारसँग जोडिएको विषयमा राजनीतिक प्रतिशोध साँध्नु गलत भएको उनको भनाइ थियो । राष्ट्रपति भण्डारीले संविधानलाई नै धरापमा पार्ने खेल खेलेको भन्दै यादवले आफ्नै देशका नागरिकको सन्तानलाई कहिलेसम्म अनागरिक बनाएर राख्न खोजेको भन्दै प्रश्न गरे । उनले नागरिकता नदिनु भनेको मानवतावादी कानूनको उल्लङ्घन हो भने ।...
राष्ट्रपतिको कदमविरुद्ध सर्वोच्च जान गठबन्धनलाई कानुन व्यवसायीको सुझाव

राष्ट्रपतिको कदमविरुद्ध सर्वोच्च जान गठबन्धनलाई कानुन व्यवसायीको सुझाव

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ६ असोज – कानुन व्यवसायीहरूले नागरिकता विधेयकको प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदम असंवैधानिक भएकोले सर्वोच्च अदालत जान गठबन्धनका नेताहरूलाई सुझाव दिएका छन् । बिहीबार प्रधानमन्त्रीको सरकारी निवासमा राष्ट्रपतिको कदमबारे छलफल गर्न गठबन्धनले कानुन व्यवसायीहरूलाई बोलाएको थियो । बैठकमा सहभागी भएका वरिष्ठ अधिवक्ता शम्भु थापा, रमण कुमार श्रेष्ठ लगायतले राष्ट्रपतिको कदम असंवैधानिक भएको भन्दै त्यसविरुद्ध सर्वोच्च जान नेताहरूलाई सुझाव दिएका हुन् ।राष्ट्रपतिलाई संविधानले दिएको जिम्मेवारी पूरा नगरेको उनीहरूको भनाइ थियो । छलफलपछि पत्रकारहरूसँग कुरा गर्दै अधिवक्ता पदमबहादुर रोकायाले दोस्रो पटक शीतल निवास पुगेको विधेयकलाई इन्कार गर्न नमिल्ने बताए । ‘संसद्‌बाट विधेयक पारित गरेर पठाइसकेपछि एक पटकलाई पुनर्विचारको लागि पठाउन सकिने छ । संसद्‌ले त्यसलाई फेरि राष्ट्रपतिलाई...
चिनियाँ एप पापजी र टिकटक माथी प्रतिबन्ध

चिनियाँ एप पापजी र टिकटक माथी प्रतिबन्ध

अपराध, आर्थिक, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ६ असोज – तालिबानले आगामी ३ महिनाभित्र अफगानिस्तानमा टिकटक र पब्जी एपमाथि प्रतिबन्ध लगाउने भएको छ । तालिबान नेतृत्वको दूरसञ्चार विभागको घोषणालाई उद्धृत गर्दै सञ्चार माध्यमहरुले उक्त जानकारी दिएका हुन् । सरकारले टिकटक र पब्जी क्रमशः एक महिना र ९० दिनपछि प्रतिबन्ध लगाइने भएको खामा प्रेसले जनाएको छ । अफगानिस्तानको दूरसञ्चार र इन्टरनेट सेवा प्रदायकहरुले प्रतिबन्धसम्बन्धि सूचना सेयर गरेका छन् र तोकिएको समयमा निर्देशिका पालना गर्न पनि भनिएको छ । एजेन्सी...