Saturday, July 4सत्यम खबर
Shadow

आस्था

चिनियाँ नाकाबन्दीको पीडा: अघोषित नाकाबन्दीले हजारौं नेपालीको रोजगारी गुम्यो

चिनियाँ नाकाबन्दीको पीडा: अघोषित नाकाबन्दीले हजारौं नेपालीको रोजगारी गुम्यो

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २ चैत्र –सुरुमा भूकम्पका बहानामा र विगत तीन वर्षदेखि कोरोना महामारीको बहानामा उत्तरी छिमेकी चीनले नेपालसँग जोडिएका नाकाबन्द गरेपछि सीमा क्षेत्रका हिमाली जिल्लाका स्थानीय नेपालीहरुको रोजगारी गुम्नुको साथै चिनियाँ बाटो हुँदै आउने खाद्यान्‍न पनि रोकिएको छ। जुडिबुटी र कृषि उजको व्यापार पनि ठप्प भएको छ। यस्‍तो समस्या प्रायः सबै जसो सीमावर्ती जिल्लामा रहेको पाइन्छ। यी नाकाहरु खुलाउन नेपालीपक्षबाट पटक-पटक आग्रह गरिएको भए पनि चीनले टेरपुच्छर लगाएको छैन। कुनै चिनियाँ मन्त्री नेता अथवा अधिकारीको नेपाल भ्रमण हुँदा अथवा कुनै नेपाली मन्त्रीको चीन भ्रमण हुँदा दुई चार दिनको लागि नाका खोलिन्छ, त्यसपछि फेरि जस्ताको तेस्तै। चीनसँग हुँदै आएको परम्परागत व्यापार रोकिएको भन्दै दार्चुलाका व्यवसायीले तिंकर नाका खोल्न माग गरेका छ। सन् २०२० देखि दार्चुलासँग सीमा जोडिएको तिकंर नाका बन्द छ। कोरोना भाइरस...
अन्तरिक्ष पुर्‍याएको चिनियाँ रकेट नेपालको आकासमा नष्ट

अन्तरिक्ष पुर्‍याएको चिनियाँ रकेट नेपालको आकासमा नष्ट

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २ चैत्र – अन्तरिक्षमा गुप्तचर स्याटलाइट पुर्याउन प्रयोग भएको चिनियाँ रकेटको एउटा हिस्सा गत शनिबार नेपालको आकासमा नष्ट भएको अमेरिकी ननप्रोफिट संस्था यूएस नेवल इन्स्टिच्युटले जनाएको छ। खगोल–भौतिकशास्त्री जोनाथन म्याकडवेललाई उधृत गर्दै सो संस्थाले चाङ चेङ टुडी ‘लङ मार्च’ अन्तरिक्ष यानको दोस्रो खण्ड शनिबार नेपालको आकासमा प्रवेश गरेको बताएको छ। सो खण्ड गत जुलाई २९ मा चीनले प्रक्षेपण गरेको यानको हिस्सा भएको बताइएको छ। सो खण्डको तौल चार टन भएको बताइएको छ।त्यसअघि बुधबार त्यस्तै यानको एउटा खण्ड अमेरिकाको टेक्ससको आकासमा प्रवेश गरेको र जलेर नष्ट भएको सो इन्स्टिच्युटले जनाएको छ। चीनले त्यसरी पठाएको यानको दोस्रो खण्ड वायुमण्डलमा कहाँ प्रवेश गर्ने र कहाँ खस्ने भन्ने योजना नै नबनाएको म्याडवेलले बताएका छन् । अन्तरिक्षमा बेकार बनेका यानका हिस्साहरुलाई अनियन्त्रित रुपमा वायुमण्डलमा प्रवेश ...
श्रमिक युवालाई क्षमता अभिवृद्धि तालिम

श्रमिक युवालाई क्षमता अभिवृद्धि तालिम

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २ चैत–निर्माण क्षेत्र र गृह श्रममा आवद्ध युवा श्रमिकलाई नेपालगन्जमा क्षमता अभिवृद्धि तालिम सञ्चालन गरिएको छ । सोलीडाइरेटी सेन्टरको सहयोगमा अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ नेपाल आवद्ध परिषद्ले श्रमिक युवालाई तीन दिने तालिमको आयोजना गरेको हो ।तालिमको उद्घाटन गर्दै नेपाल ट्रेड युनियन महासंघ जिफन्टका अध्यक्ष बिनोद श्रेष्ठले यूवाहरुनै ट्रेड यूनियन आन्दोलनको मेरुदण्ड भएको बताउनु भयो । यूवाको रोजगारी अभिवृद्धिमा जोड दिंदै सीप, दक्षता र योग्यता वृद्धि तथा बढी भन्दा बढी युवा श्रमिकलाई संगठित गर्नु अहिलेको आवश्यकता रहेको उहाँले धारणा राख्नुभयो ।अध्यक्ष श्रेष्ठले कार्यथलोमा युवा बाहुल्य नयाँ क्षेत्रको खोजी गर्दै संगठित गर्ने अभियान चलाउन युवाहरुलाई ट्रेड युनियन शिक्षा दिई क्षमता बृद्धि गर्ने उद्धेश्यले तालिम सञ्चालन गरेको बताउनुभयो । युवा श्रमिकमा ट्रेड युनियनप्रतिको आकर्षण बढाउन र ट्र...
आरपीएफ जवान र चालकको खबरदारीले गर्दा एक नेपाली नागरिकको ज्यान जोगियो

आरपीएफ जवान र चालकको खबरदारीले गर्दा एक नेपाली नागरिकको ज्यान जोगियो

आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २ चैत्र – नेपालगन्ज रोड रेलवे स्टेसनमा तैनाथ आरपीएफ जवान र चालकको खबरदारीले गर्दा एक नेपाली नागरिकको ज्यान जोगिएको छ । स्मरण योग्य छ कि बहराइचबाट नेपालगन्ज रोड रेल खण्डमा आउँदै गरेको ट्रेन नं.०५३५९ नेपालगन्ज पुग्न लागेको थियो । सडक स्टेशनमा एक युवक सामान गोदाम शेड नजिकै रेल ट्र्याकमा सुतेको थियो ।जुन देखेर ड्युटीमा रहेका आरपीएफ रामेश्वर सिंह तत्काल रेल ट्र्याक नजिक पुगेर युवकलाई ट्र्याकबाट बाहिर निकालेका थिए । टे«नका पाइलट शैलेशकुमार र प्रभातकुमारले ट्रेनको आकस्मिक ब्रेक लगाएर युवकको ज्यान बचाएका थिए ।उनको पहिचान छिमेकी बाँके जिल्ला अन्तर्गत डुडुवा निवासी करिब २५ वर्षिय रजनीश तेली रहेको उनकै नागरिकताबाट खुलेको छ । उनलाई मनाएपछि अवनीशलाई फर्काइयो ।उल्लेखनीय छ, नेपालगन्ज रेलवे स्टेशनमा तैनाथ आरपीएफ जवान रामेश्वर सिंहको बहादुरीलाई रुपैडिहा सहर र प्लेटफर्ममा उपस्थित यात्रुहरूले प्रश...
स्वास्थ्य जीवनशैली सम्बन्धि अभिमुखीकरण सम्पन्न

स्वास्थ्य जीवनशैली सम्बन्धि अभिमुखीकरण सम्पन्न

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
खजुरा, १ चैत्र - “मेरो स्वास्थ्य मेरो अधिकार” भन्ने मुल नाराका साथ पालिका स्तरीय स्वास्थ्य जिवनशैली तथा अभिमुखीकरण कार्यक्रम बाँकेको खजुरामा सम्पन्न भएको बाँके आयुर्वेद स्वास्थ्य केन्द्र अस्पताल विकास समितिका सदस्य अछरी पोखरेलले जानकारी गराइन ।बाँके आयुर्वेद स्वास्थ्य केन्द्र लुम्बिनी प्रदेश सरकारद्धारा सञ्चालन गरिएको पालिका स्तरिय स्वास्थ्य जिवनशैली अभियान तथा अभिमुखिकरण कार्यक्रममा बोल्दै खजुरा गाउपालिकाका अध्यक्ष डम्मर वि.क.ले मानिसको स्वास्थ्य सबैभन्दा ठूलो रहेकोले समय मै आफ्नो स्वास्थ्यमा ख्याल पुर्याउन जरुरी रहेको बताए । आयुर्वेदको प्रयोग, ध्यान र योगले मानिसको जीवन सुखी बनाउने बताउँदै मानिसको स्वास्थ्य स्वस्थ भए मात्र अन्य काम गर्न सकिने अध्यक्ष विकले बताए ।साथै गाउँपालिकामा पनि स्वास्थ्य सम्बन्धि कार्यक्रम राखेको उनले जानकारी गराए ।बाँके आयुर्वेद स्वास्थ्य केन्द्र अस्पताल विकास समि...
साहु समाजको होली मिलन समारोह सम्पन्न

साहु समाजको होली मिलन समारोह सम्पन्न

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ३० फागुन – साहु समाज बा“केले शनिबार आफ्नै कार्यालय राधाकृष्ण मन्दिर प्रा·णमा होली मिलन समारोह भब्य र सब्य रुपमा मनाएको छ ।विशेष गरी अवधी भाषा–भाषीहरुले फागू पूर्णिमा होली पश्चात आफ्न्तजनहरुलाई भेटघाट गरी खुशी साटासाट गर्ने उद्देश्यका साथै होली मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रमका आयोजना गर्दै आईरहेका छन् ।प्रत्येक वर्ष झै यस पटक पनि समाज समाज बा“के, साहु समाज युवा समिति बाँके, साहु समाज महिला समिति लगायतको संयुक्त आयोजनामा भब्य र सभ्य तवरले होली मिलन समारोह सम्पन्न गरेको छ ।साहू समाज बाँकेको आयोजनामा सम्पन्न होली मिलन समारोहको प्रमुख अतिथि समाजसेवी तथा जग्गादाता माधवराम बर्माले असत्य माथि सत्यको जीतको प्रतिकको रुपमा रहेको होली समारोह विशेष गरी अवधी भाषाभाषीहरुको सँस्कार र संस्कृति झल्काउने माध्यम भएको हुँदा समेत फागू पूर्णिमा होली पश्चात होली मिलन समारोहको आयोजना गरिएको बता...
जिल्लामा जानकी गाउँपालिका दोस्रो स्थानमा

जिल्लामा जानकी गाउँपालिका दोस्रो स्थानमा

अवधी, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
सकिल अहमद राईजानकी, ३० फागुन - राष्ट्रिय हातिपाईले (फाईलेरीया) रोग निवारण अभियान यही मिति २०७९ साल फागुन महिनाको ११ गतेदेखि हातिपाईले रोग विरुद्ध "आम औषधि सेवन कार्यक्रम" दक्ष स्वास्थ्यकर्मीहरु, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरु परिचालन गरेको जानकी गाउँपालिका वडा नं.१ देखि ६ नं. सम्मका सम्पुर्ण गाउँबस्ती मै गई दुई बर्ष माथिका सम्पुर्ण व्यक्तिहरुलाई हातिपाईले रोग विरुद्धको औषधि खुवाउने कार्यक्रममा बाँके जिल्ला भरीमा जानकी गाउँपालिका ८१% आम औषधि सेवन गराएर दोस्रो स्थान हासिल गरेको छ । बेलभार स्वास्थ्य चौकी व्यवस्थापन समिति अध्यक्ष एवं वडा अध्यक्ष चन्द्रीकाप्रशाद गुप्ता स्वयं आफै स्वास्थ्यकर्मीहरुको साथ-साथै राष्ट्रिय हातिपाइले रोग निवारण अभियान कार्यक्रममा जन समुदाय स्तरमा गएर आफ्नो जनतालाई औषधि खुवाउन हिड्नु भएको थियो । वहाँले गर्नु भएको काम सर्हानीय रहेको जनताको भनाई रहेको थियो ।...
विश्वकर्माको नेतृत्वमा नाजाको बाँके शाखा, प्रदेश मन्त्री र पूर्व अध्यक्ष त्रिपाठीलाई सम्मान

विश्वकर्माको नेतृत्वमा नाजाको बाँके शाखा, प्रदेश मन्त्री र पूर्व अध्यक्ष त्रिपाठीलाई सम्मान

अवधी, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
सुजल त्रिपाठीनेपालगन्ज, २७ फागुन – अवधी पत्रकार संघ नेपाल (नाजा) ले जिल्ला शाखा बाँकेको १४ औं साधारण सभा तथा बाँके जिल्ला अधिवेशन आज शनिबार सम्पन्न गरेको छ ।लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्री भण्डारीलाल यादवले अवधी पत्रकार संघ नेपालले अवधी संस्कृति तथा पहिचानको लागि विगत १४ वर्षदेखि गर्दै आईरहेको कार्य सराहनीय भएको तथा संघलाई भवन बनाउन आफ्नो व्यक्तिगत तथा प्रदेश सरकारद्वारा सक्दो आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।यसैगरी प्रदेश सभा सदस्य आदेश अग्रवालले समेत आफूहरु नवनिर्वाचित भईसके पश्चात सफथ ग्रहण गर्दा अवधी भाषामा नै सपथ ग्रहण गरेको तथा अवधी पत्रकार संघ नेपालले अवधी भाषालाई प्राथमिकतामा राखी गरेको कार्य सराहनीय भएको बताउनु भएको थियो । प्रदेश सांसद अग्रवालले समेत भवन निर्माणमा आफूले सक्दो आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।यसैगरी, नाजाका संस्थापक अध...
दोस्रो वडा स्तरीय क्रिकेट प्रतियोगितामा बेलभार विजय

दोस्रो वडा स्तरीय क्रिकेट प्रतियोगितामा बेलभार विजय

अवधी, आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
जानकी, २६ फागुन - बाँकेको जानकी गाउँपालिका वडा नम्बर २ बेलभारमा सञ्चालन हुने दोस्रो वडा स्तरीय क्रिकेट प्रतियोगितामा बेलभारमा टाईगर टीम विजय तथा बेलभार फाइटर टीम उप विजय भएको थियो ।हाम्रो अभियान वडा भित्रको खेलाडी पहिचान भन्ने मुल नारासहित यही फागुन २४ गतेदेखि सञ्चालित दोस्रो वडा स्तरीय क्रिकेट प्रतियोगिताको बुधबार सम्पन्न भएको आयोजकले जनाइएको छ ।खेलकुद विकासको विस्तार, खेल तथा खेलाडी दुबैको पहिचानको विकास गर्ने उद्देश्यका साथ एकता शिक्षा समाज कल्याण संस्था बाँकेको आयोजना र जानकी गाउँपालिका वडा नम्बर २ वडा कार्यालयको सहकार्य तथा जानकी गाउँपालिका बाँकेको समन्वयमा वडा स्तरीय क्रिकेट प्रतियोगिता गरिएको संस्थाका अध्यक्ष सकिल अहमद राईले जानकारी दिनुभयो थियो ।प्रतियोगितामा बेलभारबाट सहभागी दुई ओटा टिम र बकोटियाबाट सहभागी एक ओटा टिम गरि ३ ओटा टिमले दर्ता गरेका थिए । भने प्रत्येक टिममा १४ जना खेला...
चीन अझै पनि विश्वको सबैभन्दा ठूलो महामारीको जोखिम होः विवेक रामास्वामी

चीन अझै पनि विश्वको सबैभन्दा ठूलो महामारीको जोखिम होः विवेक रामास्वामी

CoVid19, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २५ फागुन – चीन अझै कोभिड १९ महामारीको विश्वको सबैभन्दा जोखिममा रहेको अमेरिकी राष्ट्रपति पदको उम्मेदवार विवेक रामास्वामीले बताएका छन् ।अमेरिकी राष्ट्रपति पदका उम्मेद्वार विवेक रामास्वामीले कोभिड–१९ महामारीको मूल कारणमा पुग्नेतर्फ अमेरिकी प्रशासनको “थोरै चासो“ को कारण आलोचना गरेका हुन् ।“चीन अझै पनि विश्वको सबैभन्दा ठूलो महामारीको जोखिम हो । यदि हामीले कदम चालेनौं भने, भविष्यमा अझ नराम्रो आशा गरौं,“ उनले ट्वीट गरे ।उल्लेखनीय छ, रामास्वामीले अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएमा अमेरिकी कम्पनीहरूलाई चीनसँग व्यापार गर्न प्रतिबन्ध लगाउने बताएका छन् । एजेन्सी...